साइबर अपराध: आफ्ना बच्चाहरूको उपकरणहरू बन्द गर्नु समाधान होइन

A student's hand is rested on a keyboard.

Australia's education ministers will discuss the issues of cyber bullying at a meeting in Adelaide. Source: AAP

पछिल्लो समयमा साइबर अपराधका हानिकारक प्रभावहरू व्यापक भएका छन् । सामाजिक सञ्जाललाई माध्यम बनाएर यस किसिमको क्रियाकलापले धेरै हानी गराएको देखिन्छ।


साइबर धम्किलाई कम गरेर अनलाइनमा मानिसहरुको सुरक्षाका निमित्त चालिएको एउटा नयाँ कदमले यो अवस्थामा केहि सुधार गर्ने आशा गरिएको छ।

 

विज्ञान र प्रविधिको यो युगमा इन्टरनेटको पहुँचबाट टाढा रहने अस्ट्रेलियाली युवा पुस्ताहरु सायदै भेटिएला।

इन्टरनेटको प्रयोग फलदायी र आकर्षक भएपनि नौं कक्षामा अध्ययनरत होली समरानायके यो धेरै हानिकारक हुन सक्ने पनि बताउँछिन्।

"धम्कीपूर्ण व्यवहारहरु सामाजिक संजालहरु मार्फत बढी आउँछ, जसरि अहिले स्न्यापच्याट, इन्स्टाग्राम र फेसबुकहरु छन् यसले विद्यालयको प्रांगणमा हुने धम्कीपूर्ण व्यवहारलाई प्रतिस्थापन गरेको छ।"

बच्चाहरुलाई परामर्श दिनका लागी संचालित हेल्प लाइनमा धम्कीपूर्ण व्यवहार भोगाइलाई लिएर युवाहरुले प्रत्येक वर्ष साढे ३ हजार जती फोन गर्ने गरेको देखिएको छ।

अर्की नौं कक्षाकै विद्यार्थी एंगस क्रामर भन्छिन सामाजिक संचार माध्यम मार्फत धम्कि दिनेहरुले सजिलै घृणा फैलाउन सक्छन्।

उनि भन्छिन्, "मैले विद्यालयमा कतिजनाले फोनमा अरु मान्छेको फोटो देखाएर हाँस्ने जस्ता कार्यहरु गरेको देखेको छु। त्यस्ता घटनाहरु भइरहन्छन् । र यो विद्यालयको प्रांगण सम्म पनि पुर्याइन्छ। मानिसहरुले तपाइलाई अनलाइनमा हुने विषयहरुका कारण पनि खिस्सी र धम्किपूर्ण व्यवहार देखाउन सक्छन।"

बच्चाहरुलाई परामर्श दिनका लागी संचालित हेल्प लाइनमा धम्कीपूर्ण व्यवहार भोगाइलाई लिएर युवाहरुले प्रत्येक वर्ष साढे ३ हजार जती फोन गर्ने गरेको देखिएको छ।

उक्त संस्थाका टोनी फिच्जराल्ड भन्छन् एक तिहाई फोन साइबर धम्कीलाई लिएर चिन्ता जाहेर गरेर आउने गर्दछ।

उनि भन्छन,

"सामाजिक संजालहरुले पनि यो अवस्थामा भूमिका निर्वाह गर्नु पर्छ, उनीहरुको पनि उक्त सामाजिक संचार माध्यमलाई सुरक्षित र उचित तवरले प्रयोग होस् भन्ने सुनिश्चित गर्ने जिम्मेवारी हुन्छ। तर त्यसो भन्दैमा धम्की र साइबर धम्की भनेपछि मानिसहरुको व्यवहारलाई पनि मध्यनजर गर्नु पर्दछ।"

"मैले विद्यालयमा कतिजनाले फोनमा अरु मान्छेको फोटो देखाएर हाँस्ने जस्ता कार्यहरु गरेको देखेको छु"

ई-सेफ्टी कि आयुक्त सोफी म्यक्लिनका अनुसार आफ्ना बच्चाहरुको उपकरणहरु बन्द गर्नु मात्र समाधान होइन, यसका लागी अन्य कदम चाल्नु जरुरी छ।

social media
Social media apps Source: Tracy Le Blanc from Pexels

सामाजिक संजाल फेसबुकका दुई अरब प्रयोगकर्ताहरु रहेका छन्।

यसको विश्वव्यापी शुरक्षा प्रमुख, एन्टीगोनी डेविस  भन्छन् कम्पनीमा २० हजार कर्मचारीहरु हानीकारक विषयवस्तुहरुलाई २४ घण्टा भित्र पत्ता लगाउने कार्यमा परिचालित छन्।

डेविस भन्छन, " त्यस माथी पनि हामीले अन्य धेरै भन्दा धेरै प्रविधिहरुको प्रयोग गरेर जतिसक्दो चांडो त्यस्ता विषयहरुलाई हटाउने र हानिकारक विषयहरुका सम्बन्धमा आउने गुनासाहरुलाई पनि प्राथमिकतामा राखेर अगाडी बढिरहेका छौं।"

यसरी फेसबुक र इन्स्टाग्रामको पनि स्वामित्व रहेको उक्त कम्पनीले  दश लाख अमेरिकी डलर युवा वर्ग लक्षित साइबर धम्की विरुद्धको अभियान, रकइट(RockIt), लाई प्रदान गर्ने संकल्प गरेको छ।

रकइट का सह संस्थापक रोजी थोमस का अनुसार उनीहरुले दुई बर्षको अवधिमा ६ सय विद्यालयमा १० हजार 'डिजिटल राजदुत' हरुको संजाल बनाउने उद्देश्य राखेको बताएकी छन्।

यसले साथीहरुमा आधारित युवाद्वारा संचालित धम्की विरुद्धको शिक्षा प्रदान गर्ने थोमसले बताइन।

उक्त लगानीको संघिय सरकारद्वारा पनि स्वागत गरिएको छ।  र यसले भर्खरै १९ अक्टोबरमा आफ्नो नयाँ साइबर सुरक्षा अवधारणाको सुरुवात गरेको छ।

रोजी थोमस भन्छिन युवाहरुले यो बुझ्न अत्यन्त जरुरी छ की कोहि पनि धम्कीको शिकार हुन योग्य हुदैनन्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now