न्यूनतम ज्याला तथा बीमा बारे उबर र डेलिभरू लगायतका कम्पनीहरू माथि छानबिन सुरु

न्यु साउथ वेल्स सिनेटले उबर र डेलिभरू जस्ता 'गिग' अर्थतन्त्रका कम्पनीहरू माथि छानबिन सुरु गरेको छ।

The Uber Eats rider seen in central London. (Photo by Petra Figueroa / SOPA Images/Sipa USA)

The Uber Eats rider seen in central London. (Photo by Petra Figueroa / SOPA Images/Sipa USA) Source: AAP Image/Petra Figueroa

आफू मातहतका कामदारलाई उबर र डेलिभरू जस्ता कम्पनीले न्यूनतम ज्याला भन्दा कम भुक्तानी गरेको र चोटपटक लाग्दा क्षतिपूर्तिको व्यवस्था गर्न आनाकानी गरिरहेको भन्दै, छानबिन सोमवारदेखि सिड्नीमा सुरु भएको हो।

अस्ट्रेलियाको न्यूनतम ज्याला दर प्रति घण्टा २४ डलर भएता पनि सुनवाइको क्रममा एक सिनेटरले तीन फरक-फरक स्वतन्त्र रिपोर्टहरूको हवाला दिंदैै, उबरले गएका तिन वर्षमा प्रति घण्टा ८.५ डलरदेखि १२ डलरसम्म मात्र रहेको बताएका थिए।

तर उबर अस्ट्रेलिया तथा न्युजिल्यान्डका महाप्रबन्धक डोमिनिक टेलरले भने आफ्नो कम्पनीको बचाउ गर्दै, आफूहरूले चोटपटक आय संरक्षण बीमा पोलिसी मार्फत आफ्ना कामदारहरूलाई सुरक्षा प्रदान गरिरहेको जानकारी दिए।

उनले भने कि यदि उबरका लागि काम गरिरहनुभएको बेला यो पोलिसीले तपाईँलाई सुरक्षा प्रदान गर्न सक्छ।

"तर, त्यही घण्टा वा दस मिनेट वरपरको समयमा यदि तपाईँ अरूको लागि कार्यरत हुनुहुन्छ र भने तपाईँलाई बिमा सुरक्षा उपलब्ध नहुन पनि सक्छ," टेलरले भने।

डोमिनिक टेलरका अनुसार उनको कम्पनीले गिग इकोनोमी उद्योगमा आफ्ना कामदारहरू प्रति तत्काल दायित्व देखाउने कुरामा नेतृत्वदायी भूमिका खेलेको छ।

ola
Source: Getty

उता, ओला अस्ट्रेलियाका निर्देशक एन ट्यान भने कोभिड महामारीका कारण आफ्नो संस्थाले गत वर्षको जुन महिनादेखि बीमा सम्बन्धी भुक्तानी गर्न बन्द गरेको कुरा स्विकार्छिन्।

"त्यो एक आर्थिक निर्णय थियो," उनले भनिन्।

"कोभिड उच्चतम विन्दुमा पुग्दा हामीले आफ्नो अस्ट्रेलियाली व्यापारमा ६० देखि ७० प्रतिशतसम्म ह्रास आएको अनुभव गरेका थियौँ।"

रेस्टुरेन्टका भान्सादेखि घरको दैलोसम्मै खाना पुर्‍याउने मेनुलगले भने आफ्ना चालकहरूलाई कर्मचारीको रूपमा भर्ना गर्ने कार्यक्रम परीक्षणका रूपमा लागू गर्ने योजना गर्दै छ।

मेनुलग अस्ट्रेलियाका प्रबन्ध निर्देशक मोर्टेन बेलिङ भन्छन् कि प्रति घण्टाका दरले भुक्तानी गर्ने मोडेलमा गइएको खण्डमा हाल देखा परेका समस्याहरू केही हदसम्म आफैँ निर्मूल हुनेछन्।

सुनवाइका क्रममा राइडशेयर कम्पनीहरूले क्षतिपूर्ति, बिदा तथा बिमा बापतको रकम जम्मा गरेर कामदारहरूको सुरक्षा तथा आय संरक्षणका लागि एक अक्षयकोष स्थापना गरिनु उपयुक्त हुने पनि सुझाव दिइएको थियो।

सोही अवसरमा कतिपय कामदारहरूले न्यूनतम ज्याला भन्दा कम कमाउँदा पनि आफैँले दुर्घटना बीमा बापतको रकम व्यहोर्नु परेको तथ्य उजागर भएको थियो।

उबरका लागि कार्यरत एस्टेबान सलजर यसका एक प्रतिनिधी पात्र हुन्।

गत साल सेप्टेम्बर महिनाको एक रात वर्षाको बेला दुर्घटनामा परेका सलजरले छानबिन समितिका अगाडी उपस्थित हुँदै भने कि उनको स्वास्थ्य बिमाले सो दुर्घटनाको सम्पूर्ण लागत वहन गरिदिएन।

परिणाम स्वरूप उनी आफैँले उपचारमा लागेको खर्चको केही हिस्सा व्यहोर्न पर्‍यो।

सलजर भन्छन् कि उक्त घटनाले उनलाई आफू अस्ट्रेलियामा अन्य कामदारहरू जस्तै सुरक्षित नभएको महसुस गरायो।

"मलाई के भयो भन्ने कुरा सबै थाहा पाउँदा पाउँदै पनि उनीहरूले मलाई कस्तो छ भनेर कहिल्यै सोधेनन्, दुर्घटना बारेमा सोधेनन्," उनले भने।

"त्यो घटनाले मलाई के कुराको अनुभूति गरायो भने - यी कम्पनीहरू आफ्ना कामदारका बारेमा खासै केही पनि सोच्दैनन्, उनीहरू केवल कामदारहरू आफूले भनेका काम खुरुखुरु गरिदिउन् भन्ने मात्र सोच्छन्।"

उबरकै अर्का चालक आसाद मन्ज्रूकका अनुसार उनको स्थितिमा भएका थुप्रै कामदारहरू बोल्न हिचकिचाइरहेका छन्।

उनले सुनवाइ समिति समक्ष बोल्दै भने कि कोभिड अगाडि हामी त अदृश्य जस्तै थियौँ।

"त्यसपछि हामीद्वारा उपलब्ध सेवाहरूमा सबै निर्भर रहनुभयो," मन्ज्रूकले भने।

"नागरिकहरू, आप्रवासीहरू, कामदारहरू, विद्यार्थीहरू...सबैले हामीले बोले पनि, कसैले हाम्रो बोली सुन्ने छैनन् भनेर ठान्नुहुन्थ्यो।"

आसाद मन्ज्रूकले सिनेटहरूलाई भने, "अब जब तपाईँहरूले सुन्न थाल्नुभएको छ, म के भन्छु भने हाम्रो लागि, दया गरेर यस बारे केही गरिदिनुहोस्।

उनले सुनवाइ समितिलाई काम गर्ने राम्रो वातावरण निर्माण गरिदिन र नियमहरू बनाइदिन आग्रह गरे।

ट्रान्पोर्ट वर्कर्स युनियनका राष्ट्रिय महासचिव माइकल केन पनि कामदारहरूलाई सुरक्षा दिन यथाशीघ्र कदम चालिनुपर्नेमा जोड दिन्छन्।

"यो जीवन र मरणको कुरो हो।"

"यदि अन्य कुनै पनि उद्योगमा ११ हप्ता भित्र पाँच जना कामदार मारिएका भए, यो राज्य ठप्प हुने थियो," उनले भने।

केनले मोरिसन सरकारले यसबारेमा चुइँक्क समेत नगर्दा, त्यो शान्ति - मुर्दाशान्ती जस्तै रहेको प्रतिक्रिया समेत दिए।

के तपाईँ हामीसँग आफ्नो कथा बाँड्न चाहनुहुन्छ? सम्पर्क गर्न यहाँ जानुहोस्। हाम्रा गोपनीयता सर्तहरू यहाँ छन्।

Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now