सन्दीपको पहिलो आईपीएल खेलमा पहिलो विकेट र मोदीको भ्रमण - गत ७ दिन नेपालमा

Nepali bowler Sandeep Lamichhane celebrates after taking his first wicket in his debut match for Delhi Daredevils at the Indian premier league.

Nepali bowler Sandeep Lamichhane celebrates after taking his first wicket in his debut match for Delhi Daredevils at the Indian premier league. Source: Delhi Daredevils

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा ‘डेब्यु’ गर्दै आफ्नो पहिलो विकेट लिन सफल र भारतीय प्रधान मन्त्रीको नेपाल भ्रमण प्रति मिश्रित प्रतिक्रिया। यी हुन् गत ७ दिनका नेपालका प्रमुख समाचार।


आईपीएलमा सन्दीपले लिए विकेट

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यु’ गर्दै विकेट लिएका छन् । शनिबार रोयल च्यालेन्जर्स बेङलोरसँगको खेलमा दिल्ली डेयर डेभिल्सले सन्दीपलाई पहिलो पटक अवसर दिएको थियो ।

त्यस्तै सन्दीपको टिम बैंग्लोरसँग ५ विकेटले पराजित भएलगत्तै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

यसअघि ११ वटा खेल खेलिसकेको दिल्लीले सन्दीपलाई अवसर दिएको थिएन्। नोभेम्बरमा भएको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा खरिद गरेको थियो।

 

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल भ्रमण सिध्याएर फर्किएका छन् । इण्डियन एयरको विशेष विमानबाट शुक्रबार जनकपुर विमानस्थलमा उत्रिएका उनलाई प्रधानमन्त्री केपी ओलीले स्वागत गरेका थिए ।

दुईदिने राजकीय भ्रमण सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार स्वदेश फर्किएका थिए ।नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन र पूजाअर्चना गरेका थिए ।

जनकपुरस्थित बाह्रबिघा मैदान आयोजित कार्यक्रममा उनलाई एक सय २१ केजीका तीन वटा फुलको माला लगाई दिएर नागरिक अभिनन्दन समेत गरिएको थियो ।

त्यस्तै काठमाडौंमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए ।

Narendra Modi in Nepal for two days visit.
Narendra Modi in Nepal for two days visit. Source: RSS

..

‘ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको सन्दर्भमा बुधबार तीन वर्षअघिको भारतीय नाकाबन्दीपीडित नेपालीहरुले ब्लकेड वाज क्राइम मिस्टर मोदीनामक ह्यासट्याग ट्विटरमा पहिलो नम्बरमा ट्रेन्डिङ गराए । 

विश्वदीप ह्याण्डल भएका अभियानकताले यसै साता पहिलो पटक सुरु गरेको ब्लकेड वाज क्राइम मिस्टर मोदीह्यासट्याग ट्रेण्डिङ नम्बर वानमा परेको थियो ।

..

यातायात सिन्डिकेट तोडियो

सरकार र यातायात व्यवसायीबीच सिन्डिकेट तोड्ने सहमति भएको छ। यसै साता यातायात मन्त्रालयमा व्यवसायी, यातायात मन्त्री, यातायात विभागका महानिर्देशकबीच भएको सहमतिपछि सिन्डिकेट तोडिएको थियो ।

सिन्डिकेटको अन्त्यसँगै अब एउटा मात्र सार्वजनिक सवारी साधन भएको व्यवसायीले सवारी सञ्चालन गर्न पाउने भएका छन्।

..

Dhurmus and Suntali at Kathmandu's Bir hospital as part of their hospital clean up campaign.
Dhurmus and Suntali at Kathmandu's Bir hospital as part of their hospital clean up campaign. Source: Facebook

वीर अस्पताल चम्काउँदै धुर्मुस

हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले देशको पुरानो वीर अस्पताल सफाइ अभियान सुरु गरेका छन् । यसै साताबाट खेम्स क्लिनिङ्ग सुरु गरेको सफाइ अभियानलाई धुर्मुस सुन्तली फाउण्डेसनले सहयोग गरिरहेको छ ।

एक महिना चल्ने अभियानका लागि सहयोगी संस्थाका तर्फबाट १५ जना कर्मचारी अस्पतालमा खटाइएका छन् ।

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now