अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले ड्युक अफ एडिनबराको उपाधि पाएका राजकुमार फिलिपको मृत्युमा सम्पूर्ण देशवासीहरूका तर्फबाट गहिरो समवेदना प्रकट गरिएको थियो।
बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिप माउन्टब्याटनको गत हप्ता लन्डन भन्दा केही पर रहेको विन्डसर क्यासलमा ९९ वर्षको उमेरमा निधन भएपछि, कमनवेल्थ देशहरूको सदस्य रहेको अस्ट्रेलिया अस्ट्रेलियामा पनि राष्ट्रिय शोक मनाइएको थियो।
अप्रिल ९ शुक्रवारका दिन निधन भएका फिलिपलाई क्यानबेरामा ४१ तोपको सलामी दिइएको थियो।
बेलायती प्रचलन अनुसार २१ तोपको शाही सलामी र रोयल पार्कबाट तोप पड्काउँदा थप २० राउन्ड हान्ने नियमका कारण उनले कुल ४१ तोपको सलामी पाएका हुन्।
राजकुमार फिलिपको अस्ट्रेलियासँग नजिकको सम्बन्ध रहेको प्रधानमन्त्री मोरिसनको भनाई छ।
उनी भन्छन् कि संसारले उच्च कद बनाउन सफल भएका थुप्रै व्यक्तित्वहरूको गुमाएको छ तर थोरै मात्रले हामी भन्दा अघि आएर हाम्रो जीवनकालमा यत्तिका समयसम्म छाइरहे।
यस क्रममा सिड्नीको हार्बर ब्रिजदेखि संसद् भवन सम्मका झन्डाहरू आधा झुकाइएका छन् तर अस्ट्रेलियाको आदिवासीय झन्डा पनि झुकाइँदा भने केही विवाद सिर्जना भएको छ।

ग्रिन्स पार्टीकी सङ्घीय सांसद सिनेटर लिडिया थोेर्पले हिरासतमा हुँदा एबोरिजिनी अस्ट्रेलियालीहरूले ज्यान गुमाएको बारेमा आयोजित एक र्यालीलाई सम्बोधन गर्ने क्रममा भनिन् कि ड्युकलाई सम्मान गर्ने नाममा आदिवासीय अस्ट्रेलियालीहरूको झन्डा झुकाउने कार्यमा उनीहरूको सहमति छैन।
"के यी औपनिवेशिकहरूले हाम्रो झन्डा झुकाउन इजाजत लिएका छन्? छैनन्।"
आफ्ना भनाइहरूका कारण बेला-बखत विवादमा तानिने राजकुमार फिलिपले एक पटक अस्ट्रेलिया आउँदा यहाँका आदिवासीलाई "के तपाईँहरू अझै पनि एक अर्कालाई भाला हान्नुहुन्छ भनेर भनेका थिए।
तर, अस्ट्रेलियन मोनार्किष्ट लिगका फिलिप बेनवेल भन्छन् कि राजकुमारका टिप्पणीहरूलाई कहिलेकाहीँ गलत अर्थले हेरिएको छ।
"अस्ट्रेलिया प्रति उनको गज्जबको रोमाञ्चकता थियो...उनलाई जे देखे पनि चाख लाग्थ्यो। उनी त्यस्ता किसिमका मानिस थिए जो अरूसँग मैत्रीपूर्ण भावले पेस हुन खोज्थे।"
सन् १९५६ को मेलबर्न ओलम्पिक्स खेलको उद्घाटन गर्न आएकी एलिजाबेथसँगै अस्ट्रेलिया आएका ड्युकले २१ पटक अस्ट्रेलियाको भ्रमण गरेका थिए।
सन् १९४७ मा एलिजाबेथ द्वितीयासँग वैवाहिक बन्धनमा बाँधिएका फिलिपले जीवनको अन्तिम साससम्म निरन्तर ७३ वर्ष बेलायती महारानी समक्ष आफ्नो जीवन समर्पण गरेका कारण पनि थुप्रै मानिसहरू उनको सम्झना गरिरहेका छन्।
महारानीले आफ्ना श्रीमानलाई आफ्नो "शक्ति तथा आड" मान्थिन्।

शाही परिवारको अस्ट्रेलियाली प्रतिनिधिका रूपमा रहेका गभर्नर जनरल डेभिड हर्लेले, प्रिन्स फिलिपको निधन बारे दुखद समाचार देशवासी सुनाएका थिए।
उनी भन्छन् कि नौसेनाका पूर्व सदस्य समेत रहेका फिलिपको शाही अस्ट्रेलियाली नौसेनासँग निकै घनिष्ठ सम्बन्ध थियो जसले एक मात्र गैर-अस्ट्रेलियालीका रूपमा वरिष्ठ कमान्डरको भूमिका निर्वाह गरे।
ड्युकको चिर शान्तिको कामना गर्दै हर्लेले राजकुमार प्रति श्रद्धाञ्जली अर्पण गरे र भने, "अस्ट्रेलियाली जनताको तर्फबाट म महारानी तथा उहाँको परिवार, कमनवेल्थका मानिसहरू र अन्य सबै प्रति गहिरो संवेदना व्यक्त गर्दछु।"
झन्डै ५० वटा जति अस्ट्रेलियाली सङ्घ संस्थालाई अभिभावकत्व दिएका फिलिपले ड्युक अफ एडिनबरा अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गरेर युवा अस्ट्रेलियालीहरूलाई भविष्यको नेता बन्ने बाटो तर्फ डोर्याए थिए।
ड्युक अफ एडिनबराको निधनमा अस्ट्रेलियाली राजनीतिका विविध व्यक्तित्वहरूले शोक मनाएका छन् ।
रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियाली प्रथम महिला प्रधानमन्त्री जुलीया गिलार्डले कर्तव्य निष्ठ र रमाइलो गर्ने मानिसका रूपमा फिलिपको मिठो सम्झना रहेको बताउँछिन् ।
अर्का पूर्व प्रधानमन्त्री जोन हार्वड राजकुमारले भेटे जति सबैलाई गहिरो प्रभाव पार्न सक्ने व्यक्तित्वको रूपमा व्याख्या गर्छन् भन्छन् कि राजकुमार फिलिपसँग अरू मानिसलाई हँसाउने अद्भुतको क्षमता थियो।
"उनी सही गलतलाई आफ्नै नजरले हेर्थे र मनमा लागेको कुरा फ्याट्टै भनिदिन्थे," हावर्डले प्रतिक्रिया जनाउँदै भने।

त्यस्तै एक अर्का पूर्व प्रधानमन्त्री टोनी एबोटले फिलिपको उदाहरणबाट मानिसहरू उत्साहित हुन्छन् कि भनेर आफूले आसा लिएको बताउँछन्।
ड्युकले स्थापना गरेको पुरस्कार कार्यक्रमबाट आफ्ना सन्तानले लाभ पाएको भन्दै सङ्घीय विपक्षी नेता एन्थोनि एल्बानेजीले फिलिपद्वारा धेरै युवा अस्ट्र्रलियालीहरुको जीवनस्तर उकासिएको बताउँछन्।
"एडिनबराका ड्युकले युद्ध तथा शान्ति दुवै बुझेका थिए, साम्राज्य र राष्ट्र मण्डल देखे। यी सबैमा उनले न त कहिले पनि आफ्नो हाँस्यरस गुमाए न त सार्वजनिक जीवन प्रति समर्पण नै छाडे।"
राजकुमार फिलिपले ड्युक अफ एडिनबरा अवार्डको स्थापना सन् १९५६ मा गरेका थिए जसले १५ वर्षका किशोरहरूले युवा अवस्थामा प्रवेश गदै गर्दा नेतृत्वकारी भूमिका विकास गर्न सहयोग गर्थ्यो।
सन् १९५८ देखि भने किशोरीहरूका लागि पनि सो कार्यक्रम उपलब्ध गराइयो र पछि १३० भन्दा बढी राष्ट्रहरूमा उक्त पुरस्कार विस्तार भयो।
पिटर के अस्ट्रेलियाली लागि उक्त कार्यक्रमका प्रमुख हुन् र उनी भन्छन् कि सो पुरस्कार प्रिन्सका लागी जोसिलो योजना थियो।

के भन्छन् कि राजकुमार ड्युक अफ एडिनबरा पुरस्कार कार्यक्रमका कार्यकारी अध्यक्षका साथसाथै प्रमुख विक्रेता पनि थिए।
"बाहिर निस्केर त्यस बारे वकालत गर्ने त उनी नै थिए," पिटर के भन्छन्।
"तपाईंले कार्यक्रम कस्तो चलिरहेको छ भनेर राजकुमारलाई सोध्नुभएको भए उनले १३० मध्ये कुनै पनि देशमा चालू आफ्नो अवार्ड कार्यक्रमको तथ्य र आँकडा तत्काल नै दिन सक्थे।"
१० जुनमा आफ्नो १०० औँ जन्मोत्सव भन्दा दुई महिना अगाडी उनले यस धर्ती छाडेका छन् र सँगसँगै आफ्नी पत्नी महारानी एलिजाबेथ, छोरी राजकुमारी एन, छोराहरू युवराज चार्ल्स, राजकुमार एन्ड्रु र राजकुमार एड्वार्ड। उनका आठ नातिनातिना पनि छन्।






