Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

SBS Examines: अस्ट्रेलियाका कार्यस्थलहरू आप्रवासी महिलाहरूका लागि सुरक्षित छन्?

Silhouette of woman, harassment vector illustration. hands of man touching women 15

A report from Unions NSW found that half the women working on temporary visas in Australia sine 2018 had experienced workplace sexual harassment. Source: iStockphoto / Lucky Kristianata/Getty Images

नयाँ अनुसन्धानहरूले आप्रवासी महिलाहरूले कार्यस्थलमा यौन दुर्व्यवहार अनुभव गर्ने दर उच्च रहेको उल्लेख गरेको छ। यस्ता किसिमका दुर्व्यवहार उजुरी नै नहुनुमा धेरै कारणहरू रहेको विज्ञहरू बताउँछन्।


Published

Updated

By Rachael Knowles

Presented by Sapana Phuyal

Source: SBS




Share this with family and friends


नयाँ अनुसन्धानहरूले आप्रवासी महिलाहरूले कार्यस्थलमा यौन दुर्व्यवहार अनुभव गर्ने दर उच्च रहेको उल्लेख गरेको छ। यस्ता किसिमका दुर्व्यवहार उजुरी नै नहुनुमा धेरै कारणहरू रहेको विज्ञहरू बताउँछन्।


चेतावनी: यो सामग्रीमा यौन उत्पीडन र दुर्व्यहारका विवरणहरू छन्, जुन कतिपयको लागि पीडादायी हुन सक्छ।

अस्ट्रेलियामा अस्थायी भिसामा रहेका आधाभन्दा बढी महिलाहरू काम गर्ने ठाउँमा यौन उत्पीडनमा पर्ने गरेका छन्।

युनियन एनएसडल्बुद्वारा हालैको अनुसन्धान अनुसार, ती मध्ये २५ प्रतिशत महिलाले मात्र दुर्व्यवहार रिपोर्ट गरेका छन्।

कन्सट्रक्सन अर्थात् निर्माण कार्य सम्बन्धी क्षेत्र, हस्पिटालिटी, होर्टीकल्चर, क्लिनिङ, र रिटेल क्षेत्रका कार्यस्थलमा बोसहरू र म्यानेजरहरू नै सबैभन्दा ठुलो पीडक पाइएको छ।

महिलाहरूलाई दुर्व्यवहारका घटना बाहिर आयो भने त्यसको परिणाम राम्रो नहुने डर देखाउने तथा मेलमिलाप गर्न दबाब दिने कारणले महिलाहरूलाई कार्यस्थलमा आफूले भोग्ने दुर्व्यवहारलाई सहनु पर्छ भन्ने तिर लैजान्छ।

मेलबर्न युनिभर्सिटीकी अनुसन्धान प्रमुख प्रोफेसर मरी सिग्रेभ भन्छिन् कि रोजगारी जान्छ भन्ने डरले उनीहरू झन् असुरक्षित महसुस गर्छन्।

आर्थिक असुरक्षा, बस्ने ठाउँ हुँदैन कि भन्ने डर लगायतका कारण धेरै महिलाहरू उजुरी गर्ने भन्दा पनि सहेर बसेका हुन्छन्।

सरकार र अस्ट्रेलियन ह्युमन राइट्स कमिसनले कार्यस्थलमा सुरक्षा सम्बन्धी कानुनमा काम गरिरहेको भए पनि सबै कार्यस्थलमा सुरक्षाको लागी एउटै तरिका सही हुन्छ भन्ने नहुने प्रोफेसर सिग्रेभ बताउँछिन्।

"महिलाहरूको सुरक्षाको विषयमा फरक तरिकाले सोच्नुपर्छ, उनीहरूलाई कसरी सुरक्षित महसुस गराउन कसरी सहयोग गर्नुपर्छ विभिन्न कोणहरूबाट हेरिनुपर्छ।"

यदि तपाईँ वा तपाईंले चिनेको कोही व्यक्ति यौन उत्पीडनबाट प्रभावित भएका छन् भने १८०० रिस्पेक्टलाई १८०० ७३७ ७३२ मा फोन गर्न सकिनेछ अथवा 1800RESPECT.org.au मा हेर्नुहोस्। आपत्कालीन सहायताको लागि ००० मा फोन गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now