SKIP TO MAIN CONTENT

आर्थिक कुराकानी: सिड्नी, मेलबर्नमा घरको भाउ घट्यो, किन्ने मौका यही हो त?

Several listings on a shop window
Representative image - House prices in Sydney and Melbourne have fallen. Source: Getty / Bloomberg

नयाँ आर्थिक वर्ष सन् २०२६–२७ को पहिलो महिना सकिँदै गर्दा, सिड्नी, मेलबर्न, एसीटी लगायतका केही प्रमुख शहरहरूमा घरको मूल्य घट्न थालेको तथ्याङ्कले देखाएको आर्थिक सल्लाहकार विश्वास भट्टराईले बताएका छन्। यसका साथै घर किन्न ‘नेगोसिएट’ गर्दा ध्यान दिनुपर्ने कुराहरू, ‘मोर्गेज’मा परेको प्रभाव, अगस्टमा हुने रिजर्भ ब्याङ्कको ब्याजदर निर्णय र आउँदा महिनाहरूमा अस्ट्रेलियन अर्थतन्त्रको सम्भावित अवस्था लगायत विषयमा भट्टराईसँग गरिएको यस महिनाको आर्थिक कुराकानी सुन्नुहोस्।


Published

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

नयाँ आर्थिक वर्ष सन् २०२६–२७ को पहिलो महिना सकिँदै गर्दा, सिड्नी, मेलबर्न, एसीटी लगायतका केही प्रमुख शहरहरूमा घरको मूल्य घट्न थालेको तथ्याङ्कले देखाएको आर्थिक सल्लाहकार विश्वास भट्टराईले बताएका छन्। यसका साथै घर किन्न ‘नेगोसिएट’ गर्दा ध्यान दिनुपर्ने कुराहरू, ‘मोर्गेज’मा परेको प्रभाव, अगस्टमा हुने रिजर्भ ब्याङ्कको ब्याजदर निर्णय र आउँदा महिनाहरूमा अस्ट्रेलियन अर्थतन्त्रको सम्भावित अवस्था लगायत विषयमा भट्टराईसँग गरिएको यस महिनाको आर्थिक कुराकानी सुन्नुहोस्।


नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुकएक्स (पहिले ट्विटर भनिने)इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।

यस महिनाको कुराकानीका मुख्य विषयहरू:

  • नयाँ आर्थिक वर्ष सन् २०२६-२७ को पहिलो महिना घर जग्गा बजारको लागि कस्तो रह्यो?
  • के रिजर्भ ब्याङ्कले अगस्ट महिनामा बस्ने बैठकमा ब्याज दर घटाउला?
  • घरहरूको भाउमा देखिएको गिरावटसँगै ‘सिल्भर लाइनिङ’ के छ र यो समयमा घर किन्न चाहनेहरूले भाउ ‘नेगोसिएट’ गर्दा के-के कुरामा ध्यान दिनु पर्छ?
  • सिड्नी, मेलबर्न जस्ता प्रमुख शहरहरूमा ‘अक्सन क्लियरेन्स रेट’ ५०-५५ प्रतिशतको हाराहारीमा छँदा, ब्रिसबेनमा यो करिब ३० प्रतिशतमा किन रह्यो?
  • दक्षिण एसियाली मूलकी मक्वेरी ग्रुपकी सीईओले आफ्नो लामो कार्यकाल पछि अवकाश लिँदै छिन्। कुनै नेपाली मूलका व्यक्तिले पनि अस्ट्रेलियाको ठूलो ब्याङ्कको नेतृत्व गर्ने पदमा पुगेको कहिले देखिएला?
  • अस्ट्रेलियन अर्थतन्त्रको लागि आउँदा महिनाहरूको प्रक्षेपण कस्तो रहेको छ?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now