SKIP TO MAIN CONTENT

सगरमाथामा फोहोर बढ्दै, समस्या समाधान गर्न के गर्नु पर्ला त?

Rubbish in Mount Everest region
Source: SPCC

सगरमाथा आरोहणका लागी बर्सेनि दशौँ हजार मानिसहरू जाँदा जम्मा भएको फोहोरले सगरमाथाको पर्यावरणका साथै स्थानीयको स्वास्थ्यमा पनि असर पारेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।यसै सन्दर्भमा नेपाल संवाददाता सेवा भट्टराईले सगरमाथा पोलुशन कन्ट्रोल कमिटीका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पासँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

सगरमाथा आरोहणका लागी बर्सेनि दशौँ हजार मानिसहरू जाँदा जम्मा भएको फोहोरले सगरमाथाको पर्यावरणका साथै स्थानीयको स्वास्थ्यमा पनि असर पारेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।यसै सन्दर्भमा नेपाल संवाददाता सेवा भट्टराईले सगरमाथा पोलुशन कन्ट्रोल कमिटीका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पासँग गरेको कुराकानी सुन्नुहोस्।

नेपालको चिनारी मात्र नभएर पर्यटन अर्थतन्त्रको पनि महत्त्वपूर्ण अङ्ग भए तापनि सगरमाथा तथा सो हिमाल वरपरको क्षेत्रमा बढ्दो मानव सिर्जित फोहोरले समस्या पनि बढाइरहेको छ।

सन् १९५३ मा नेपालका तेन्जिङ नोर्गे न्यु जिल्याण्डका एडमण्ड हिलारीले सगरमाथाको पहिलो पटक आरोहण गरेको स्मृतिमा प्रत्येक वर्ष मे २९ मा अन्तर्राष्ट्रिय एभरेस्ट दिवस मनाइने गरिन्छ।

सगरमाथा दिवस मनाउँदै गर्दा सगरमाथा क्षेत्रको प्रदूषण सफा गर्न काम गर्ने संस्था सगरमाथा पोलुशन कन्ट्रोल कमिटीका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले सगरमाथा क्षेत्रमा दिगो विकासका लागि आर्थिक लाभ प्रकृतिको संरक्षणका बिचमा सन्तुलन कायम गर्नुपर्ने बताएका छन्।

शेर्पासँग गरिएको पुरा कुराकानी सुन्नुहोस्:null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now