Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

पोखरा विमान दुर्घटना: "मान्छेहरू कराएको आवाज पनि सुनी राखिएको थियो"

Plane crash.jpg

पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका एक प्रत्यक्षदर्शीले दुर्घटना भएको केही समयसम्म विमानमा सवार रहेका यात्रुहरू कराएको आवाज सुनिएको बताएका छन्। घटनास्थलका प्रत्यक्षदर्शी अस्ट्रेलिया सिड्नी निवासी दीपक क्षेत्रीले घटना बिहान १० बजेतिर भएको बताएका छन्।


Published

Updated

By Sunita Pokharel

Source: SBS



Share this with family and friends


पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका एक प्रत्यक्षदर्शीले दुर्घटना भएको केही समयसम्म विमानमा सवार रहेका यात्रुहरू कराएको आवाज सुनिएको बताएका छन्। घटनास्थलका प्रत्यक्षदर्शी अस्ट्रेलिया सिड्नी निवासी दीपक क्षेत्रीले घटना बिहान १० बजेतिर भएको बताएका छन्।


विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्य सहित ७२ जना सवार रहेको बिबिसी नेपालीले जनाएको छ।

ठुला विमानहरू पछिल्लो समयमा पोखरा विमानस्थलमा नै अवतरण गर्ने गरेकोमा आफूले सो विमान भने पुरानो विमानस्थल तर्फ आउन खोजेको जस्तो देखेको क्षेत्रीले बताए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

विमानमा सवार एक अस्ट्रेलियाली

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त हुँदा कम्तीमा पनि ४० जनाको मृत्यु भएको छ।

एक विमानस्थलका अधिकारीका अनुसार ७२ जना सवार यात्रुहरू मध्ये एक अस्ट्रेलियाली पनि रहेका छन्।

साथै विमानमा पाँच भारतीय, चार रुसी, एक आइरिस नागरिक रहेको बताइएको छ। सवार अन्य विदेशी यात्रुहरूमा दुई दक्षिण कोरियाका, एक फ्रान्सेली र एक अर्जेन्टिनाका नागरिक पनि रहेको विमानस्थलका अधिकारीले जानकारी दिए।

एसबीएसले विदेश मामिला विभागसँग प्रतिक्रियाका लागि सम्पर्क गरेको छ।

दीपक क्षेत्रीले एसबीएस नेपालीलाई उपलब्ध गराएका तस्बिरहरू:

325447365_705871251143807_8918852338422873705_n.jpg
Source: Supplied / Deepak Chhetri
325608067_1826256244391747_1220151764749823832_n.jpg
Source: Supplied / Deepak Chhetri
screenshot pokhara plane crash.png
Screenshot from the video supplied by Deepak Chhetri. Source: Supplied / Deepak Chhetri

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now