Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"कहिले नदेखिने कुरा देखियो": ब्लाक होलको पहिलो फोटो र यसको महत्व

The first ever image taken of a black hole.

The first ever image taken of a black hole. Source: Press Association

खगोलशास्त्रीहरुको एक अन्तराष्ट्रिय समूहले इतिहासमै पहिलो पटक अन्तरिक्षमा ताराहरुलाई पनि सिङ्गै निल्न सक्ने ब्लाक होल को फोटो खिच्न सफल भएका छन्। यसको महत्वबारे पर्थ स्थित खगोलशास्त्री डाक्टर राजन छेत्रीको बिचार।


Published

By SBS News

Presented by SBS Nepali

Source: SBS, SBS



Share this with family and friends


खगोलशास्त्रीहरुको एक अन्तराष्ट्रिय समूहले इतिहासमै पहिलो पटक अन्तरिक्षमा ताराहरुलाई पनि सिङ्गै निल्न सक्ने ब्लाक होल को फोटो खिच्न सफल भएका छन्। यसको महत्वबारे पर्थ स्थित खगोलशास्त्री डाक्टर राजन छेत्रीको बिचार।


अहिले सम्म प्रकाशित हुने ब्लाक होल सम्बन्धि चित्रहरु सबै काल्पनिक रहेका थिए।

तर अहिले आएर विश्वका आठ स्थानहरुमा रहेका टेलिस्कोपहरुको संजालले हाम्रो पृथ्वी भन्दा पांच सय मिलियन - ट्रिलियन किलोमिटर टाढा रहेको ब्लाक होल को फोटो खिच्न सफल भएको हो।

Mareki Honma of the National Astronomical Observatory of Japan unveils for the first time, the image of a black hole during a press conference in Tokyo, Japan.
Mareki Honma of the National Astronomical Observatory of Japan unveils for the first time, the image of a black hole during a press conference in Tokyo, Japan. Source: EPA

उक्त ब्लाक होल कतिको ठुलो रहेको छ त?

बैज्ञानिकहरुले "मोन्सटर' भनि वर्णन गरिएको उक्त ब्लाक होल,  पृथ्वी भन्दा तीन मिलियन गुणा ठुलो अथवा त्यसको चौडाई चालिस बिलियन किलोमिटरको रहेको बताइएको छ।

हिजो राति इभेन्ट होराइजन टेलिस्कोप प्रोजेक्ट नाम दीएको उक्त परियोजनाका निर्देशक डाक्टर शेपरड डोएलम्यानले आफुहरुको सफलता बारे घोषणा गरेका थिए।

ब्लाक होलको उक्त फोटो खिच्न बैज्ञानिक हरु सफल हुनु कतिको ठुलो कुरा हो त?

यसबारे खगोलशास्त्री डाक्टर राजन छेत्री यसको भन्नुहुन्छ।

खगोलशास्त्री डाक्टर राजन छेत्रीसँगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now