Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाका आदिवासीहरू भन्छन् सरकारले केवल राजनैतिक फाइदाका लागि देखावटी काम मात्र गर्छ!

(L-R) Daughter of the late Sir Robert Menzies Heather Henderson, Chairperson of AIATSIS Jodie Sizer, Jenny Morrison, Australian Prime Minister Scott Morrison and CEO of AIATSIS Craig Ritchie look at Indigenous artefacts as they tour the Australian Institu

Ngurra, an Aboriginal and Torres Strait Islander cultural precinct, on the shores of Lake Burley Griffin in Canberra. Source: AAP

क्यानबेरामा देशका आदिवासीहरूको संस्कृति र सम्पदा झल्काउने क्षेत्र बनाउन सङ्घीय सरकारले ठुलो रकम खर्चिने वाचा गरेको छ तर एबोरीजनल समुदाय खुशी छैन।


Published

Updated

By Brooke Young, Massilia Aili

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


क्यानबेरामा देशका आदिवासीहरूको संस्कृति र सम्पदा झल्काउने क्षेत्र बनाउन सङ्घीय सरकारले ठुलो रकम खर्चिने वाचा गरेको छ तर एबोरीजनल समुदाय खुशी छैन।


न:रा नाम दिइने उक्त केन्द्रलाई मेलमिलापको मार्गमा एक कदम अगाडी बढाइएको भनिए पनि बृहद एबोरिजिनल र टोरेस स्ट्रेस आइल्याण्डर समुदायमा यो अर्को राजनीतिक चाल बन्ने हो कि भन्ने डर छ।

प्रधानमन्त्री स्कट मोरिसन भन्छन् सङ्घीय सरकारले ३१ करोड ५० लाख डलर खर्चिएर एबोरिजिनल र टोरेस स्ट्रेस आइल्याण्डर सांस्कृतिक क्षेत्र बनाउने योजना गरिरहेको छ।

उनका अनुसार अस्ट्रेलियाको विगत झल्काउने सो क्षेत्र क्यानबेराको बर्ली ग्रिफिन तलाऊको किनारमा बनाइनेछ।

"आज हामीले घोषणा गरिरहेको नयाँ घरको अर्थ हामी सबैले हाम्रो राष्ट्रको मेलमिलाप यात्रालाई हेर्न र प्रतिबिम्बित गर्न सक्छौ," प्रधानमन्त्रीले भने।

उक्त क्षेत्रलाई न:रा नामकरण गरिने छ, जसको अर्थ 'घर' वा 'आफ्नो स्थान' हुन्छ। र उक्त क्षेत्र क्यानबेराको संसद् भवन र राष्ट्रिय संग्राहलय रहेको ऐतिहासिक भवनहरूसँगै रहने छ।

सो स्थान अनन्त कालसम्म आदिवासी इतिहासलाई झल्काउने ऐतिहासिक स्थल बन्ने मोरिसन बताउँछन् ।

रिपोर्ट सुन्नुहोस्: अस्ट्रेलियाका आदिवासीहरू भन्छन् सरकारले केवल राजनैतिक फाइदाका लागि देखावटी काम मात्र गर्छ!हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

उक्त विश्व स्तरीय भवनमा एबोरिजिनल र टोरेस स्ट्रेस आइल्याण्डर संस्कृति र सम्पदायुक्त सामाग्रीहरूको सबैभन्दा ठुलो सङ्ग्रह हुनेछ।

यसमा एक शिक्षा केन्द्र पनि रहने छ जहाँ एबोरिजिनल तथा टोरेस स्ट्रेस आइल्याण्डरहरूका बारेमा अध्यापन गराइने केन्द्र, आएट्सिस् पनि रहने छ।

संस्थाकी प्रमुख जोडी साइजर भन्छिन् कि यो पुर्खौली चिनोहरू सङ्ग्रह हुने राष्ट्रिय महत्त्वको स्थान बन्नेछ।

 The National Aboriginal and Torres Strait Islander Cultural Precinct. A new multi-million dollar Aboriginal and Torres Strait Islander cultural precinct is set to be established in the heart of Canberra.
A new multi-million dollar Aboriginal and Torres Strait Islander cultural precinct is set to be established in the heart of Canberra. Source: Supplied

आदिवासी अस्ट्रेलियाली सम्बन्धी मन्त्री केन वाटले शिक्षक केन्द्र, प्रदर्शनी र अनुसन्धान हुने न:रा ले सत्य बोल्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

तर यो कदमको बृहद आदिवासी समुदायद्वारा भने आलोचना गरिएको छ।

ननवोल क्षेत्रका मालिक रिची एलनले यसलाई राजनीतिक अभियानको एक हिस्साका रूपमा व्याख्या गर्दै यसको निन्दा गरेका छन्।

एलनले एसबीएस न्युजसँग कुरा गर्दै आदिवासीहरूको चिनारी अवशेषहरूलाई नयाँ स्थानमा सार्न नहुने बताएका छन्।

"आउनुहोस् बाहिर निस्कौँ र थप परामर्श गरौँ, प्रत्येक आदिवासी र टोरेस स्ट्रेस आइल्याण्डरहरूका संस्कृति फिर्ता लानुहोस्, यी सिड्नी जान्छन् र फेरी फिर्ता आउँछन्, र समय बर्बाद हुन्छ, उनीहरूलाई आफ्नै ठाउँमा आराम गर्न दिनुस्, ताकी उनीहरू स्वतन्त्र हुन सकुन्।"


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now