राष्ट्र बैङ्कका गभर्नरको निलम्बन फिर्ता र विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकको नेपाल भ्रमण: साप्ताहिक नेपाल सन्दर्भ

WHO Director General Tedros Adhanom Ghebreyesusconcludes Nepal visit

WHO Director General Tedros Adhanom Ghebreyesusconcludes Nepal visit.


Published 24 April 2022 at 11:05am
By Sewa Bhattarai
Source: SBS

सर्वोच्च अदालतले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीमाथिको छानबीन प्रक्रियालाई खारेज गर्दै उनको निलम्बन फिर्ता गरेको छ। यो लगायत पछिल्ला सात दिनका प्रमुख समाचारहरू र २३ अप्रिललाई विश्व पुस्तक दिवसका रूपमा मनाइदा एक शताब्दीभन्दा लामो इतिहास रहेको साझा प्रकाशनका बारेमा तयार पारिएको रिपोर्ट सुन्नुहोस् ।


Published 24 April 2022 at 11:05am
By Sewa Bhattarai
Source: SBS


यस हप्ताका प्रमुख समाचारमा:

  • सर्वोच्च अदालतले राष्ट्र ब्याङ्कका गभर्नर महाप्रसाद अधिकारीमाथिको छानबिन प्रक्रियालाई खारेज गर्दै उनको निलम्बन फिर्ता गरेको छ, र गभर्नर अधिकारी फेरी आफ्नो काममा फर्केका छन् । गत हप्ता अर्थमन्त्री जनार्दन शर्माले विभिन्न आरोप लगाएर अधिकारीलाई निलम्बन गरेका थिए र त्यस कदमको चौतर्फी विरोध भएको थियो। राष्ट्र ब्याङ्कका कर्मचारीले त्यसको विरोधमा आन्दोलन गरेका थिए, र त्यसको विरोधमा रिट पनि दर्ता गरिएको थियो । पदमा पुनर्स्थापित भएपछि अधिकारीले व्यक्तिका लागि नभएर समग्र प्रणालीका लागि फैसला आएको बताएका छन् ।

  • विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस र दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले नेपालको दुई दिने भ्रमण सम्पन्न गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व स्वास्थ्य सङ्गठनलाई कोभिड-१९ महामारी प्रतिकार्यमा लिएको नेतृत्वका लागि धन्यवाद दिँदै, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्न, पाठेघरको मुखको क्यान्सर उन्मुलन गर्न तथा नेपालमा एचपिभि खोप ल्याउन थप सहयोग गर्नका लागि अनुरोध गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको टोलीले टाइफाइड कन्जुगेट खोप अभियानको पनि अवलोकन गरेको थियो ।  

  • र, यस हप्ता शनिवार विश्व पुस्तक दिवस परेको छ । यसै अवसरमा एक शताब्दीभन्दा लामो इतिहास रहेको साझा प्रकाशनका बारेमा तयार पारिएको एक रिपोर्ट सुन्नुहोस्:
राष्ट्र बैङ्कका गभर्नरको निलम्बन फिर्ता र विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकको नेपाल भ्रमण: साप्ताहिक नेपाल सन्दर्भ हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Advertisement

 

नेपालका थुप्रै ऐतिहासिक र प्रसिद्ध पुस्तकहरू छापेको साझा प्रकाशनले नयाँ वर्षको अवसरमा देशभर पुस्तक प्रदर्शनी गरिरहेको छ । 

काठमान्डुको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पुगेका एक जना आगन्तुक सची भन्छिन्, "म सानो हुँदा बाले यस्ता प्रदर्शनीहरूबाट किताबहरू किनिदिनु हुन्थ्यो । त्यसैले म पनि आएकी हुँ । 

मैले पनि किताब किनेँ, साथीको छोरीको लागि र दिदीको छोरीको लागि ।" अर्का आगन्तुक आशिष ढकाल भन्छन्, "टेबलमा पुस्तकहरू देख्दा निकै रमाइलो लाग्यो । हुत्तिन मन लाग्यो ।"

साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले साझा प्रकाशनका नबिकेका पुस्तकहरू बेच्नलाई देशभर प्रदर्शनी गरेको बताएका छन्।

 "साझा प्रकाशनले छापेका करिब २१०० पुस्तक छन् । प्रत्येक पुस्तकको सबै प्रतिहरू बिक्री नगरेसम्म हामी नयाँ पुस्तक छाप्दैनौँ । त्यसैले भएका पुस्तक बिक्री गर्न खोजेका हौँ ।"

प्रदर्शनीमा ५० पैसा देखि माथिका पुस्तकहरू राखिएका छन् । 



 


Share