"शरणार्थीहरुलाई अस्ट्रेलिया प्रवेश गर्न सम्भावित आजीवन प्रतिबन्ध"
Source: AAP
अस्ट्रेलियाली सरकारले गैरकानुनी रूपमा डुंगा मार्फत अस्ट्रेलिया आउन चाहने सम्भावित शरणार्थीहरुलाई सदाको लागि यहाँ आउनबाट प्रतिबन्ध लगाउने योजना बनाएको छ। उक्त आजीवन प्रतिबन्ध, पपुआ न्यु गिनी र नाउरु स्थित अध्यागमन बन्दिगृहमा रहेका र शरणार्थी प्रमाणित भएकाहरु माथि लागुहुने केन्द्र सरकारको भनाइ छ। तर अधिकारबादी समूहहरुले भने सरकारको उक्त कदमले अन्तराष्ट्रिय कानुनको उल्लङ्घन गर्ने बताएका छन्।
Share