हामीले सन् २०१८ मा देखेको यो समस्या र त्यसलाई सम्बोधन गर्ने सगरमाथा फुटबल क्लबको प्रयास महामारीका दौरान र लकडाउन खुलिसके पछिको समयमा कस्तो छ भनी क्लबका मिडिया कोअर्डिनेटर रहेका गम गुरुङसँग कुराकानी गरेका छौ। गुरुङसँग गरिएको कुराकानी यहाँ सुन्नुहोस।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
"जुवाको लत लागेकालाई काउन्सीलिङ्ग गर्ने गरेका छौ"

Source: Facebook/Sagarmatha FC
हामीले केही वर्ष अगाडी सगरमाथा फुटबल क्लबले आफ्ना क्लब सदस्यहरूमा देखिएको जुवाको लतको समस्यालाई सम्बोधन गर्न लिएको पहलकदमी बारे कुरा गरेका थियौँ। र अन्तर्वार्ताको क्रममा क्लबका सदस्यहरू मध्ये केहीले यो लतका कारण धेरै पैसा गुमाएको भन्दै पछुताएको पनि बताएका थिए।
Share