नेपाली समुदायमा विद्यार्थी, कामदार र अन्य भिसामा रहेका थुप्रै व्यक्तिहरूले साइकल या बाइकहरूमा खाना पुर्याउने अर्थात् फुड डेलिभरीको काम गर्दै आएको देखिन्छ। आखिरमा यो काम गर्दा कत्तिको जोखिम उठाउनु पर्छ त ?
सिड्नीका २५ वर्षीय निशान ढकालले इ-बाइकमा उबर इट्सका लागि खाना पुर्याउने काम गर्न थालेको करिब साढे एक वर्ष हुन लग्यो।
उनी एक अन्तराष्ट्रिय विद्यार्थी हुन् र हालै प्रोफेसनल अकाउन्टिङ्गमा स्नातकोत्तर तहको पढाइ गर्दै छन्।
दिउँसो ट्राफिकको चाप बढी हुने गरेकोले अरू गाडीले हान्ला कि भने डर हुने उनी भन्छन्।

त्यस्तै साइकल र इ-बाइकहरूका लागि भनि तोकिएको बाटोमा कतिपय समयमा अरू सवारी साधन पार्क गरेको हुँदा अप्ठेरो हुन्छ।
'बाइसाइकल लेनहरू भए पनि कत्तिमा गाडीहरु राख्देको हुन्छ, जसले गर्दा हामी मेन रोडमा आउनु पर्ने हुन्छ। यस्तो अवस्थामा धेरै गाडी चल्ने ठूला राजमार्गहरूमा एकदमै जोखिम पूर्ण हुन्छ - पछाडीबाट कुनै गाडीले हान्दिने हो कि।'
अर्का २० वर्षीय सिड्नी विद्यार्थी बिशाल तामाङले भने पानी परेको समयमा आफूले सबै भन्दा धेरै जोखिम महसुस गर्ने गरेको बताए।
उनी आइटीमा स्नातक गर्दै गर्दै छन् र लगभग एक वर्षदेखि स्कुटर र बाइकमा खाना पुर्याउने काम गर्दै आएका छन्।

गत दुई महिनाको अवधिभित्र पाँच जना फुड डेलिभरी गर्ने कर्मचारीहरूले सडकमा आफ्नो ज्यान गुमाईसकेका छन्। गएको शनिबार एक बंगलादेशी विद्यार्थीले गाडीको ठक्करका कारण सडकमा ज्यान गुमाएका थिए।
यस्ता घटनाहरू बढ्दै जाँदा कामदारहरूको सुरक्षाका लागि माग पनि बढ्दै आएको देखिन्छ।
ट्रान्सपोर्ट फर न्यु साउथ वेल्स र सेफ वोर्क मिलेर खाना डेलिभरी गर्ने मानिसहरूको दुर्घटनामा भएको मृत्युको छानबिनका लागि नयाँ कार्यसमिति गठन गरेको न्यु साउथ वेल्स सरकारले पुष्टि गरेको छ।


![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)

