Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'प्रमुख राजनीतिक दलमा पुरानै नेतृत्व दोहोरिनु अप्रजातान्त्रिक अभ्यासको उदाहरण': साप्ताहिक नेपाल सन्दर्भ

Sher Bahadur Deuba and KP Sharma Oli

नेपालका गत सात दिनका प्रमुख समाचारका साथ प्रमुख राजनीतिक दलहरूको नेतृत्वमा पुरानै अनुहार दोहोरिँदा पार्टी भित्र प्रजातान्त्रिक अभ्यासको कमी रहेको प्रस्ट हुने एक विश्लेषकको भनाइ सहितको साप्ताहिक नेपाल सन्दर्भ।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Share this with family and friends


नेपालका गत सात दिनका प्रमुख समाचारका साथ प्रमुख राजनीतिक दलहरूको नेतृत्वमा पुरानै अनुहार दोहोरिँदा पार्टी भित्र प्रजातान्त्रिक अभ्यासको कमी रहेको प्रस्ट हुने एक विश्लेषकको भनाइ सहितको साप्ताहिक नेपाल सन्दर्भ।


यस हप्ताका प्रमुख समाचारमा,

  • नेपालले यस हप्ता कोभ्याक्सबाट १८ लाख भन्दा बढी मात्रा कोभिशिल्ड खोप प्राप्त गरेको छ।
  • संसद्को हिउँदे सत्र सुरु भइसक्दा पनि कुनै विधेयकमा कामकारबाही अघि नबढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक बोलाएका छन्। प्रमुख विपक्षी दल एमालेले संसद्मा अवरोध गरिरहेको हुनाले संसद्मा रहेका ५७ वटा विधेयक पारित हुन सकेका छैनन्।
  • काठमान्डुमा यस वर्षको सबैभन्दा कम तापक्रम अर्थात् २ डिग्री सेल्सियस मापन गरिएको छ, र जाडो अझ बढ्ने बताइएको छ।
  • नेपालको एक प्रमुख पार्टी नेपाली काँग्रेसको महाधिवेशनमा चुनाव भएपछि शेरबहादुर देउवा फेरी पनि अध्यक्ष निर्वाचित भएका छन्।

 

गत एक महिना भित्र नेपाली काँग्रेसका साथै नेपालका अरू दुई महत्त्वपूर्ण पार्टी एमाले र राप्रपाका पनि महाधिवेशन भएका थिए।

काँग्रेसमा जस्तै एमालेमा पनि पुरानै नेतृत्व दोहोरिएर केपी ओली अध्यक्ष बनेका छन् भने राप्रपामा प्रसिद्ध नेता कमल थापालाई हराएर राजेन्द्र लिङ्देन नयाँ अध्यक्ष बनेका छन्।

KP Sharma Oli in CPN-UML general convention
Source: RSS

यसै सन्दर्भमा यी तिनै पार्टीका नयाँ नेतृत्वले नेपालको राजनीतिमा पार्ने असरका बारेमा मैले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्यापन गर्ने राजनीतिक विश्लेषक आभास्ना पाण्डेसँग कुराकानी गरेकी छु।

पुरा कुराकानी सुन्नुहोस् :nullहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नेपालका ठुला दलहरूमा नेतृत्व दोहोरिनु दुःखद भएको पाण्डेले बताएकी छिन्।

"पार्टीका नेताहरू प्रजातन्त्रको समर्थनमा बोल्नुहुन्छ, तर त्यो कुरा लागु गर्न चाहनुहुन्न। यदि वहाँहरू प्रजातान्त्रिक हुने हो भने त पार्टीभित्र पनि नेतृत्व परिवर्तन भइरहनुपर्छ, तर त्यस्तो हुन नसक्दा पार्टी भित्र नै प्रजातान्त्रिक मूल्य मान्यता नरहेको देखिन्छ," पाण्डे भन्छिन्।

"यो हिसाबमा एमाले पतन उन्मुख देख्छु म, किनकि त्यो पार्टी एक जनाको मात्रै विचारमा चल्ने र अरूले त्यसलाई चुनौती नै दिन नमिल्ने भएको छ।काँग्रेसमा पनि सभापति दोहोरिनु त्यस्तै दुःखलाग्दो अवस्था हो। तर त्यहाँ अलिकति आशालाग्दो अवस्था देखिएको छ किनभने सभापति दोहोरिए पनि महामन्त्री जस्ता अरू पदमा पुराना हस्तीहरूलाई हराएर नयाँ अनुहार आउनुभएको छ।"

देउवा र ओली दुवै विवादित छवि भएका नेता हुन्। देउवाले "प्रजातन्त्र दरबारलाई बुझाएको" आरोप लगाइन्छ भने ओलीले  दुई पटक अवैधानिक रूपमा संसद् विघटन गरेका थिए।

यस्ता विवादित मानिसहरूले नेपालको नेतृत्व गर्दा अन्तर्राष्ट्रिय जगत मै नेपालको विश्वसनीयता घट्ने पनि पाण्डे बताउँछिन्।

Sher Bahadur Deuba general convention
Source: Sher Bahadur Deuba/ twitter

हिन्दुवादी र राजतन्त्रवादी पार्टी राप्रपाको नेतृत्व परिवर्तनलाई उनले सकारात्मक रूपमा लिएकी छिन्। "राप्रपाको मूल्य मान्यता मान्नु पर्छ भन्ने छैन, त्यस्तो पार्टीको पनि अस्तित्व हुनु भनेको फरक विचारका लागि पनि ठाउँ छ भनेको हो। तर त्यसमा पनि नेतृत्व परिवर्तन हुनु भनेको राम्रो कुरा हो," उनी भन्छिन्।

नेपालका सबै प्रमुख दलका नेतृत्वमा महिलाको कमी देखिएको छ। त्यसले पनि पार्टीभित्रको प्रजातान्त्रिक मूल्य मान्यताको कमी देखाउनुका साथै महिला बालबालिकाका मुद्दा र अन्य कतिपय मुद्दामा फरक विचारलाई प्राथमिकतामा आउन नदिने जोखिम रहेको छ।

"यस्तो किसिमको राजनीतिक संस्कार एउटा समस्या हो, र यो समस्याको समाधान विद्रोह नै हो," पाण्डे भन्छिन्। "नेताको मात्रै होइन, हामी नागरिकको पनि यसमा दायित्व हुन्छ, र मतदान गरेर नयाँ चुनेर हामीले विद्रोह गर्नुको कुनै विकल्प छैन।"

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now