Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सगरमाथा लगायतका ८,००० मिटर भन्दा माथिका हिमाल आरोहण गर्न नेपाली हिमाल चढेको अनुभव हुनुपर्ने

Crowded Everest Nepal Mountain

A long queue of mountain climbers line a path on Mount Everest just below camp four, in Nepal. Source: AP//Rizza Alee

सगरमाथा आरोहण व्यवस्थित नभएको भनी नेपाल सरकारको आलोचना भएपछि पर्वतारोहणलाई व्यवस्थित गर्नका लागि सुझाव दिनका लागि पर्यटन मन्त्रालयले गठन गरेको एक समितिले नेपाल भित्र रहेका ६,५०० मिटरको हिमाल चढिसकेका आरोहीले मात्रै ८,००० मिटर भन्दा माथिका हिमाल चढ्न पाउने लगायतका सुझाव दिएको छ।


Published

Updated

By Pratichya Dulal

Source: SBS



Share this with family and friends


सगरमाथा आरोहण व्यवस्थित नभएको भनी नेपाल सरकारको आलोचना भएपछि पर्वतारोहणलाई व्यवस्थित गर्नका लागि सुझाव दिनका लागि पर्यटन मन्त्रालयले गठन गरेको एक समितिले नेपाल भित्र रहेका ६,५०० मिटरको हिमाल चढिसकेका आरोहीले मात्रै ८,००० मिटर भन्दा माथिका हिमाल चढ्न पाउने लगायतका सुझाव दिएको छ।


गएको वसन्त ऋतुमा सगरमाथामा धेरै आरोहीहरूलाई आरोहण अनुमति पत्र दिइएको विषय बारे विश्वव्यापी चासो र चिन्ता प्रकट भएको थियो।

करिब एक महिनाको अध्ययनपछि पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय संयोजक रहेको समितिले त्यस्तो सुझाव दिएको हो।

समितिले स्वस्थ, तन्दुरुस्त एवं अनुभवी आरोहीलाई मात्र सगरमाथा चढ्न अनुमति दिनुपर्नेलगायत सुझाव दिएको हो।

सरकारको यस्तो सुझावले पर्वतारोहण क्षेत्रमा अहिले देखिएका समस्या समाधान गर्ने तर त्यसका लागि सुझावको कार्यान्वयन आवश्यक छ।

सगरमाथा र अन्य हिमाल आरोहण व्यवस्थापनमा सुधार गर्ने उपाय सुझाउन गठित सरकारी र अनुगमनको पाटोलाई चुस्त बनाउनुपर्ने पर्यटन व्यवसायीले बताएका छन्।

गएको वसन्त ऋतुमा सगरमाथामा लामो लामका कारण मे महिनाको १९ देखि २४ तारिखको बिचका केही पर्वतारोहीको मृत्यु भएको भन्ने विवरण साँचो नभएको सरकारले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा उल्लेख गरिएको छ।

उक्त प्रतिवेदनमा फानी नाम गरेको आँधी र त्यसपछि उत्पन्न प्रतिकूल मौसमका कारण हिमालमा आकस्मिक अवस्था आइपर्दा केही आरोहीको मृत्यु भएको औँल्याएको छ।

A rescue helicopter comes in for a landing to pick up the injured from Everest Base Camp on April 26, 2015, a day after an avalanche triggered by an earthquake devastated the camp.
A rescue helicopter comes in for a landing to pick up the injured from Everest Base Camp after an avalanche Source: AFP

प्रतिवेदनमा अबदेखि अनुभवी आरोहण व्यवस्थापन कम्पनीलाई मात्र आरोहण व्यवस्थापनको जिम्मा दिनुपर्ने सुझाव दिइएको छ।

सगरमाथा र अन्य हिमाल आरोहणलाई लिएर उब्जिएका प्रश्नहरूबारे एक महिनाको अध्ययनपछि पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय संयोजक रहेको समितिले त्यस्तो सुझाव दिएको हो।

उनका अनुसार अबदेखि अनुभवी आरोहण व्यवस्थापन कम्पनीलाई मात्र आरोहण व्यवस्थापनको जिम्मा दिनुपर्ने सुझाव दिइएको छ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन मन्त्री योगेश भट्टराईले उपाध्याय संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनका सुझावहरूलाई नियम कानुन बनाएर तत्कालै कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now