Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाली दूरसञ्चार कम्पनीहरू विरुद्ध २१ प्रतिशत कम उजुरी, एक लाख ग्राहक अझै असन्तुष्ट

The ACCC has concerns over TPG's plan to merge with Vodafone Australia
Source: AAP

अस्ट्रेलियामा प्रविधिको प्रयोग मात्रा बढ्दै जाँदा, आफ्ना फोन वा इन्टरनेट सेवा प्रदायकहरूसँग असन्तुष्ट भएका ग्राहकहरूको सङ्ख्या पनि कम छैन।


Published

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा प्रविधिको प्रयोग मात्रा बढ्दै जाँदा, आफ्ना फोन वा इन्टरनेट सेवा प्रदायकहरूसँग असन्तुष्ट भएका ग्राहकहरूको सङ्ख्या पनि कम छैन।


जब दूरसञ्चार सेवा प्रदायकहरूले ग्राहकहरूका समस्यालाई सुन्दैनन्, तब उनीहरूका उजुरीलाई नियामकले थप प्राथमिकतामा राख्न सक्छ।

 गएको आर्थिक वर्षमा मात्र टेलेकम्युनिकेसनस् इन्डस्ट्री अम्बड्सम्यान समक्ष १३२,००० भन्दा बढी उजुरीहरू दर्ता भएका थिए।

 तर, केही वर्ष यताको तुलनामा, गत आर्थिक वर्ष २१ प्रतिशत कम उजुरीहरू परेको पनि अम्बड्सम्यान जुडी जोन्सले जानकारी दिइन्।

 सबै सरोकारवालाहरूले ग्राहक उजुरीहरूको सङ्ख्या अत्यधिक रहेको र त्यसलाई झार्न जरुरी भएको कुरा राम्ररी बुझेकाले अहिले उजुरी सङ्ख्या घटेको देखिनु राम्रो कुरा भएको उनको भनाई छ। 

 तर अहिले, मोबाइल फोनका भन्दा बढी इन्टरनेट सेवा बारे उजुरी आउने पनि बताइएको छ।

 सबैभन्दा धेरै उजुरीहरू शुल्क र ग्राहक सेवा सम्बन्धित रहेको देखिन्छ।

 अस्ट्रेलियाली सञ्चार उपभोक्ता अभियान सञ्जालकी प्रमुख, टेरेसा कोरबिन भन्छिन् “दूरसञ्चार कम्पनीहरू बारेको पछिल्लो रिपोर्ट हेर्दा उनीहरूको प्रशंसा गरिहाल्नु पर्ने अवस्था चाहिँ छैन।”

 उजुरी सङ्ख्यामा २१ प्रतिशत कमी आएता पनि, झन्डै डेढ लाख मानिसहरूले उपयुक्त सेवा नपाएको कुरालाई बिर्सन नहुने उनको भनाई छ।

 अम्बड्सम्यान जुडी जोन्स पनि कोरबिनको उक्त भनाइ प्रति सहमति राख्दै भन्छिन्, “ग्राहकहरूले पाउने अनुभवमा सुधार हुँदै गएको सुनिश्चित गर्नु धेरै महत्त्वपूर्ण छ।”

 फोन वा इन्टरनेट सेवा प्रदायकहरूबाट आफ्नो समस्याको उपयुक्त समाधान नपाएका ग्राहकहरूले अम्बड्सम्यान समक्ष उजुरी हाल्न सक्छन्।

 हाल पचास प्रतिशत उजुरीहरू दर्ता भएको साट्ठी दिन भित्र समाधान भएको पनि बताइएको छ।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now