Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

न्यु साउथ वेल्स सरकारले बहु सांस्कृतिक समुदायलाई २ करोड ८० लाख डलर दिने

NSW Premier Dominic Perrotet and stakeholders at the funding launch (SBS)

NSW Premier Dominic Perrotet and stakeholders at the funding launch. Source: SBS

न्यु साउथ वेल्स सरकारले राज्यका बहु सांस्कृतिक समुदायहरूका लागि थप २ करोड ८० लाख डलर छुट्टाएको छ। भाषा र उल्था सेवाहरू, महोत्सव र सांस्कृतिक कार्यक्रमहरू त्यस्तै नयाँ धार्मिक समुदायहरूको सल्लाहकार परिषद्को लागि सो रकम प्रदान गरिने छ।


Published

Updated

By Claire Slattery

Source: SBS




Share this with family and friends


न्यु साउथ वेल्स सरकारले राज्यका बहु सांस्कृतिक समुदायहरूका लागि थप २ करोड ८० लाख डलर छुट्टाएको छ। भाषा र उल्था सेवाहरू, महोत्सव र सांस्कृतिक कार्यक्रमहरू त्यस्तै नयाँ धार्मिक समुदायहरूको सल्लाहकार परिषद्को लागि सो रकम प्रदान गरिने छ।


सिड्नीको सबर्ब इस्टवूडमा न्यु साउथ वेल्स सरकारले राज्यको बहु सांस्कृतिक समुदायहरूका लागि एक प्रोत्साहन प्याकेजको घोषणा गरेको छ।

राज्यको यस महिनाको बजेट अन्तर्गत सरकारले थप २ करोड ८० लाख डलर आगामी दुई वर्षसम्ममा बहु सांस्कृतिक सेवाहरूका लागि प्रदान गरिने भएको हो।

प्रिमियर डोमिनिक पेरोटेले यो सरकारको कोषको तिन गुणा बढी भएको बताएका छन्।

"हाम्रो समुदाय यहाँ न्यु साउथ वेल्समा अत्यन्त सम्पन्न र विविधताले भरिएको छ। र त्यो सम्पन्नताले मलाई लाग्छ हाम्रो समाज बस्न, काम गर्न, व्यवसाय गर्न र परिवारलाई हुर्काउन उत्कृष्ट बनाएको छ।"

उक्त प्याकेजमा १ करोड ६० लाख सरकारी र सामुदायिक सन्देशहरूलाई उल्था गर्ने सेवाहरू विस्तार गर्न समावेश गरिएको छ।  

त्यस्तै १ करोड विभिन्न महोत्सवहरू र सांस्कृतिक कार्यक्रमहरूका लागि र २० लाख समुदाय र धार्मिक संलग्नताका लागि छुट्टाइएको छ।

राज्यका बहु संस्कृति मन्त्री मार्क कोरले प्याकेजले धार्मिक समुदायहरूको सल्लाहकार परिषद् रिलिजियस कम्युनिटी एड्भाइजरी काउन्सिलको स्थापना पनि समेट्ने बताएका छन्।

र उनी भन्छन् परिषद्को स्थापनाबाट धार्मिक र विभिन्न आस्थामा आधारित सामुदायिक समूहहरूले आवाज पाउने छन्।

"यसले हाम्रो धार्मिक र आस्थामा आधारित र धार्मिक संस्थाहरूले आफ्नो आवाजलाई टेबलमा राख्न सक्छन्।"

रिपोर्ट सुन्नुहोस्:null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नयाँ बन्ने परिषद्को उद्घाटनको अध्यक्षता गरेका पूर्व प्रहरी उप आयुक्त निक काल्डसले बहु सांस्कृतिक सल्लाहकार बोर्डमा पनि सोही पद लिँदै छन्।

"न्यु साउथ वेल्समा रहेका समुदायहरूले केही निकै कठिन वर्षहरूको सामना गरे। बाढी, डढेलो, कोभिड। र मलाई लाग्छ समुदायको एकता अरू बेला भन्दा यो समयमा निकै महत्त्वपूर्ण रहेको थियो र म यो सबैमा एक सानो हिस्सा बन्ने प्रतीक्षामा छु।"

काल्डसको पहिलो काम भनेको धार्मिक परिवेशमा सुरक्षाको विषयलाई समीक्षा गर्नु हुनेछ। जसमा मस्जिदहरू र गिर्जाघरहरू पनि पर्ने छन्।

न्यु साउथ वेल्स ज्युइस बोर्ड अफ डेप्युटिजका डेरेन बार्कले यहुदी विरोधी र घृणामा आधारित गतिविधिहरू बढेको समुदायले देखेको बताएका छन्।

"हामीले नाज़ीको स्वस्तिका हाम्रो आस्थाका केन्द्रहरूमा लगाएको देखेका छौँ र त्यो डर उत्पन्न गर्ने किसिमको छ र यसले पक्कै पनि मानिसहरूलाई सहभागी हुन र निर्धक्क भएर समाजमा घुलमिल हुनबाट रोकेको छ।"

अस्ट्रेलियन नेशनल इमाम्स काउन्सिलका अध्यक्ष इमाम शाहदी अल्सुलेमानको पनि त्यस्तै कथा छ।

"मुसलमान समुदाय भित्र विशेष गरी क्राइस्टचर्च पश्चात् न्यु जिल्यान्डमा जे भएको थियो, जुन हामी भन्दा धेरै टाढा पनि होइन, त्यसपछि कुनै आस्थामा आधारित संस्था, मस्जिद र मुसलमान केन्द्रहरू, विद्यालयहरूमा चिन्ता बढेको छ।"

कोभिड-१९ को समयमा स्वास्थ्य सम्बन्धी सन्देश समुदायहरूमा प्रवाह गर्न बहु सांस्कृतिक र आस्थाका नेताहरूले भूमिका खेलेको कारण सो प्याकेज ल्याइएको हो।

राज्य सरकारले सिड्नीका विविधताले भरिएका पोस्ट कोडहरू (स्थानहरू)मा अरू क्षेत्रहरूलाई भन्दा कडाइ गरेको भन्दै निकै आलोचना भएको थियो। जस अन्तर्गत लकडाउन सम्बन्धि नियमहरू पनि रहेका थिए। 

तर प्रिमियर डोमिनिक पेरोटेले उक्त समयमा सरकारले चालेको कदमको बचाउ गरेका छन्।  उनले यसले समुदायहरूलाई सुरक्षित राख्न समुदाय नजिक रहेर प्रभावकारी ढङ्गबाट काम गरेको उनको भनाइ छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now