Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

तलवबृद्धीको घोषणा पछि न्यूनतम तलबमा काम गरिरहेका कामदारहरू उत्साहित

Minimum wage increased by $1.05, to $21.38 an hour

Minimum wage increased by $1.05, to $21.38 an hour Source: AAP

महामारीको समयमा बृद्ध मानिसहरुको हेरचाह, होटलहरुमा सरसफाइ र खुद्रा पसलहरूमा दिनरात सेवामा खटिएका लाखौँ कामदार न्यूनतम तलब वृद्धिबाट लाभान्वित हुने भएका छन्।


Published

Updated

By Amelia Dunn

Source: SBS



Share this with family and friends


महामारीको समयमा बृद्ध मानिसहरुको हेरचाह, होटलहरुमा सरसफाइ र खुद्रा पसलहरूमा दिनरात सेवामा खटिएका लाखौँ कामदार न्यूनतम तलब वृद्धिबाट लाभान्वित हुने भएका छन्।


अस्ट्रेलियामा न्यूनतम ज्यालामा काम गरिरहेका मानिसहरूको तलब हप्तामा ४० डलर बढ्ने भएपछि कम तलबमा आश्रित धेरै मानिसहरूले खुसी व्यक्त गरेका छन्।

फेयर वर्क कमिसनले बुधवार निर्णय सार्वजनिक गरेसँगै प्रतिघण्टा २०.३३ अस्ट्रेलियन डलर तलब पाउँदै आएका कामदारहरूले जुलाई १ बाट प्रतिघण्टा २१.३८ अस्ट्रेलियन डलर पाउने भएका छन्।

यसको मतलब न्यूनतम साप्ताहिक तलब अब ८१२.६० डलर हुने भएको छ।

फेयर वर्क कमिसनका अध्यक्ष इयान रसले जीवनयापनको बढ्दो लागत र बढ्दो मुद्रास्फीतिले तलब वृद्धि गर्नमा भूमिका खेलेको बताए।

महामारीका दौरान अस्ट्रेलियामा विभिन्न क्षेत्रमा न्यूनतम तलबमा योगदान दिएका थुप्रै मानिसहरूलाई यसले सहयोग पुग्ने भएको छ।

रिपोर्ट सुन्नुहोस्। null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

होटलहरुमा सरसफाइ मजदुर, बृद्धास्याहारका कर्मचारी र खुद्रा व्यापारमा कार्यरत मानिसहरू यसबाट लाभान्वित हुने भएका छन्।

खुद्रा व्यापारमा कामदारका रूपमा कार्यरत लियामले पनि तलबमा वृद्धि हुने भएपछि खुसी भएको एसबिएससँग बताएका छन्।

“हामी धेरै पैसा कमाउँदैनौ, त्यसैले हाम्रा लागि यसले आत्मविश्वास बढाएको छ, अब म सायद आफ्ना आवश्यकताहरू पुरा गर्न समक्ष हुनेछु,” लियामले भने।

फेयर वर्क कमिसनको न्यूनतम तलबमा वृद्धि गर्ने निर्णयसँगै हाल प्रतिघण्टा २० डलर ३३ सेन्ट पाइरहेका कामदारहरूले जुलाईदेखि प्रतिघण्टा अतिरिक्त १ डलर ५ सेन्ट प्राप्त गर्ने भएका छन्।

Victoria to test quarter of staff in high-risk workplaces every week
An employee arranges vegetables on display inside a Woolworths grocery store in Brisbane, Tuesday, April 19, 2011. Source: (AAP Image/Dave Hunt)

यस हिसाबले साप्ताहिक रूपमा फुलटाईम कामदारको तलब ४० डलर बढ्नेछ भने मासिक रूपमा १६० डलरले तलबमा वृद्धि हुनेछ।

चुनाव अघिको वाचालाई सम्बोधन गदै नयाँ बनेको लेबर सरकारले तलवबृद्धीका लागि फेयर वर्क कमिसन समक्ष प्रस्ताव पेस गरेकोमा यस हप्ता निर्णय भएको हो।

प्रधानमन्त्री एन्थोनी एल्बनिजीले फेयर वर्क कमिसनको निर्णय स्वागतयोग्य भएको बताएका छन्।

नयाँ तोकिएको तलबले न्यूनतम ज्यालामा काम गदै आइरहेका करिब २७ लाख मानिसहरू लाभान्वित हुन सक्ने बताइएको छ।

यसैबिच अस्ट्रेलियन काउन्सिल अफ ट्रेड एन्ड युनियनकी सचिव स्याली मक्मानसले तलब वृद्धिको घोषणाले सङ्गठनहरू खुसी भएको बताएकी छन्।

कर्मचारी सङ्गठनहरूले भने बढ्दो मुद्रास्फीति सँग तालमेल मिलाउने गरी ५.५ प्रतिशत तलब वृद्धिको माग गरिरहेका थिए।

जुलाई १ तारिखबाट लागु हुने उक्त प्रावधान वायु सेवा, पर्यटन र हस्पिटालिटी क्षेत्रका मानिसहरूमा लागु हुन भने केही समय पर्खनु पर्ने भएको छ।

यी क्षेत्रहरूमा अक्टोबर पछि मात्र न्यूनतम ज्याला दर लागु हुनेछ।

यता विपक्षी दलका नेता पिटर डट्टनले भने सरकारको आलोचना गर्दै साना व्यवसायलाई ज्यालादरबृद्धीले झनै अप्ठेरोमा पार्ने बताएका छन्।

“लेबर कहिल्यै पनि साना व्यवसायहरूको राम्रो साथी बन्न सकेन,” डटनले भने।

रिजर्भ बैकका गभर्नर फिलिप लोइले आगामी क्रिसमस सम्म महँगीदर ७ प्रतिशतसम्म पुग्ने बताइरहेका बेला फेयर वर्क कमिसनको तलब वृद्धिको निर्णयलाई महत्त्वका साथ हेरिएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now