अन्तर्राष्ट्रिय विद्यार्थीको उपस्थितिले अस्ट्रेलियाको बसाइँ–सराइलाई महामारी अघिको अवस्थामा पुर्‍यायो

Census reveals Australia's growing linguistic diversity

Students at the University of New South Wales Source: AAP

महामारीका कारण करिब दुई वर्ष सीमा बन्द हुँदा अस्ट्रेलियाको बसाइँ–सराइको स्थिति दोस्रो विश्वयुद्ध ताकाको अवस्थामा पुगेको थियो।


अस्ट्रेलियाले कडा सीमा नीति अपनाएका कारण बसाइँ–सराइको अवस्था घटेको मात्र नभई दोस्रो विश्वयुद्ध पछि अस्ट्रेलियाको आप्रवासी आगमन पहीलोपटक नकारात्मक दिशामा पुग्यो।

तर गत वर्षदेखि सीमा खुलेसँगै उल्लेख्य मात्रामा विद्यार्थी र आप्रवासी भित्रिएका छन्।

सरकारले थप आप्रवासी भित्र्याउन थालेका योजनाको परिणाम पनि देखिन थालेको छ।

पछिल्लो सरकारी भनाईलाई मान्ने हो भने अस्ट्रेलियाको बसाइँ–सराइ अब महामारी अघि कै अवस्थामा पुगिसकेको छ।

सरकारी नयाँ तथ्याँकका अनुसार आर्थिक वर्षको अन्त्यसम्म यहाँ बसाइँ सर्ने मानिसहरूको सङ्ख्या महामारी सुरु हुनु अगावैको स्थिति अर्थात् २३५,००० मा पुग्ने छ।

यस पछि भने यो स्थिर रहने सरकारको भनाई छ।

migration_news.jpeg

अस्ट्रेलियन नेशनल विश्वविद्यालयकी जनसङ्ख्याविद् क्युङ्ग ग्वान आप्रवासी नहुँदा अस्ट्रेलियाको श्रम बजारमा ठुलो असर पुगेको बताउँछिन्।

“विशेष गरी विद्यार्थी, स्थायी भिसा बाहक मानिस, दक्ष आप्रवासी र वर्किङ्ग होलिडे मेकरले अस्ट्रेलियाको लेबर मार्केटमा रहेको खाडललाई पुर्न मद्दत गरिरहेका छन्,” ग्वानले भनिन्।

“ती मध्ये पनि धेरै स्थायी दक्ष कामदार बन्छन् जसले अरू धेरै दक्षता चाहीने पेसाहरूलाई पूर्ति गर्छ, महामारी अघिको अवस्थामा आप्रवासन पुग्नु शुभ सङ्केत हो।”

यता ट्रेजरर जिम चार्मसले एबीसी रेडियोसँग कुरा गर्दै अस्ट्रेलियाको श्रम बजारमा देखिएको कामदार अभावको अवस्था बाहेक, अस्ट्रेलियाको अर्थतन्त्र उकास्न पनि आप्रवासनको महत्त्वपूर्ण भूमिका हुने बताए।

“तर यसको मतलब यहाँ रहेका मानिसहरूलाई तालिम दिन वा पाका उमेरका मानिसले काम गर्न खोजे अवसरको विकल्प चाहिँ हुनु हुँदैन, पाका बन्दै गरेको हाम्रा कार्य बललाई सहयोग गर्नका लागि मानिसहरू चाहिएको छ, बसाई सराई महत्पूर्ण छ तर विकल्पका रूपमा होइन,” उनले भने।

यता सिड्नी विश्वविद्यालयकी प्राध्यापक एवम् रोजगारी एवम् आप्रवासन सम्बन्धी विज्ञ एन्जेला कक्स न्यून तलब भएको रोजगारीहरूमा आश्रीतहरुलाई तालिम र नयाँ रोजगारीका अवसर दिनु पर्नेमा जोड दिन्छिन्।

“यसले पक्कै पनि सिपको कमीलाई सम्बोधन गर्न मद्दत गर्नेछ, यद्यपि होसियार बन्नु आवश्यक छ, जब हामीले ठुलो सङ्ख्यामा आप्रवासीहरू गुमायौ, बजारमा कम गुणस्तरका कामहरू प्रस्तावमा आएका थिए र स्थानीय कामदारले यसलाई स्वीकार गरिरहेको अवस्था थिएन,” कक्सले भनिन्।

आप्रवासनमा उल्लेख्य सुधार हुनुमा चाहिँ अन्तर्राष्ट्रिय विद्यार्थीहरुको ठुलो हात रहेको मानिन्छ।

बिशेषगरि गत वर्षको मार्चदेखि सेप्टेम्बरसम्म विद्यार्थी भिसा स्वीकृत भएको दर महामारी सुरु हुनु अघि अर्थात् सन् २०१९ को भन्दा बढी देखिन्छ।

मन्की किङ्ग नामक माइग्रेसन एजेन्सीका हान यान, बिद्यार्थीहरुमा अब फेस टु फेस पढ्न पाइन्छ र सीमा खुल्छ भन्ने सकारात्मक सन्देश गएको बताउँछन्।

“उनीहरूलाई थाहा छ कि हाम्रो नीति खुला हुने र अझ बढी पारदर्शी हुने हो, अस्ट्रेलिया खुला छ र दक्ष युवाहरूलाई अस्ट्रेलियामा स्वागत भन्ने सन्देश गएको छ।”

अस्ट्रेलियाका विश्वविद्यालयहरुको सर्वोच्च संस्थाकी प्रमुख कार्यकारी कट्रीवना ज्याक्सन आप्रवासन महामारी पहिलेकै अवस्थामा पुग्नु स्वागत योग्य समाचार भएको बताउँछिन्।

“अन्तर्राष्ट्रिय विद्यार्थीहरू हामीलाई कोभिड–१९ अघिको अवस्थामै फर्काउनका लागि नेतृत्व गरिरहेका छन्, हामीलाई आर्थिक रूपमा स्वास्थ्य अवस्थामा पुर्‍याउन निकै महत्त्वपूर्ण छ,” उनले भनिन्।

तर सबै विद्यार्थी समूहहरू फर्कन पाइरहेका छैनन्।

“अन्तर्राष्ट्रिय विद्यार्थीहरु लगभग कोभिड पहिलेकै अवस्थामा आए पनि अझै १८ प्रतिशत बिद्यार्थीहरु फर्कन पाएका छैनन्, र त्यस मध्ये ठुलो सङ्ख्या चिनिया विद्यार्थीको छ, उनीहरूको आन्तरिक कारणले उनीहरू आउन सम्भव भएको छैन।”

सरकारले आउँदो शुक्रवार जनसङ्ख्याको पूर्ण विवरण सार्वजनिक गर्ने बताएको छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now