सन् २०६४ सम्म विश्वको जनसङ्ख्या ९ अर्व ७० करोड पुग्ने अनुमान गरिँदै गर्दा सन् २१०० को सुरुवातमा भने यो सङ्ख्यामा भारी कटौती हुने एक अध्ययनले देखाएको छ।
महिलाहरूमा शिक्षाको पहुँच र गर्भनिरोधक साम्रग्रीको पहुँच बढ्दै जाने भएकाले जनसङ्ख्यामा कमी आउने उक्त अध्ययन बताएको हो।
द ल्यानसेट नामक जर्नलले गरेको एक अध्ययनमा यो शताब्दीको अन्त्य सम्ममा विश्वका १ सय ९५ देश मध्ये १ सय ८३ वटा देश अर्थात् ९४ प्रतिशत देशमा जन्मान्तर दरमा कमी आउने देखिएको छ।
अधिकांस मानिसहरूले १ सन्तानमै चित्त बुझाउने भएकाले यो दरमा कमी आउने अध्ययनले देखाएको हो।युनिभर्सिटी अफ वासिङ्टनले मोडलिङ गरेका २३ वटा देशको जनसङ्ख्यामा आधा कटौती हुने पनि जनाइएको छ, जस अन्तर्गत जापान स्पेन साउथ कोरिया र थाइल्यान्ड पर्दछन् ।

ययैगरी अध्ययनका अनुसार संसारमा पाका उमेरका मानिसहरूको सङ्ख्यामा वृद्धि हुनेछ।
६५ वर्षका उमेरका मानिसको जनसङ्ख्याले २० वर्ष उमेर समूहको मानिसलाई जित्नेछ।
उक्त अध्ययन प्रतिवेदनका लेखक प्राफेसन स्टेन इमील भन्छन् काम गर्न योग्य वयस्कहरूको कमीले गर्दा विश्वको आर्थिक बृद्धीदरमा पनि कमी आउने छ।यसमा जोड दिँदै युनिभर्सिटी अफ सिड्नीमा माइग्रेसन एक्स्पर्टका रूपमा कार्यरत अन्ना बाउचर भन्छिन्, "पाका उमेरका मानिसहरूको रेखदेखमा धेरै खर्च गर्नु पर्ने भएकाले त्यस्ता देशको आर्थिक बृद्धीदरमा कमी आउने छ तर जुन देशमा वयस्क हुन्छन् त्यस्ता देशले आर्थिक रूपमा प्रगति गर्छन्।"

सन् २०२१ म सबैभन्दा कम जन्मदर रहने देशहरू मध्ये युरोपियन देशहरू देखापर्ने छन्, जसमा एक महिला बराबर १ दशमलव २ प्रतिशतले नयाँ जन्म रहनेछ।
तर सबैभन्दा अचम्मको कुरा त के भने हाल सबैभन्दा बढी जन्मदर रहेका एसियाली देशमा सन् २१०० जन्मदर निकै कम हुने छ।
चीनको जनसंख्यमा पनि निकै ठुलो परिवर्तन आउने एशोसियट प्रोफेसर समेत रहेकी बाउचरले बताइन्।

अष्ट्रेलियमा भने अहिले नै जन्मदर एक महिला बराबर १ दशमलव ८६ रहेको छ।
तर आप्रवासनका कारण यो शताब्दी अन्त्य सम्म अष्ट्रेलियको जनसङ्ख्या ३ करोड ६० लाख पुग्ने उनले बताइन्।
आफ्ना पाका उमेरका मानिसहरूको रेखदेखका लागि मात्रै भए पनि कतिपय देशले आप्रवासीहरू ल्याउन सुरु गर्ने उनको धारणा छ ।

उनको भनाईमा जन्मदरलाई बढाउन चाईल्ड केयर संस्थाहरुको वृद्धि हुनुपर्छ, जसले गर्दा कामकाजी महिलाहरूमा सन्तान प्राप्तिको चाहाना रहोस्।
तर जनसङ्ख्या वृद्धिले मात्रै आर्थिक बृद्धीदर हासिल गरिँदैन यसका लागि स्थायी सरकार र आर्थिक फड्को मार्न सक्ने मजबुत उद्योगहरूको खाँचो पर्दछ ।





