Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

शब्दमाला - नेपाली पोडकाष्ट शृंखला: भाग १ - नाटक जेनेरेशन ग्याप

Sabdamala Crew

यो एसबीएस रेडियोमा अस्ट्रेलिया भर प्रसारण हुने नेपाली कार्यक्रमको विशेष पडकाष्ट शृंखला प्रस्तुति हो। यस पडकाष्ट शृंखलामा हामी अस्ट्रेलियामा हाल हुर्की रहेका नेपाली पृष्ठभूमिका बाल-बालिकाहरुलाई नेपाली भाषा सिकाउन कत्तिको महत्वपुर्ण रहेको छ त भन्ने बारे चर्चा गर्ने छौँ। हाल केही अध्यनहरुमा मानिसहरुले दुई वा सो भन्दा धेरै भाषाहरु बोल्दा उनीहरुको मानसिक विकासमा अभिवृद्धि हुने बताईंदै गर्दा भाषाको महत्वबारे स्कुले उमेरका बालबालिकाहरुले कत्तिको बुझेका छन् भन्ने कुरा पनि हामी यस विशेष प्रस्तुतिमा खोतल्ने प्रयास गर्ने छौँ। यस प्रस्तुतिको तेश्रो भागमा, के अभिभावकहरुले आफ्ना छोरा-छोरीलाई आफ्नो मातृभाषा सिकाउने धोको जबर्जस्ती थुपारी त रहेका छैनन् भन्ने बारेमा पनि बुझ्ने छौँ। प्रस्तुतिको अन्तिम भागमा भने हामी आफ्नो जन्मभुमि छाडेर अस्ट्रेलिया आएपछि त्यहाँको संस्कृति, रितिरिवाज यहाँ पनि कायम राख्नु कत्तिको महत्वपुर्ण रहेको छ त भन्ने प्रश्नको उत्तर खोज्ने छौँ। शृंखलाको पहिलो भागमा हामी एक नाटक प्रस्तुत गर्दै छौँ। अस्ट्रेलियामै हुर्की रहेका र पश्चिम सिड्नीको ग्रयान्विलमा रहेको "शब्दामाला" नेपाली स्कुलमा अध्यनरत नेपाली पृष्ठभूमिका भाइ बहिनीहरुले "जेनेरेशन ग्याप" नामक उक्त नाटकमा भाग लिएका छन्। कक्षा ४ देखि कक्षा ९ सम्म पढ्दै गरेका र हाम्रो नाटकका पात्रहरुको परिचय यसप्रकार छ: संयोग बस्नेत - बाजे रोज कर्माचार्य - आमा अश्लेषा घले - बाबा कृपा जोशी - जेसिका आयुषी शर्मा खरेल - शिक्षिका

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now