SKIP TO MAIN CONTENT

टी २० विश्वकप क्रिकेट - शेन वाटसनको सन्यास र पाकिस्तान सँगको भिडन्त

Australian cricket player Shane Watson
Australia's Shane Watson has announced his retirement. Source: Getty Images

अस्ट्रेलियाका स्तरिय अलराउन्डर शेन वाटसनले, भारतमा हाल भई रहेको विश्व ट्वेन्टी ट्वेन्टी प्रतियोगिता समापनसँगै राष्ट्रिय टोलीबाट सन्याश लिने घोषणा गरेका छन्। अन्तराष्ट्रिय क्रिकेटबाट बिदा लिएता पनि उनि आइपीएल र बिग ब्याश लगायत ट्वेन्टी ट्वेन्टी लीगका खेलहरु चाहिं खेल्न जारि राख्नेछन्। चौंतीस बर्षीय वाटसनले एक दिवसिय क्रिकेटमा, आफ्नो देशका लागि पाँच हजार भन्दा बढी रन बनाएका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियाका स्तरिय अलराउन्डर शेन वाटसनले, भारतमा हाल भई रहेको विश्व ट्वेन्टी ट्वेन्टी प्रतियोगिता समापनसँगै राष्ट्रिय टोलीबाट सन्याश लिने घोषणा गरेका छन्। अन्तराष्ट्रिय क्रिकेटबाट बिदा लिएता पनि उनि आइपीएल र बिग ब्याश लगायत ट्वेन्टी ट्वेन्टी लीगका खेलहरु चाहिं खेल्न जारि राख्नेछन्। चौंतीस बर्षीय वाटसनले एक दिवसिय क्रिकेटमा, आफ्नो देशका लागि पाँच हजार भन्दा बढी रन बनाएका छन्।


आजको खेल

न्यु जिल्यान्डसँग हालै पराजित भएको अस्ट्रेलियाको टोलिले, बंगलादेशलाई जिते पनि आफ्नो उच्चस्तरिय प्रदर्शन भने अझै देखाउन सकेको छैन।  आफ्नो देशका लागि अन्तिम प्रतियोगिता खेल्दै गरेका वाटसनसँग भारतमा खेलेको धेरै अनुभव छ र बिज्ञहरुको अनुसार मोहालीमा हुने  पाकिस्तान विरुद्धको आजको खेलमा उनको शक्तिशाली ब्याटिंगको निक्कै ठुलो माग देखिन्छ। 

अस्ट्रेलियाको तर्फ़ बाट राम्रो प्रदर्शन अहिले सम्म उस्मान ख्वाजले गर्दै आएका छन् , त्यहि भएर मध्यक्रममा ब्याटिंग गर्नेहरु अहिले ठुलो आलोचनाको शिकार भएका छन्।  

बलिङ्ग तर्फ भने अस्ट्रेलियालाई एडम ज़म्पाबाट ठुलो आशा रहेको छ।  अस्ट्रेलियाका कप्तान स्टीभन स्मिथले पाकिस्तान सँगको यो खेल ठुलो फरकका  साथ जित्न जरुरी रहेको छ, खासगरी न्यु जिल्यान्डसँगको खेल हारे पछि।  अहिलेको स्थितिमा , अस्ट्रेलिया र भारतमध्य एकले मात्र सेमी फाइनल जान पाउने देखिन्छ।  

उता पाकिस्तानको भने न्यु जिल्यान्ड र भारतसँग को लगातार पराजयले उनीहरुको  मनोबल निकै तल झरेको छ।  शहिद अफ्रिदीमा मात्रै भर पर्ने देखिएको यो टोलि, मोहमद हफीज़ र वाहब रियाज़ घाइते भएका कारण झनै संकटमा परेको छ।  तर प्रतिभावान खेलाडीहरु रहेको पाकिस्तानी टोलीले कुनै पनि बेला खेलको पासा पल्टाउन सक्छ।

वेस्ट इन्डिज र दक्षिण अफ्रीका

आजको अर्को खेल भने वेस्ट इन्डिज र दक्षिण अफ्रीका बीच हुँदै छ।  निकैनै राम्रो प्रदर्शन गर्दै आएको  वेस्ट इन्डिजले यो खेल जितेमा सेमिफिनल सजिलै पुग्ने देखिन्छ।  खासगरी क्रिस गेल अहिले गतिसिल ब्याटिंग लयमा छन्, जसले गर्दा जुनसुकै टोलीको लागि  उनि ठुलो चुनौती हुन सक्छन।

दक्षिण अफ्रीका भने न्यु जिल्यान्डसँग को पराजय पछि आत्म विश्वास गुमेको टोलि झैँ देखिएको छ।  जतिसुकै राम्रो खेलाडीहरु भएपनि महत्वपूर्ण खेलहरुमा हार्ने भनि नाम कमाएको दक्षिण अफ्रिकाले सेमीफाइनलमा जाने आशा यो खेल जितेर मात्र पुरा गर्न सक्छ।  त्यहि भएर अहिले यो टोलि निकै तनाव मा देखिन्छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now