Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

प्रेरणाको श्रोत बन्यो अस्ट्रेलिया: लेखक घनश्याम खड्का

Ghanshyam Khadka

अस्ट्रेलियाका प्रमुख सहरहरूमा घुम्ने र नेपाली समुदायलाई भेटघाट गर्ने क्रममा आफ्नो उपन्यासमा समेटिन सकिने धेरै पात्र र विषयले आफूलाई आकर्षित गरेको लेखक घनश्याम खड्का बताउछन्।


Published

Updated

By Sunita Pokharel

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाका प्रमुख सहरहरूमा घुम्ने र नेपाली समुदायलाई भेटघाट गर्ने क्रममा आफ्नो उपन्यासमा समेटिन सकिने धेरै पात्र र विषयले आफूलाई आकर्षित गरेको लेखक घनश्याम खड्का बताउछन्।


२०१६ मा प्रकाशित र मदन पुरस्कारको दाबेदार समेत भएको 'निर्वाण' उपन्यासका लेखक घनश्याम खड्काले अस्ट्रेलियाको केही समयको बसाइमा आफ्नो आगामी उपन्यासका लागी धेरै प्रेरणाहरू भेट्टाएको बताएका छन्।

अस्ट्रेलियाका प्रमुख सहरहरूमा घुम्ने र नेपाली समुदायलाई भेटघाट गर्ने क्रममा आफ्नो उपन्यासमा समेटिन सकिने धेरै पात्र र विषयले आफूलाई आकर्षित गरेको उनि बताउछन्।

नेपालको कान्तिपुर दैनिक पत्रिकामा कार्यरत घनश्याम खड्काले जीवन दर्शनलाई केन्द्र विन्दुमा राखेर 'निर्वाण' उपन्यास लेखेका थिए।

र दोस्रो कृतिको लेखन सुरु गरिसकेका खड्काले आगामी उपन्यास 'निर्वाण' कै क्रमिकता हुने पनि जानकारी दिए।

पत्रकारिता र साहित्य

यथार्थको खोजी गर्ने पत्रकारिता गरिरहँदा साहित्यको काल्पनिक संसारमा आफूलाई पुर्‍याउन लगन र मेहनत नै प्रमुख भएको घनश्याम खड्का बताउँछन्।

पत्रकारिता गर्दा धेरै नराम्रा र दुखद खबरहरूलाई ब्रेकिङ्ग न्युज का रूपमा सम्प्रेषण गरे, तर यसो गरिरहँदा कतै मानिसहरूलाई नकारात्मक प्रभाव छोडी राखेको छु कि भन्ने सोचेर त्यही नकारात्म खबर लेख्ने कलमलाई सकारात्मक प्रभाव दिने साहित्यको क्षेत्रमा चलाउने सोच आयो।

निर्वाण लेख्ने क्रममा प्रमुख पात्रका रूपमा मनोवैज्ञानिकलाई छान्दा मनोविज्ञानका धेरै विषयमा आफू अनभिज्ञ भएको खड्काको भनाइ रहेको छ।

७ वर्ष लगाएर लेखिएको निर्वाणमा मनोविज्ञानका विभिन्न पक्षलाई समावेश गर्नु पर्ने आवश्यकतालाई देखेर आफूले नै पनि मनोविज्ञान पढेको र परामर्शमा समेत सहभागी भएको बताए।

nirvana novel by Ghanshyam Khadka
Source: Getty Images

उनी भन्छन्, ''पत्रकारिता गर्दा धेरै नराम्रा र दुखद खबरहरूलाई ब्रेकिङ्ग न्युज का रूपमा सम्प्रेषण गरे, तर यसो गरिरहँदा कतै मानिसहरूलाई नकारात्मक प्रभाव छोडी राखेको छु कि भन्ने सोचेर त्यही नकारात्म खबर लेख्ने कलमलाई सकारात्मक प्रभाव दिने साहित्यको क्षेत्रमा चलाउने सोच आयो।''

पत्रकारिता पेसामा लगभग १५ वर्ष बिताइसकेका घनश्याम खड्का यसो भनिरहँदा पनि पत्रकारिता आफूलाई अत्यन्त मन पर्ने पेसा भएकोमा जोड दिन्छन्।

'निर्वाण' भन्ने शब्द नेपालीहरू कै बोलीचालीमा पनि त्यति धेरै प्रयोग नहुने भन्दै त्यसैको अङ्ग्रेजीको शब्द 'निर्भाना' भने पछि चाहिँ प्रायः ले बुझ्ने गरेको घनश्याम खड्का बताउँछन्।

निर्वाण

मोक्ष, स्याल्भेशन, निर्भाना, निर्वाण वा अन्त सुख लाई कुनै एक परिधिमा राखेर व्याख्या गर्न नसकिने खड्काको विचार छ।

उनी भन्छन्, "संसारमा सबैले आनन्द वा खुसी खोजेका हुन्छन् चाहे चुरोट खाएर केही समय चिन्ता मुक्त भएर होस् वा विदामा बसेर वा सिनेमा हेरर होस्। तर ती सुखहरू क्षणिक हुन्छन्, तर कहिल्यै अन्त्य नहुने सुख नै निर्वाण हो।"

Nirvana state of mind
Getty Images/Fanatic Studio Source: Getty Images/Fanatic Studio

'दर्शनशास्त्रहरूले निर्वाण भनेको माया र सांसारिक बन्धनबाट मुक्त भए पछि पाइन्छ भन्ने देखाउन खोजे पनि 'निर्वाण' उपन्यासले माया प्रेमलाई पनि लिएर यसको फिक्सनल व्याख्या गर्न खोजेको छ।'

संसारमा सबैले आनन्द वा खुसी खोजेका हुन्छन् चाहे चुरोट खाएर केही समय चिन्ता मुक्त भएर होस् वा विदामा बसेर वा सिनेमा हेरर होस्। तर ती सुखहरू क्षणिक हुन्छन्, तर कहिल्यै अन्त्य नहुने सुख नै निर्वाण हो।

अस्ट्रेलियामा केही समय रहँदा नेपाली समुदाय यति ठुलो सङ्ख्यामा रहेको देख्दा आफूलाई अत्यन्त खुसी लागेको पनि उनले बताए।

साथै उनले नेपाली पुस्तकहरू राखिएका पुस्तकालयमा आफ्नो पुस्तक 'निर्वाण' भेट्टाउँदा अस्ट्रेलियामा पनि नेपाली साहित्यका पाठकहरू सङ्ख्या ठुलो रहेको विश्वास व्यक्त गरे।

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now