मुख्य बिषय:
- अस्ट्रेलियामा विनम्रता, उपयुक्त वा अशिष्ट मानिने व्यवहारहरूका लागि थुप्रै अलिखित नियमहरू छन्।
- केही आप्रवासीहरूले अस्ट्रेलियामा अपमान सम्बन्धी कुराहरूलाई 'कढा तरीकाले' बुझेको स्वीकार गर्छन्।
- शिष्टाचारका नियमहरू प्रतिको भिन्नताले, आप्रबासीहरुलाई सामाजिक वा व्यवसायीक समूहमा घुलमिल हुन कठिनाइ हुन सक्छ।
शिष्टाचारलाई सामान्यतया समाज, संस्कृति वा निश्चित सामाजिक वा व्यावसायिक समूहका सदस्यहरूबिच विनम्र व्यवहार र असल आचरणका परम्परागत नियमहरूका रूपमा व्याख्या गरिन्छ।
एमेन्डा किङ्ग अस्ट्रेलियन फिनीसिङ्ग विद्यालयकी संस्थापक हुन्। उनले सबै सांस्कृतिक पुष्ठभुमीका मानिसहरूलाई अस्ट्रेलियाको सन्दर्भमा शिष्टाचार र स्वीकार्य आचरणहरूका बारेमा मापदण्डहरू सिकाउँछिन्।
“शिष्टाचार, समाजका अपेक्षित मापदण्डहरू वरपर छ,” उनी भन्छिन्।
“राम्रो शिष्टाचार विशुद्ध रूपमा केही सरल सिद्धान्तहरूमा निर्भर छ, र त्यो हाम्रो व्यक्तिगत छवि र सामान्य व्यवहारबाट चित्रित हुन्छ,।”
यद्यपि अस्ट्रेलियाको शिष्टाचार आफ्नो वातावरण र परिस्थितिमा निर्भर हुने किङ्गको भनाई छ।
किङ्ग आप्रवासीहरूले यहाँ स्वीकार गरिएका नियमहरूलाई सिक्न र पालना गर्नु महत्त्वपूर्ण हुने बताउँछिन्।
अलिखित प्रोटोकलहरू भए तापनि केही निश्चित व्यवसायीक वा सामाजिक समूहहरूसँग घुलमिल हुन पनि त्यसको आवश्यकता पर्ने उनको भनाई छ।
शिष्टाचारमा सामान्य कुराहरू जस्तै मानिसको छवि, व्यवहार, खानपिनको तरिका र बोलीचालीले ठुलो अर्थ राख्ने उनी बताउँछिन्।

सोध्नै नहुने आक्रमण व्यक्तिगत प्रश्नहरू
व्यवहारतः के गर्न हुन्छ वा हुँदैन भनेर सिक्नका लागि आप्रबासीहरुलाई केही समय लाग्ने भए तापनि यसको सुरुवात भने अनपयुत्त प्रश्नहरू नसोधेर गर्न सकिन्छ।
अरूलाई असहज प्रश्नहरू नसोध्नु पनि असल आचरण भित्र पर्दछ।
यी प्रश्नहरू वैवाहिक स्थिति, आर्थिक अवस्था, धर्म, राजनीति र अन्य विषयसँग सम्बन्धित हुन सक्छन्।
“मानिसहरूले साझा आधार खोज्न कुरा गर्न खोज्दछन्, ताकि उनीहरूबिच समान धारणा वा विचार भेटियोस् त्यस्तो अवस्थामा व्यक्तिगत प्रश्नहरूका साटो अन्य विषयमा कुरा गर्न आवश्यक छ,” किङ्गले भनिन्।
यद्यपि प्रत्येक संस्कारमा उपयुक्त मानिने विषयका फरक फरक स्तरहरू हुन्छन्।
लामो समयदेखि बसोबास गरिरहेका केही आप्रवासीहरूले अनुचित प्रश्नहरूका बारेमा धेरै कठिन गरेर सिकेको स्वीकार गर्छन्।
आफ्नो देशमा स्वीकार्य यस्ता प्रश्नहरू अस्ट्रेलियामा अनुचित वा अस्वीकार्य हुने उनीहरूको भनाई छ।

विनमास यु, हङ्गकङ्गबाट अस्ट्रेलिया आएर बस्न थालेको १० वर्ष भयो, उनका अनुसार चीनमा अरूको शरीरका बारेमा टिप्पणी गर्नुलाई सामान्य मानिन्छ।
“हाम्रा अभिभावक वा हजुर आमा/बुवाहरूले, धेरै मोटाईस अब नखा वा मोटाउनलाई धेरै खा भन्ने जस्ता टिप्पणी गर्नुलाई सामान्य मानिन्छ तर अस्ट्रेलियामा केही मानिसले यसलाई व्यक्तिगत वा आपत्तिजनक रूपमा लिने गर्दछन्, तपाईँले उनीहरूको शरीर वा खानाका बारेमा गरेको टिप्पणी मनपराउदैनन्,” उनले भनिन्।
यता विगत १५ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएकी मोरोक्कोकी सेरा यहाँ वर्जित मानिएका व्यक्तिगत एवम् आर्थिक प्रश्नहरू अरबीक संस्कृतिमा सामान्य रहेको बताउँछिन्।
उनी भन्छिन् कि भर्खरै भेटेका मानिसहरूलाई तपाईँका व्यक्तिगत जानकारी जस्तै कि वैवाहिक स्थिति वा छोराछोरी छन् कि छैनन् भनेर प्रश्न गर्नु त्यहा स्वीकार्य मानिन्छन्।
“विवाह भएको ९ महिना पुगेका जोडीलाई बच्चा भएको छैन भने, किन? केही समस्या छ र? जस्ता प्रश्नहरू सोधिन्छन्,” उनले हाँस्दै भनिन्।
काम खोज्दा शिष्टाचारको महत्त्व
शिष्टाचारका सामान्य नियमहरू थाहा नहुँदा जागिर खोज्दा पनि आप्रवासीहरूले अवरोधको सामना गर्नु पर्दछ।
भेनेजुएलाकी फाबियालो क्याम्पबेला विगत १८ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएकी छन्। उनले सन् २०१९ मा प्रोफेसनल माइग्रेन्ट वुमन नामक संस्था खोलेकी छन्।
“संस्थाको उद्देश्य भनेको आप्रवासी र महिलाहरूका बारेमा व्यवसायीक जागिर खोज्नेबीचमा आउने अवरोधलाई कम गर्ने हो, धेरै महिलाहरूले जागिर पाएका छैनन्, सिप वा दक्षता नभएर होइन कि यहाँको कर्मचारी भर्ती प्रक्रियाले कसरी काम गर्छ भन्ने थाहा नभएर,” उनले भनिन्।
उक्त नेटवर्कले अस्ट्रेलियाको रोजगारी बजारमा प्रवेश गर्न खोज्ने विदेशी महिलाहरूलाई सल्लाह दिने र सशक्त बनाउने काम गर्छ।
क्याम्बेलका अनुसार सांस्कृतिक भिन्नताहरूले आप्रवासी पेसाकर्मीहरूलाई समस्या हुन सक्छ किनकि शिष्टाचार र नेटवर्किङ भनेको राम्रो सम्बन्ध निर्माण गर्ने बारेमा हो।
त्यहाँ केही चिजहरू छन् जुन तपाई कठिन तरिकाले सिक्नुहुन्छ, केही मानिसहरू जुनसुकै कुरामा पनि पहल लिन खोज्ने तर उनीहरू अलि कढा मिजासका वा अरूलाई दबाउन खोज्ने हुन्छन्, यो सबै उनीहरूको सांस्कृतिक पुष्ठभुमीका कारण होफाबियोला क्याम्बेल

नेटवर्किङ गर्दाको सबैभन्दा राम्रो रणनीति अरू मानिसका विचारलाई अतिक्रमण नगर्नु र सम्मानपूर्वक उनीहरूसँग व्यवसायीक रूपमा जोडिनका लागि सहमति माग्नु भएको क्याम्बेल बताउँछिन्।
अरूलाई हानि नपुर्याउनका लागि क्याम्बेलका अन्य टिपहरूमा चाहिँ 'कृपया', 'धन्यवाद' जस्ता विनम्रताका शब्दहरू प्रयोग गर्ने पनि हो, तर त्यस्ता शब्दहरू अत्यधिक धेरै प्रयोग नगर्न पनि उनी सुझाव दिन्छिन्।
“मैले आफ्नो पहिलो भाषा अङ्ग्रेजी नभएको बुझाउँछु, मैले राम्रो नियतका साथ कुरा गरेको भए पनि सधैँ आवश्यक रूपमा त्यो नआउन पनि सक्छ,” उनले भनिन्।
“उनीहरूसँग प्रतिक्रिया मागेर पनि अस्ट्रेलियामा अङ्ग्रेजी भाषाको सूक्ष्मता र सञ्चार शैलीहरू सिक्न सक्नुहुन्छ,” उनले भनिन्।
यता शिष्टाचार सम्बन्धी प्रशिक्षण दिने अमान्डा किङ्ग भन्छिन् कि सामाजिक वा व्यवसायीक बैठक वा भेलाहरूमा समयमै पुग्नु धेरै महत्त्वपूर्ण हुन्छ, कुनै भेला वा बैठकमा सहभागी हुँदा ढिला हुने भए, आयोजकलाई १५–२० मिनेट अगावै जानकारी दिन उनी सुझाव दिन्छिन्।
उनी आफ्नो परिचय अरूलाई गराउँदा स्पष्ट र विश्वस्त भएर आँखा जुधाएर सम्पर्क गर्न सुझाव दिन्छिन्।
क्याम्बेल पनि आप्रवासीहरू सहज महसुस गरुन् भन्ने चाहान्छीन्, किन भने धेरैसँग विभिन्न सांस्कृतिक र भाषिक पृष्ठभूमिका मानिसहरूसँग व्यवहार गरेको अनुभव हुन्छ।




