SKIP TO MAIN CONTENT

'अकुपाई टुँडिखेल' : टुँडिखेल बचाउन एक अभियान

Occupy Tudikhel- nepali campaign_
Source: facebook/ Sahayog Ranjit

विभिन्न नाममा टुँडिखेलको जग्गा अधिग्रहण भएको भन्दै त्यस विरुद्ध एउटा समूहले शनिवार विरोध कार्यक्रमको आयोजना गर्दैछ।


Published

Updated

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

विभिन्न नाममा टुँडिखेलको जग्गा अधिग्रहण भएको भन्दै त्यस विरुद्ध एउटा समूहले शनिवार विरोध कार्यक्रमको आयोजना गर्दैछ।


काठमान्डुको मुटुमा रहेको टुँडिखेल काठमान्डु महानगरपालिका, सेना लगायतद्वारा अतिक्रमण गरिएको बताई रहँदा सर्वसाधारणबाट यसको विरोध स्वरूप शनिवार टुँडिखेल बचाउ अभियान अन्तर्गत उक्त विरोध कार्यक्रमको आयोजना गर्न लागिएको हो।

उक्त अभियानलाई अब अकुपाइ टुँडिखेलको नाम दिइएको छ र त्यसको सुरुवात शनिवारबाट गरिँदै  छ।

उक्त कार्यक्रम अन्तर्गत ठुलो सङ्ख्यामा उपस्थित सर्वसाधारणले शान्तिपूर्ण रूपमा टुँडिखेल अधिग्रहण भएको विरोध गर्ने बताइएको छ।

यसै सिलसिलामा हामीले उक्त अभियानका एक जना अभियन्ता सञ्जय अधिकारीसँग कुराकानी गरेका छौँ।

पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now