SKIP TO MAIN CONTENT

“रेसिस्ट इमीग्रेन्ट्स”: कमेडी मार्फत जातिवाद र सांस्कृतिक विभाजनलाई कम गर्ने प्रयास

Stand Up Comedy
Stand Up Comedy Khaled Khalafallah Source: Facebook

अस्ट्रेलियायामा तीन वर्ष बन्द भएको फ्रिन्ज फेस्टीबल मार्फत कमेडी शो फिर्ता आउदैछन्।


Published

Updated

By Richelle Harrison-Plesse

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियायामा तीन वर्ष बन्द भएको फ्रिन्ज फेस्टीबल मार्फत कमेडी शो फिर्ता आउदैछन्।


वान्डी काव, स्टेजमा वान्डीका नामबाट आफ्ना हास्य प्रस्तुतिहरू दिने गर्दछिन्।

विशेष गरी पैसा, विवाह, चिनिया समाज र अन्य परम्परागत पक्ष उनको कमेडीका विषयहरू हुन्।

२७ बर्सिया हास्य कलाकारले सिड्नी फ्रिन्ज फेस्टीबलमा शो लिएर फिर्ता हुन लागेकी छन्।

“यो परम्परागत मात्र नभएर यसका पछाडिका कथाहरूको बारेमा पनि हो, जसले हाम्रो संस्कृतीलाई फरक बनाउँछ,” उनले भनिन्।

वान्डीले आफू उक्त फेस्टीभलमा हिस्सा हुन पाउँदाको खुसी पनि व्यक्त गरिन्।

“एक एसियालीका रूपमा मलाई लाग्छ कि हाम्रो उपस्थिति हुनु राम्रो कुरा हो, हामी वास्तवमै शान्त, निर्दोष र आक्रामकता नभएका मानिसका रूपमा चिनिन्छौ, त्यसैले मलाई लाग्छ कि मेरो कमेडीले हामी को हौ भन्ने बारेमा फरक कथा बताउनेछ,” उनले भनिन्।

यस पटकको कमेडी सोमा उनले 'रेसिस्ट इमीग्रेन्ट्स' पर्दशन गर्दैछिन्।

आप्रवासीहरू जातिवाद सम्बन्धी मजाकको हिस्सा हुँदै गर्दा, कमेडी मार्फत यस्ता परम्परालाई चुनौती दिने कोसिस उनले गरेकी हुन्।

दिल्ली व्यायका रूपमा पनि चिनिने चेतन सिंह यस वर्षको 'र कमेडी नेशनल फाइनल' नामक कमेडी प्रतिस्पर्धाका फर्स्ट रनर अप हुन्।

“म स्टेजमा हुँदा साँच्चीकै सशक्त महसुस गर्छु किनकि मलाई लाग्छ ६०,७०, १०० जना मानिसहरूको जीवनमा फरक पादै छु किनकि उनीहरूले केही नयाँ कुरा सिक्दै छन्,” उनले भने।

चेतनले अर्का भारतीय पुष्ठभूमीका कमेडीयन आदित्य गौतमसँग मिलेर 'रेसिस्ट इमीग्रेन्ट्स'को अवधारणा तैयार पारेका हुन्।

उनका अनुसार सबै आप्रवासीसँग अस्ट्रेलियाको फरक संस्करण छ र यसले उनको शोलाइ फरक बनाएको छ।

वान्डी भन्छिन् कि कमेडीले कुराहरू बुझ र सम्मान बढाउन मद्दत गर्दछ।

“कमेडीमा मलाई एउटा कुराले प्रोत्साहन गरेको छ, त्यो के हो भने हामी सबै मानव हौ, त्यहाँ धेरै चीजहरू छन् जसले हामीलाई फरक बनाउँछ भने समान पनि बनाउछ,” उनले भनिन्।

उनीहरुका अनुसार हाँसो सबैभन्दा उत्तम औषधि हो, यसले मानिसहरूलाई सांस्कृतिक पुलको भूमिका निर्वाह गरेर सबैलाई एकसाथ ल्याउन मद्दत गर्दछ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now