SKIP TO MAIN CONTENT

होबार्टको मुख्य चोकबाट किन हटाइदैछ १३३ वर्ष पुरानो सालिक?

WILLIAM CROWTHER STATUE HOBART
WILLIAM CROWTHER STATUE HOBART Source: AAP / ANTHONY CORKE/AAPIMAGE

राज्यका एक पूर्व प्रिमीयरको सालिक हटाउने निर्णय भएपछि होर्वाटका आदिवासी समुदायले खुसी व्यक्त गरेका छन्।


Published

Updated

By Sean Wales

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

राज्यका एक पूर्व प्रिमीयरको सालिक हटाउने निर्णय भएपछि होर्वाटका आदिवासी समुदायले खुसी व्यक्त गरेका छन्।


१३३ वर्षदेखि होबार्ट सहरको बिचो बिच उभिएको बडेमानको धातुको मूर्ति हटाइने भएको छ।

फ्रन्कलिन स्वाएरमा उभिएको पूर्व प्रिमीयर विलियम क्राउथरका उक्त विशाल सालिक धेरैका लागि भने असहज बनिरहेको थियो।

सन् १८६९ मा एक आदिवासी मानिसको अस्थिपञ्जर (खोपडी) चोरी गरेको आरोप लागेका राज्यका पूर्व प्रिमीयर विलियम क्राउथरको सालिक होबार्टबाट हटाउने निर्णय भएको छ।

टास्मेनियाको एबोरजिनल सेन्टरकी नाला मान्सेल उक्त सालिक जातिवाद र बर्बरताको उदाहरण भएको बताउँछिन् ।

“उक्त मूर्तिले बर्बरता र जातिवादका लागि जिम्मेवार व्यक्तिको महिमा मात्र गर्दैन, राज्यमा हामीले आफ्नो पहिचान पाउनका लागि कति सर्घष गर्नु पर्‍यो भन्ने कुराको सङ्केत पनि गर्दछ,” उनले भनिन्।

विलियम क्राउथर सन् १८७८ देखि ७९ सम्म केवल एक वर्षका लागि राज्यका प्रिमीयर बनेका थिए।

तर उनको यो मूर्ति करिब एक दशक पछि 'राजनीतिक र व्यावसायिक सेवा' गरे बापत कदरका रूपमा खडा गरिएको थियो।

एक शल्यचिकीत्सक पनि रहेका विलियमले अस्पतालमा शवहरू राख्ने स्थानमा घुसेर त्यहाँ रहेको आदिवासी मानिस विलियम ल्यानइको खोपडी झिकेर लन्डनमा रहेको रोयल कलेज अफ सर्जनमा पठाएको बताइन्छ।

“जातीयता कारण आदिवासी पुरुष ल्यानइको शरीर काट्न र विकृत पार्न उनी जिम्मेवार थिए, यस राज्यमा आदिवासीहरूको अस्तित्व छैन भन्ने नस्लवादी मिथकलाई कायम राख्न उनले यसो गरे, जसले हामीलाई सन् १९८० सम्म टास्मेनिया सरकारले लिएको जातिवादी संस्कारको प्रत्यक्षदर्शी बनायो,” उनले भनिन्।

विलियम ल्यानइ अन्य धेरै पलावा मानिसहरू जस्तै फ्लिन्डर्स टापुमा निर्वासित थिए।

धेरै आदिवासी उक्त टापुमा मरेको, तर उनी भने बाच्न सफल भएको बताइन्छ।

त्यसपछि केही वर्ष उनले होर्वाट नजिकै निपालुनामा माछा मार्ने काम गरे, र सन् १८६८ मा ३४ वर्षको उमेरमा उनको निधन भयाे।

सिटी अफ होबार्टमा भएको मतदानका क्रममा क्राउथरको सालिक हटाउने निर्णय ४ का विरुद्ध ७ भोट आएर पारित भएको हो।

होबार्टकी मेयर एना रेनाल्ड्स यसलाई टास्मेनियाको आदिवासी समुदायसँगको मेलमिलाप तर्फको एक महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गर्छिन्।

होबार्ट काउन्सिलको विश्वास छ कि सम्भवतः अस्ट्रेलियामा पहीलोपटक एक काउन्सिलले औपनिवेशिकताका क्रममा राखिएको स्मारक हटाउने निर्णय गरेको छ।

उक्त स्थानमा अब समावेशी कलाको एक टुक्राले स्थान लिने आशा गरिएको छ।

“यो इतिहास मेटाउने कदम होइन, हामी इतिहासको एक टुक्रालाई अन्यत्रै सम्मानका साथ सार्दै छौ,” मेयरले भनिन्।

टास्मेनिया म्युजियम एन्ड ग्यालेरीसँगको सल्लाह पछि, सालिकलाई कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय हुने बताइएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now