Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियालीले समर्थन गरेको एक वर्षमा ५, ४२० समलिङ्गी विवाह

Selwyn Lemos, left, and Ban-Foo Leong, right

Selwyn Lemos, left, and Ban-Foo Leong Source: Supplied

एक वर्ष अगाडी समलिङ्गी विवाहको पक्षमा अस्ट्रेलियालीहरूले मत हालेका थिए। र यो एक वर्षको समयावधिमा देशभरमा ५ हजार भन्दा बढीले समलिङ्गी विवाह गरेका छन्। सर्वेक्षणमा ७० लाख ८० हजार अस्ट्रेलियालीले मात्र आफ्नो मत राखेको मा ६१. ६ प्रतिशतले 'यस' अर्थात् समलिङ्गी विवाहको पक्षमा मत हालेका थिए।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


एक वर्ष अगाडी समलिङ्गी विवाहको पक्षमा अस्ट्रेलियालीहरूले मत हालेका थिए। र यो एक वर्षको समयावधिमा देशभरमा ५ हजार भन्दा बढीले समलिङ्गी विवाह गरेका छन्। सर्वेक्षणमा ७० लाख ८० हजार अस्ट्रेलियालीले मात्र आफ्नो मत राखेको मा ६१. ६ प्रतिशतले 'यस' अर्थात् समलिङ्गी विवाहको पक्षमा मत हालेका थिए।


एक वर्ष अगाडी आजको भन्दा केही दिन अगाडी सेलवीन लेमोस र ब्यान-फू लियोङ्ग सिड्नीको बेल्मोर पार्कमा उभिएर मोर्चा निकाल्ने तयारी गरिरहँदा उक्त अभियान समलिङ्गी विवाहलाई अस्ट्रेलियामा कानुनी मान्यता दिलाउनका लागी निर्णायक दिन हुने आशा गरेका थिए।

र भयो पनि त्यस्तै।

केही दिन पछाडि नै १५ नोभेम्बर २०१७ मा राष्ट्रिय सर्वेक्षण मार्फत अस्ट्रेलियालीहरूले समलिङ्गी विवाहको पक्षमा मत हालेको भनेर घोषणा गरियो।

र एक वर्ष पछाडि पनि सोही पार्कमा उभिएका लियोङ्गले भने उनी र उनका अहिलेका श्रीमानलाई उक्त पार्कलाई एउटा नयाँ इतिहास बनाउन आफूहरूले मद्दत गरेको स्थानका रूपमा लिने गरेका छन्।

लियोङ्ग र लेमोस सो दिनका बारेमा आफ्ना मिठो अनुभव सुनाउँछन्।

यही नोभेम्बरको सुरुवातमा २१ वर्ष देखिको यो जोडीले आफ्नो परिवार र साथी भाइहरूको उपस्थितिमा विवाह गरेका थिए।

सिङ्गापुरमा एउटा गोप्य समारोहका बिच यी दुईले एक अर्कालाई अपनाए पनि २००३ मा अस्ट्रेलिया आयपछिका यतिका वर्ष पछि मात्र ठुलो समारोह गर्न पाए।

सिड्नी ओपेरा हाउसमा भएको उक्त विवाह समारोहमा देखिएको खुसी आफूहरूले प्राप्त गरेको उपलब्धिको शक्ति हो भन्छन् समलिङ्गी विवाहको विद्देकलाई संसदमा ल्याउने लिबरल सांसद डिन स्मिथ।

२३ पटक विभिन्न पार्टीबाट भएका प्रयास पश्चात् सिनेटर स्मिथले उक्त विद्देक अगाडी ल्याउँदै विवाह सम्बन्धी कानुनलाई परिमार्जन गरेर विवाहलाई 'महिला र पुरुष बिचको मिलन' भन्दा पनि 'दुई व्यक्तिहरूको मिलन' भनी व्याख्या गर्नु पर्ने प्रस्ताव राखेका थिए।

डिसेम्बर ७ मा उक्त विद्देक संसदबाट पारित भयो भने अर्को दिन नै शाही आश्वासन पनि पायो। त्यस पछाडि अस्ट्रेलिया भर ५ हजार ४ सय २० समलिङ्गी विवाह भएको पाइएको छ।

उक्त स्वंसेवी सर्वेक्षणमा ७० लाख ८० हजार अस्ट्रेलियालीले मात्र आफ्नो मत राखेको मा ६१. ६ प्रतिशतले 'यस' अर्थात् समलिङ्गी विवाहको पक्षमा मत हालेका थिए।

तर यो दिनलाई सबैले उत्सवका रूपमा मनाएका छैनन्। अस्ट्रेलियन कन्जरभेटिभ का लील शेल्टन 'नो' अर्थात् समलिङ्गी विवाहको विरोधमा अभियान नै सञ्चालन गरेर लागेका थिए, यो व्यवस्थाले असमानता विरुद्धको कानुनलाई हतियार बनाएको विचार व्यक्त गर्छन्।

आफूलाई चित्त नबुझेको कुरा भन्दा विभेद गरेको भन्ने आरोप खेप्नु पर्ने भन्दै यसका कारणले अस्ट्रेलियामा वाक स्वतन्त्रतामाथि सम्झौता भएको उनले बताए।

यही वर्ष समलिङ्गी विवाहलाई कानुनी मान्यता दिएको विषयलाई समर्थन गर्ने पादरी फ्रांक ब्रेंननलाई होबार्टका क्याथोलिक धर्म गुरु जुलियन पोर्टियोसले प्रतिबन्ध लगाएका थिए।

यसरी केही धर्म हरुमा रहेको लैंगीकतालाई लिएर हुने असमानतालाई कानुनी रूपमा नै समर्थन मिल्नुले  समलिङ्गी (LGBTQI+) समुदायहरूले अहिले पनि भोग्नु परि रहेको चुनौतीहरूका बारेमा प्रष्ट्याउने न्यु साउथ वेल्सका स्वतन्त्र सांसद एलेक्स गरिनविचको भनाइ रहेको छ ।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now