५२ वर्षीय क्रिकेट खेलाडीले खेल मैदान भित्र लाखौँलाई प्रेरित गरेका थिए भने खेल मैदान बाहिर उनको बेपर्बाह व्यक्तित्वका कारण चर्चामा रहन्थे।
विश्वले नै शेन वार्नलाई सम्झना गरेको छ।
अस्ट्रेलियाली आइकन, खेलको दुनियाँमा मात्र होइन, खेल मैदान बाहिर पनि। जहाँ उनको ठट्यौली र शरारती अन्दाजले एक छुट्टै व्यक्तित्व बनाएको थियो।
उनलाई थाइल्यान्डको को सामुइ टापुमा रहेको एक रिसोर्टको कोठामा मृत भेटिएको थियो।
पुरा रिपोर्ट सुन्नुहोस्:सम्झनामा शेन वार्न: स्टेडियमको स्ट्याण्डलाई उनकै नाम दिइयोहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
उनलाई त्यसरी भेट्टाउने उनकै साथी थिए जसले कथित रुपमा सीपीआर दिएका थिए।
त्यसपछि उनलाई अस्पताल लागिएको थियो जहाँ उनलाई जीवन दिन सकिएन।
थाई प्रहरीका अनुसार मृत्युको पछाडि हृदयघात अनुमानित कारण रहेको छ भने शवको पोस्ट-मार्टम गरिने बताइएको छ।
मेलबर्न क्रिकेट ग्राउन्ड जहाँ उनको सालिक राखिएको छ, उनका प्रशंसकहरूले त्यहाँ गएर उनीप्रति आफ्नो सम्मान व्यक्त गरेका छन्।
उनीहरूले फुल, बियरको क्यान, चुरोटको बट्टाहरू र मिट पाई समेत छोडेका छन्।

सेन्ट किल्डाका स्थानीय साथै अन्तर्राष्ट्रिय हस्ती शेन वार्नलाई अहिले सम्मकै महान् स्पिन बलरका रुपमा विश्वले नै स्मरण गरेको छ।
अस्ट्रेलियाली कप्तान प्याट कमिन्स भन्छन्।
वार्नी अहिले सम्म कै महान् र एक शताब्दीमा एक पटक (आउने)क्रिकेटर थिए। र उनका रेकर्डहरू सदैव जीवित रहने छन्।
सङ्घीय र भिक्टोरियाली सरकारहरूले उनको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने प्रस्ताव गरेका छन्।
प्रधान मन्त्री स्कट मोरिसनले यो निर्णय उनको परिवारमा निहित रहेको र उनलाई लिएर अस्ट्रेलियाले गर्व गर्ने बताएका छन्।
भिक्टोरिया सरकारले शेन वार्नको महानतालाई मेलबर्न क्रिकेट ग्राउन्डमा जीवित राख्ने पक्का गरेको छ।
राज्यका खेलकुद मन्त्री मार्टिन पकुलाले ग्रेट सदर्न स्ट्यान्डलाई एस. के. वार्न स्ट्यान्ड नामकरण गरिने घोषणा गरेका छन्।
सधैँ रहिरहने सम्मान स्वर्गीय शेन वार्नको लागी।
त्यो स्ट्यान्ड जहाँ बे थर्टीन थियो, जहाँ उनका प्रशंसकहरूले त्यतिका वर्ष उनलाई सलाम गरे, जहाँबाट उनीहरूले उनलाई हेरे।
यो दुखद खबर खेल क्षेत्रका लागी मात्र होइन उनको विभिन्न क्षेत्रमा रहेको उपस्थितिले धेरै क्षेत्रमा उनको कमी महसुस गराएको छ।
चाहे त्यो प्रोफेसनल पोकर खेल्न होस्, भिक्टोरिया बिटर बियरको विज्ञापनमा होस् वा उनको प्रख्यात हल्का पहेँलो रङ्गको कपालको प्रयोग गर्दै कपाल झर्ने समस्याको उपचार सम्बन्धी विज्ञापनमा होस् शेन वार्नको उपस्थितिले अस्ट्रेलियालीहरूलाई हाँसो र मुस्कान दिएको थियो।

वार्नका तिन सन्तान ब्रूक, समर र ज्याक्सन त्यस्तै पुर्व पत्नी सिमोन कलहान रहेका छन्।
एसबीएस नेपालीको तर्फबाट पनि अस्ट्रेलियाली क्रिकेटका एक महान् हस्तीलाई हार्दिक श्रद्धाञ्जली




