कोभिड-१९ महामारीका कारण बर्सेनि जुलाई महिनामा मनाइँदै आइएको भानु जयन्ती सिड्नीमा ५ महिना ढिलो गरी मनाइँदै छ।
शनिवार २७ नोभेम्बरमा सिड्नीमा हुन गइरहेको कार्यक्रम नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले आयोजना गर्न लागेको हो।
शनिवार दिउँसो ४ बजे देखि राती दश बजे सम्म हुने कार्यक्रममा साहित्यिक र सांस्कृतिक प्रस्तुतिहरूका साथ विविध ४ विधामा भानु अवार्ड समेत प्रदान गरिने छ। ।
सो पुरस्कार प्राप्त गर्नेमा अस्ट्रेलियाली नेपाली समुदायमा उल्लेख्य योगदान पुर्याउने संस्था साथै लेखक कालाकार चित्रकार लगायत रहने छन्। उक्त कार्यक्रमका बिच सिमा रोशीद्वारा लिखित पुस्तक "मंगलग्रहको यात्रा" विमोचन गरिने छ।
उक्त कार्यक्रमका बारेमा प्रतिष्ठानकी अध्यक्ष सुजाता केसी र उपाध्यक्ष सिमा रोशीसँग गरिएको कुराकानी मिडिया प्लेयरमा प्ले बटन थिचेर सुन्नुहोस्।





