काठमान्डुको मुटुमा रहेको टुँडिखेल काठमान्डु महानगरपालिका, सेना लगायतद्वारा अतिक्रमण गरिएको बताई रहँदा सर्वसाधारणबाट यसको विरोध स्वरूप शनिवार टुँडिखेल बचाउ अभियान अन्तर्गत उक्त विरोध कार्यक्रमको आयोजना गर्न लागिएको हो।
उक्त अभियानलाई अब अकुपाइ टुँडिखेलको नाम दिइएको छ र त्यसको सुरुवात शनिवारबाट गरिँदै छ।
उक्त कार्यक्रम अन्तर्गत ठुलो सङ्ख्यामा उपस्थित सर्वसाधारणले शान्तिपूर्ण रूपमा टुँडिखेल अधिग्रहण भएको विरोध गर्ने बताइएको छ।
यसै सिलसिलामा हामीले उक्त अभियानका एक जना अभियन्ता सञ्जय अधिकारीसँग कुराकानी गरेका छौँ।
पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।