Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

के खाना डेलिभरी गर्ने कामदारको तलब र सुविधामा हेरफेर होला?

food_delivery_getty_imagesandresr.jpg

अस्ट्रेलियाको यातायात मजदुर सङ्गठनले खाना डेलिभरी गर्ने कामदारको तलब र सुविधामा वृद्धि गरिनु पर्ने मागलाई अभियानमा बदल्दै छ।


Published

Updated

By ​John Baldock

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


अस्ट्रेलियाको यातायात मजदुर सङ्गठनले खाना डेलिभरी गर्ने कामदारको तलब र सुविधामा वृद्धि गरिनु पर्ने मागलाई अभियानमा बदल्दै छ।


बढ्दो महँगीका कारण आम मानिसको जीवन कष्टकर बन्दै गएको कुरा अब नौलो भएन।

सीमित आम्दानी भएकाहरूलाई त यसले झनै बढी प्रभाव पारिरहेको छ।

आफु अनुकूल काम गर्ने मिल्ने र अतिरिक्त आम्दानी पनि हुने भएकाले उबर इट्स जस्ता खाना डेलिभरी गर्ने काममा मानिसहरूको संलग्नता बढ्दै गएको छ।

तर 'गिग इकोनोमी' भनिने यो क्षेत्र तलब सुविधा र कर्मचारीका अधिकार सम्बन्धी विषयले भने विवादमा पर्दै आएको छ।

पछिल्लो समय अस्ट्रेलियाको यातायात मजदुर सङ्गठनले तलब र सुविधामा वृद्धिको माग गर्दै अभियान चलाउने भएपछि यो विषयले फेरी चर्चा पाएको हो।

तर यस्ता व्यवसाय सञ्चालन गर्ने उबर जस्ता कम्पनीले भने प्रस्तावित परिवर्तनले कामदारले पाउँदै आएको कामको लचकतामा भने प्रभाव पार्न नहुने बताउँदै आएको छ।

मलेसियाबाट अस्ट्रेलिया बसाई सरेकी अलिसा अबुलवाहीव, 'गिग इकोनोमी'को भाग बनेको दुई वर्ष भयो।

मोपेड मार्फत उनी खाना पुर्‍याउने काम गरिरहेकी छन्।

पछिल्लो समय बढेको महँगाइका कारण उनको जीवन पनि प्रभावित बनेको छ।

पहिले भन्दा काम गर्ने घण्टा र मेहनत पनि बढ्दै गएको छ।

“गएको वर्ष म हप्तामा तीन दिन मात्र काम गर्थे तर अहिले सात दिन काम गर्दैछु, दुई तीन महिना लगातार काम गरेपछि बल्ल छुट्टी लिने गरेकी छु,” उनले पछिल्लो समय महँगाइका कारण आफ्नो बढेको व्यस्तताका बारेमा सुनाइन्।

तर गिग इकोनोमी मार्फत जीवन धान्न मुस्किल परिरहेकी उनी मात्र एक पात्र भने होइनन्, उनी जस्ता यस क्षेत्रमा काम गर्ने थुप्रै कामदारहरू प्रभावित बनेका छन्।

न्यु साउथ वेल्सका लागि लेबरका संसद् टोनि सेल्डन नयाँ आप्रवासीहरू जोडिने भएकाले, यो उद्योगलाई व्यवस्थित पार्नु अझ बढी जरुरी रहेको बताउँछन्।

“यसै पनि आप्रवासी कामदारलाई दोस्रो/तेस्रो दर्जाको कामदारका रूपमा हेरिन्छ, अवस्था यस्तो छ कि गिग कामदारहरुले पसिना बगाएर अन्य कुनै देशमा रहेका कम्पनी धनी भइरहेका छन्।”

यतिखेर गिग इकोनोमीका आधारित उद्योगमा काम गर्ने कामदारको सुविधा र तलब बृद्धीलाई मुख्य माग बनाएर यातायात मजदुर र उद्योगसँग सम्बन्धित प्रतिनिधीहरुले संसद्मा लबिङ सुरु गरेका छन्।

यसै क्षेत्रमा काम गर्ने कामदारहरूका बिचमा भएको पछिल्लो एक सर्वेक्षणले पनि सहभागी करिब ९५ % आफ्नो सुविधा बढ्नु पर्ने धारणा राखेका छन्।

Food delivery
Image used for representation purposes only. Source: Pixabay

म्याकेल इन्स्टीच्यूटले करिब एक हजार कामदारमा गरेको सर्वेक्षणले ९५ % कामदारले कामको सुनिश्चितता र सुविधा वृद्धि गरिनु पर्ने धारणा राखेका छन्।

सहभागी मध्ये ७६% आफूहरूलाई निकै कम तलब दिइएको धारणा राखे।

६५% भने बिरामी पर्दा कुनै आम्दानी नहुने कुराले चिन्तित बनाएको बताए।

सहभागी आधा जसोले आफ्नो एकाउन्ट डिएक्टीभेट वा रद्द हुने हो कि भन्ने चिन्ता रहेको पनि बताएका छन्।

एप र यसको एल्गोरिदममा चल्ने उद्योगमा कामदारहरू भर पर्नु परिरहेको यातायात मजदुर सङ्गठनका माइकल केन बताउँछन्।

गत नोभेम्बरमा अस्ट्रेलियाबाट डेलिभरू नामक खाना डेलिभरी गर्ने कम्पनी बन्द भएपछि उबरले बजारको अधिकांस हिस्सा ओगटेको छ।

एक विज्ञप्ति मार्फत उबरले कामको लचकतालाई सुरक्षित गर्दै कामदारको तलब र सुविधाहरूमा सुधार गर्न सकिने बताएको छ।

“कामको लचकता र सुविधाहरूलाई एकै साध सुधार गर्न सकिन्छ, स्वतन्त्रता र कहिले काम गर्ने भन्ने अधिकार कामदार मै सुरक्षित हुनु गिग इकोनोमीको आधार स्तम्भ हो।” एसबीएसलाई पठाइएको विज्ञप्तिमा भनिएको छ।

डेलिभरू बन्द भएपछि गिग कामदारका लागि विकल्पहरू पनि कम बन्दै गएका छन्।

अबुलवाहीव जस्ता यसै क्षेत्रमा काम गरेर आफ्नो खर्च धानिरहेकाहरूलाई भने काममा बढी समय दिन र कुनै एक एपले आफूलाई हटाइदिएको अवस्थामा आफ्नो आम्दानी सुरक्षित गरिरहन धेरै मुस्किलको सामना गर्नु परिरहेको छ।

“दुई दिन उबर र बाँकि दिन डोरड्यास र मेनु लग, महँगाइका कारण, सबै कुराको भाउ बढेको छ, हामीले भाडा तिनु पर्छ, मोटरसाइकलमा तेल हाल्नु पर्छ, त्यसैले पनि जीवन चलाउन धेरै घण्टा काम गर्नु पर्छ।”

गत वर्ष उबर र डोरड्यासले कामदारको सुविधा र तलबका बारेमा मापदण्ड बनाउन स्वतन्त्र आयोग निमार्ण गर्ने सम्झौता गरेका थिए।

तर उबरले फेयर वर्क कमिसनले कामदारको न्यूनतम तलब र सुविधा निर्धारण गर्न सक्ने प्रस्तावका विरुद्ध विज्ञापन अभियान थालेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now