SKIP TO MAIN CONTENT

एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार १५ नोभेम्बर २०१९

Federal Budget 2021: Housing & Infrastructure
Federal Budget 2021: Housing & Infrastructure Source: Getty Images

आजको प्रमुख अस्ट्रेलियाली समाचारमा सङ्घीय सरकारले कर कटौती पूर्व निर्धारित समयभन्दा अगावै लागू गर्ने सक्ने, न्यु साउथ वेल्स राज्यका केही भूभागहरूमा तापक्रम पुनः बढ्दै जाँदा, फेरी गम्भीर रूपमा डढेलो लाग्ने खतरा, विश्वकप छनौट अन्तर्गतको खेलमा अस्ट्रेलियाद्वारा जोर्डन पराजित


Published

Updated

Source: SBS



Skip to podcast episode content

आजको प्रमुख अस्ट्रेलियाली समाचारमा सङ्घीय सरकारले कर कटौती पूर्व निर्धारित समयभन्दा अगावै लागू गर्ने सक्ने, न्यु साउथ वेल्स राज्यका केही भूभागहरूमा तापक्रम पुनः बढ्दै जाँदा, फेरी गम्भीर रूपमा डढेलो लाग्ने खतरा, विश्वकप छनौट अन्तर्गतको खेलमा अस्ट्रेलियाद्वारा जोर्डन पराजित


सामाचार सुन्न माथिको प्लेयरमा थिच्नुहोस् 

 

कर कटौती पूर्व निर्धारित समयभन्दा अगावै लागू हुनसक्ने 

Home Affairs Minister Peter Dutton.
Home Affairs Minister Peter Dutton. Source: AAP

सङ्घीय सरकारले मध्यम आय कर्ता का लागि भनी ल्याउन लागेको कर कटौती कार्यक्रम पूर्व नियोजित समय भन्दा अगावै लागु गर्न सक्ने सङ्केत दिएको छ ।

पूर्व घोषित कार्यक्रम अनुसार भने उक्त कर कटौती सन् २०२२ देखि सुरु हुनेछ।

तर, हप्ता भरि खराब अर्थतन्त्र बारे समाचारहरू आइ नै रहे पछि भने सरकारका एक प्रभावशाली सदस्य पिटर डट्टनले च्यानल नाइनसङ्ग कुरा गर्ने क्रममा आफूहरू करको भार कसरी कम गर्न सकिन्छ भनेर सधैँ विचार तथा विवेचना गरिरहेको बताएका छन्।

यो हप्ता जारी गरिएको एक तथ्याङ्क अनुसार विगत तीन वर्षको तुलनामा यस वर्ष, रोजगारीको वृद्धि दरमा ह्रास देखिएको छ। खुद्रा व्यापारमा मन्दी छाउनुका साथै तलब वृद्धि दरमा पनि उल्लेखनीय प्रगति नभएको उक्त सूचकाङ्कले देखाएको छ।

अमेरिका: दुईको मृत्यु, तीन घाइते

AP Photo/Ringo H.W. Chiu
Students are embraced as they reunite at a park following a shooting at Saugus High School that injured several people, Thursday, Nov. 14, 2019 Source: AP Photo/Ringo H.W. Chiu

संयुक्त राज्यको एक माध्यमिक विद्यालयमा भएको पछिल्लो गोलीवारिको घटनामा दुई जना हताहत हुनुका साथै तीन अन्य घाइते भएको खबर छ।

क्यालिफोर्निया राज्य स्थित लस एन्जलस सहरको उत्तर पश्चिममा रहेको सान्ता क्लारिताको सौगस हाई स्कुलमा एक जना विद्यार्थीले गोली प्रहारको घटना सुरु गरेको बताइएको छ।

लगत्तै उनले आफू स्वयं माथि पनि गोली प्रहार गरेका थिए।

हाल उनी चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ।

घाइते तीन जना मध्येका दुईको अवस्था पनि गम्भीर रहेको बताइएको छ।

लस एन्जलस काउन्टीका शेरिफ विभागका एलेक्स भिलानुएभाका अनुसार गोलीवारिको घटना बारे जानकारी हुनासाथ अधिकारीहरू तत्काल घटनास्थल तर्फ लागेका थिए।

डढेलोको फेरी पनि खतरा 

Queensland is bracing for hot and dry winds as NSW fires are set to cross the northern border on Wednesday.
Firefighters have been battling blazes since Friday. Source: Queensland Fire & Emergency

न्यु साउथ वेल्स राज्यका केही भूभागहरूमा तापक्रम पुनः बढ्दै जाँदा, फेरी गम्भीर रूपमा डढेलो लाग्ने खतरा उत्पन्न भएको खबर छ।

त्यसका साथै, तीव्र बतास लाग्ने क्रम फेरी सुरु भएको कारण हक्सबेरीमा बसोबास गर्ने मानिसहरूलाई आपत्कालीन चेतावनी जारी गरिएको छ।

गस्पर्स पहाडका असी हजार हेक्टरमा लागि रहेको डढेलो अब कोलो हाइट्स तर्फ मोडिएको कारण त्यहाँ का स्थानीय वासी हरूलाई विल्बर फोर्स तर्फ जान निर्देशन दिइएको छ।

ग्रामीण अग्नि सेवाका आयुक्त शेन फिट्ससिमंसका अनुसार पछिल्लो एक हप्ता दमकल कर्मी, अग्नि नियन्त्रक र स्थानीय समुदायहरूका लागि निकै कठिन समय साबित भएको छ।

अस्ट्रेलियाको जित 

TAGGART V JORDAN
Source: Getty Images

गए राति जोर्डन विरूदको खेलमा जित हासिल गरे पछि, अस्ट्रेलियाले विश्वकप छनौटका हाल सम्म खेलिएको सबै चार खेलहरूमा सफलता प्राप्त गरेको छ।

उसले जोर्डन लाई उसकै भूमिमा १ - ० को अन्तरले हराएको हो।

जोर्डनको राजधानी अंमानमा खेलिएको उक्त पछिल्लो खेलमा एडम टगार्टले १३ औँ मिनेटमा गोल हान्न सफल भएका थिए।

खेल को अन्त्य तिर निकै राम्रो जर्डनी प्रहार रोक्न सफल भएका गोल किपर म्याट रायनका अनुसार सकरूजले परिपक्व खेल प्रस्तुत गरेका थिए।

आफ्नो समूहको अङ्क तालिकामा पहिलो रहेको अस्ट्रेलियाले आगामी खेल अर्को सालको मार्च महिनामा कुवेत विरुद्ध, आफ्नै भूमिमा खेल्ने कार्यक्रम छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now