अस्ट्रेलियाको केन्द्रिय सरकारले ल्याएको नयाँ निर्देशन अनुसार सरकारी कर्मचारीहरुले स्वयंसेवी दमकलकर्मीको रुपमा २० दिनसम्मको तलबी विदा पाउने छन्।
पछिल्ला दिनहरुमा देशका बिभिन्न राज्यहरु डढेलोको चपेटामा परेपछि- आगो निभाउन सक्रिय रहेका स्वयंसेवीहरुमाथि पर्न सक्ने स्वस्थ्य तथा आर्थिक प्रभावका बारेमा निकै चर्चा चलिरहेको छ। विशेषगरी, गर्मीको मौषम शुरु हुनु अगावै शुरु भएको डढेलो- देशको बिभिन्न भागहरुमा लगाताररुपमा सल्कीरहेको छ।
यसले गर्दा स्वयंसेवकहरुको ठूलो निर्भरतामा रहेको दमकल केन्द्रहरुलाई निकै अफ्ठेरो हुने अनुमानका बीचमा यो नयाँ नीति सार्वजनिक भएको हो।
Share





