SKIP TO MAIN CONTENT

अस्ट्रेलियाली पासपोर्ट पाउन लामो समय कुर्नुपर्ने बाध्यता

Passport
Australian Passport Source: AAP

पासपोर्टका लागि हालेको आवेदनको चाङ कम हुने सङ्केत नदेखिए पछि देशभरका पासपोर्ट प्रदान गर्ने कार्यालयहरूमा सेवाग्राहीको निराशा देख्न सकिन्छ।


Published

Updated

By SBS Nepali

Source: SBS


Skip to podcast episode content

पासपोर्टका लागि हालेको आवेदनको चाङ कम हुने सङ्केत नदेखिए पछि देशभरका पासपोर्ट प्रदान गर्ने कार्यालयहरूमा सेवाग्राहीको निराशा देख्न सकिन्छ।


महामारी पूर्व दैनिक रूपमा सात हजार देखि नौ हजारसम्म आवेदनहरू पर्ने गरेकोमा यस हप्ता (मङ्गलवार) एक दिनमा अहिलेसम्म कै सबैभन्दा बढी १६ हजार ५ सय सम्म आवेदनहरू प्राप्त गरिएको थियो। 

अन्तर्राष्ट्रिय सीमा खुलेको भए पनि हजारौँले अस्ट्रेलिया बाहिर यात्रा गर्न पाएका छैनन् कारण हो पासपोर्ट प्राप्त गर्न ढिलाइ हुनु।

घण्टौँसम्म पासपोर्ट कार्यालयहरूमा लाइन लाग्नु पर्दा धेरै जना दिक्क भएको दृश्य अस्ट्रेलियाभर देखिने गरेको छ।

पुरा रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

सासूको वार्षिकी कार्यका लागि मध्य सेप्टेम्बरमा श्रीमान् र छोरी सहित नेपाल जाने योजना बनाएकी मेधा निरौलालाई हवाई टिकट खरिद गर्न ढिलो हुने हो कि भन्ने चिन्ता छ। 

अप्रिल २० मा पासपोर्टकोलागि लागि आवेदन हालेकी उनलाई पासपोर्ट ढिलो गरी दिइएको समाचारहरू आइरहँदा अझै कति पर्खनु पर्ने हो भन्ने कुराले अन्यौलता थपेको छ ।

सिड्नी निवासी मेधाले पासपोर्टको लागि पर्खिएको डेढ महिना भइसकेको छ। 

उनी भन्छिन् उनको श्रीमानको पासपोर्ट कोभिड -१९ लकडाउन तिर नै बनेको थियो र त्यति बेला आवेदन हालेको दोस्रो हप्तामा नै राहदानी हात परेको थियो।

तर छोरी र आफ्नो भने एकै दिन हालेको आवेदनमा छोरीको पासपोर्ट दुई हप्तामा नै आएको भए पनि उनको भने बिहीबार बिहान सम्मको प्रगति हेर्दा पनि मूल्याङ्कन कै क्रममा रहेको देखाएको छ।

एसबीएसले त्यसरी पासपोर्ट प्राप्त गर्ने पर्खाइमा रहेका केहीसँग कुरा गरेको थियो- जसमध्ये धेरैले महिनौँ देखि पर्खिएको बताएका छन्।

Sreenith Kulangarath outside the Sydney passport office where hundreds of people queued up on Tuesday to collect their new passports.
Sreenith Kulangarath outside the Sydney passport office where hundreds of people queued up on Tuesday to collect their new passports. Source: SBS News/Supplied

निरौला जस्तै स्रीनिथ कुलंगराथले यसै वर्षको अन्त्यतिर परिवार सहित घुम्न जाने योजना अनुरूप आफ्नो ६ वर्षीय छोराको पासपोर्टका लागी मे महिनाको सुरुवात तिरै आवेदन हालेका थिए।

तर जुन एक तारिखमा उनको भारतमा रहेका ससुराको मृत्यु भयो।

उनी र उनको श्रीमतीले अन्तिम बिदाइ सम्म गर्न पाएनन्।

स्रीनिथलाई अन्ततः बुधवार पासपोर्ट प्रदान गरियो र उनी भन्छन् कम्तीमा अन्तिम संस्कारका लागी पुग्न पाइने कुराले राहत दिएको छ।

विदेश मामिला सम्बन्धी उपमन्त्री टिम वाट्सले पासपोर्ट कार्यालयलाई सम्पर्क गर्न लामो समय कुर्नु पर्ने र पासपोर्ट प्रदान गर्न भई रहेको ढिलाइलाई अस्वीकार्य भनेर व्याख्या गरेका छन्।

साथै उनले सरकार यो समस्यालाई तत्काल समाधान गर्न विदेश मामिला तथा व्यापार विभागसँग मिलेर काम गरिरहेको बताए।

त्यसका लागि प्रक्रिया अगाडी बढाउने कर्मचारी र कल सेन्टरका कर्मचारीको सङ्ख्या बढाउने तर्फ काम भई रहेको उनको भनाइ छ।

वाट्सले भने, "यो समस्या पूर्वानुमान गर्न सकिने थियो र यो पहिलेको सरकारले बल भुईँमा खसालेको (गल्ती गरेको) र सीमा पुनः खुलेपछि पासपोर्ट आवेदनमा भारी वृद्धि हुन्छ भनेर सही तरिकाले योजना बनाउन चुकेको कारण देखिएको हो।"

विपक्षी विदेश मामिला प्रवक्ता साइमन बर्मिङ्घमले सिड्नी रेडियोसँग कुरा गर्दै यो प्रणालीहरू मध्ये केहीमा थप स्रोतहरू परिचालन गरेको बताएका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now