Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

क्वाड बैठक: संयुक्त राज्य, अस्ट्रेलिया, जापान र भारतीय नेतृत्व तहको उच्चस्तरीय भेट वार्ता

 Scott Morrison QUAD leaders

Quad Leaders: Japanese Prime Minister Suga Yoshihide, Indian Prime Minister Narendra Modi, US President Joe Biden and Australian Prime Minister Scott Morrison. Source: Adam Taylor

शनिवार २५ सेप्टेम्बरमा ह्वाइट हाउसमा भएको 'द क्वाड' भनिने चार इन्डो प्यासिफिक राष्ट्रका नेतृत्वहरू बिच पहिलो पटक प्रत्यक्ष भेटघाट भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजना गरिएको उक्त बैठकमा भारत, जापान र अस्ट्रेलियाका सरकार प्रमुखले भाग लिएका थिए।


Published

Updated

Source: SBS




Share this with family and friends


शनिवार २५ सेप्टेम्बरमा ह्वाइट हाउसमा भएको 'द क्वाड' भनिने चार इन्डो प्यासिफिक राष्ट्रका नेतृत्वहरू बिच पहिलो पटक प्रत्यक्ष भेटघाट भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजना गरिएको उक्त बैठकमा भारत, जापान र अस्ट्रेलियाका सरकार प्रमुखले भाग लिएका थिए।


चीनको आर्थिक र सैन्य गतिविधि भएको क्षेत्रलाई हेर्ने अमेरिकी दृष्टिकोण समग्र प्यासिफिक क्षेत्र तर्फ नै मोड्न यो भेट अवसर बनेको बताइएको छ।

क्वाड बैठक अगाडी प्रधानमन्त्री स्कट मोरिसनले एसबीएस न्युजसँगको अन्तर्वार्ताका क्रममा अस्ट्रेलिया र अस्ट्रेलियालीले सुरक्षित बस्न पाउनु पर्ने बताएका थिए।

उक्त शिखर सम्मेलनको उद्घाटन सत्रमा बोल्दै राष्ट्रपति बाइडेनले छ महिना अगाडी क्वाड राष्ट्रहरूद्वारा गरिएको ठोस प्रतिबद्धताले उल्लेख्य प्रगति गरी रहेको बताउँदै गर्दा

भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले भने कि क्वाडले विश्व कै हितका लागी एक शक्तिको भूमिका खेल्नेछ।

विशेष गरी चीनले आफ्नो बल प्रदर्शन गर्ने क्रम जारी नै राख्दा, ताइवान चिन्तामा भएको भन्दै उनीहरूले इन्डो प्यासिफिक क्षेत्रको सुरक्षाबारे पनि बोलेका छन्।

प्रधानमन्त्री स्कट मोरिसनले इन्डो प्यासिफिक क्षेत्र कुनै पनि किसिमका जबरजस्तीहरूबाट स्वतन्त्र रहनु पर्ने बताउँदै गर्दा जापान र भारत दुवै सरकारहरूले अस्ट्रेलियालाई परमाणुद्वारा चल्ने पनडुब्बी सुसज्जित बनाउने अमेरिकी घोषणाको स्वागत गरेका थिए।

President Joe Biden, left, hosts a Quad Leaders Summit with Australian Prime Minister Scott Morrison, Japan Prime Minister Suga Yoshihide and India Prime Minister Narendra Modi (not pictured) in the East Room at the White House (AP)
President Biden, left, hosts a Quad Leaders Summit with Australian PM Morrison, Japan PM Suga Yoshihide and India PM Narendra Modi at the White House. Source: Sarahbeth Maney, Sipa USA, AP

उक्त भेटको क्रममा भारतीय प्रधानमन्त्री मोदीले अफगानिस्तानको कुरा उठाउँदै राष्ट्र सङ्घमा मान्यता प्राप्त गर्ने तालिबानको प्रयासलाई लिएर असहमति जनाएका थिए।

भारतीय सरकारले पाकिस्तानको गुप्तचर सेवाको प्रभावमा तालिबानको एक टुकडीले काबुलका सरकारी कार्यालयहरू बाँडफाँड गरेको विश्वासका आधारमा आफ्नो चिन्ता व्यक्त गरेको बताइएको छ।

रिपोर्ट सुन्नुहोस् : null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

अस्ट्रेलियाली प्रधानमन्त्रीले भने चार प्रमुख प्रजातान्त्रिक राष्ट्रहरूको यो समूह 'इन्डो प्यासिफिक क्षेत्रका मानिसहरूको हितका लागी सकारात्मक पहल' भएको बताएका छन्।

यसैबिच चीनले उक्त समूह 'निश्चित रूपमा असफल' हुने बताएको छ।

केही दिन अगाडी मात्र पनि अमेरिका, बेलायत र अस्ट्रेलिया बिच भएको अकस सुरक्षा सम्झौता अन्तर्गत अस्ट्रेलियालाई परमाणुद्वारा सञ्चालित पनडुब्बीका लागि सहयोग प्राप्त हुने बताइँदै गर्दा चीनले उक्त कदमको निन्दा गरेको थियो।

Boris Johnson, Scott Morrison and Joe Biden announcing the AUKUS alliance on Thursday morning.
Boris Johnson, Scott Morrison and Joe Biden announcing the AUKUS alliance. Source: AAP

जापानी प्रधान मन्त्री योशीहिदे सुगाले क्वाड पक्का गठबन्धन भएको र चार राष्ट्रले खुलेर कोरोनाभाइरस महामारी, जलवायु परिवर्तन, नयाँ प्रविधि र अन्य समस्याहरू जसले इन्डो प्यासिफिक क्षेत्रलाई प्रभाव पारेका छन् त्यस्ता विषय माथि छलफल गरेको बताएका छन्।

साथै उनले अब यो सम्मेलन वार्षिक रूपमा गर्ने सहमति पनि भएको जानकारी दिए।

चौतर्फी सुरक्षा संवाद वा क्वाड्रील्याटरल सेक्युरिटी डाइलग भनिने उक्त सङ्गठनमा चार राष्ट्रहरूका सदस्यले सन् २००७ मा यसको स्थापना भएदेखि बेला बेलामा भेट गर्दै आएका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now