मेलबर्न कप: ‘अस्ट्रेलियालाई नै रोक्ने घोडा दौड प्रतियोगिता’ किन छैन विवाद रहित?

MELBOURNE CUP CARNIVAL LAUNCH

Jockey Michelle Payne arrives with the Melbourne Cup during the launch of the 2023 Melbourne Cup Carnival, at Flemington Racecourse, Melbourne, Monday, October 30, 2023. Source: AAP / JOEL CARRETT/AAPIMAGE

लाखौँ मानिसको मन जित्न सफल र ‘अस्ट्रेलियालाई नै रोक्ने‘ विश्व चर्चित घोडा दौड प्रतियोगिता विवादरहित भने छैन।


मुख्य बुँदा:
  • मेलबर्न कपका दिन लगभग भिक्टोरियाभर नै सार्वजनिक बिदा हुन्छ
  • मेलबर्न कप हरेक वर्ष नोभेम्बर महिनाको पहिलो मङ्गलवार मनाइन्छ
  • लामो इतिहास बोकेको मेलबर्न कपले केही वर्ष यता भने विवादहरूको सामना गर्नुपरेको छ
  • घोडाहरूको स्वास्थ्य र दौड आयोजना माथि नैतिकताको प्रश्न उठ्न थालेका छन्

प्रत्येक वर्ष, नोभेम्बरको पहिलो मङ्गलवार, पुरै अस्ट्रेलिया एउटा घोडा दौड हेर्न रोकिन्छ।

विश्वमा एक प्रतिष्ठित प्रतियोगिता र कार्यक्रमका रूपमा चर्चा पाएको मेलबर्न कप आयोजना हुने दिन, भिक्टोरियाका अधिकांश ठाऊँहरूमा त सार्वजनिक बिदा नै हुन्छ।

भिक्टोरिया रेसिङ क्लबका अध्यक्ष निल विल्सन यसलाई अस्ट्रेलियन संस्कृतिको एउटा छुटाउनै नहुने हिस्साका रूपमा लिन्छन्।

१६२ वर्ष लामो इतिहास बोकेको दौडले, ग्रान्ड प्री र टेनिस ग्रान्ड स्लाम जस्ता विश्वका चर्चित खेल प्रतियोगितस जत्तिकै महत्त्व पाएको विल्सनको भनाई छ।

“कपले विश्वयुद्ध, चरम आर्थिक मन्दीको समय (दि ग्रेट डिप्रेसन) र पछिल्लो समयमा आएर कोभिड-१९ महामारीको प्रहार सहनुपर्‍यो,” उनले भने।

“हामीसँग १६० देशका झण्डै ७५ करोड दर्शकहरू छन्।”

SG MELBOURNE CUP racegoers
Racegoers cheering during Melbourne Cup Day, at Flemington Racecourse. Source: AAP / JAMES ROSS/AAPIMAGE

मेलबर्न कप बारेमा थुप्रै अस्ट्रेलियनहरू उत्साहित हुँदै गर्दा, बाँकी केही भने यसको चर्को बिरोध गर्छन्।

कोअलिसन फर दि प्रोटेक्सन अफ रेस हर्सेस नामको एक संस्थाले विगत एक दशक भन्दा बढि समयदेखि “नप टु द कप” भन्दै विरोध प्रदर्शन गर्दै आइरहेको छ।

उक्त संस्थाकी सञ्चार निर्देशक क्रिस्टीन ली, रेसका दौरान आर्थिक लाभका लागि जनावरलाई दिइने सास्तीका बारेमा प्रश्न उठाइनु पर्ने बताउँछिन्।

मेलबर्न कपलाई भेटघाट गर्ने र मनोरञ्जन गर्ने दिनका रूपमा लिइन्छ, तर हामी जे कुरामा रमाइरहेका छौं, त्यो गलत छ।
क्रिस्टीन ली

मेलबर्न कपको महत्त्व

RACING MELBOURNE CUP
A racegoer inspects flowers during the Melbourne Cup Day at Flemington Racecourse in Melbourne, Tuesday, November 7, 2023. Source: AAP / JAMES ROSS/AAPIMAGE

फ्लेमिङ्गटन रेस कोर्समा नोभेम्बर महिनाको पहिलो मङ्गलवार हुने प्रतियोगिताका दिन सातौँ घोडा दौड हो, मेलबर्न कप।

स्प्रिङ रेसिङ कार्निभल भनेर नाम दिइएको घोडा दौड महोत्सव अस्ट्रेलियन बसन्त यामको सुरूमा हरेक वर्ष आयोजना हुन्छ।

यसै महोत्सवको एउटा मुख्य आकर्षण हो, मेलबर्न कप।

अनि यो दिन, दिउँसो ठ्याक्क ३ बजे लाखौं मानिसहरू देशभर एकछिन आफ्नो सबैकाम छाडेर मेलबर्न कप हेर्न वा सुन्न अडिन्छन्।

RACING DERBY DAY
Racegoers at Flemington Racecourse in Melbourne. Source: AAP / JAMES ROSS/AAPIMAGE

“यसलाई 'रेस दयाट् स्टप्स दि नेसन' पनि भनिन्छ, किनकि यसले अस्ट्रेलियाका सबै मानिसलाई एक छिनका लागि टक्क रोकिदिन्छ” विल्सन भन्छन्।

निकै रोमाञ्चकारी र रङ्गिन समय बिताउँदै करिब ३ लाख मानिस फ्लेमिङ्गटन ट्र्याकमा यो दिन बिताउँछन्।

“यसको अर्को विशेषता भनेको फेसन पनि हो, महोत्सवमा सहभागी हुनेहरू आकर्षक लुगा, टोप, सुट आदी लगाएर उपस्थित हुन्छन्,” विल्सनले भने।

वास्तवमा यो दिन अस्ट्रेलियाका हरेक दोस्रो वयस्क व्यक्ति एकछिन रोकिएर, रेसको कमेन्ट्री सुन्न वा टिभीमा हेर्न रोकिन्छन्, रोकिन्छन्!
निल विल्सन, अध्यक्ष भिक्टोरिया रेसिङ क्लब

कप र जुवा

यो साल मेलबर्न कपको कुल पुरस्कार राषी ८० लाख डलर छ।

यसमा १८ क्यारेट शुद्ध सुनको ‘मेलबर्न कप‘ जोडिएको छैन जसको मुल्य २५०,००० अस्ट्रेलियन डलर हो।

MELBOURNE CUP CARNIVAL LAUNCH
Trainer Gai Waterhouse speaks to media during the launch of the 2023 Melbourne Cup Carnival, at Flemington Racecourse, Melbourne, Monday, October 30, 2023. Source: AAP / JOEL CARRETT/AAPIMAGE

कप दिवसलाई अस्ट्रेलियाको सबैभन्दा ठुलो जुवा खेल्ने दिनका रूपमा लिइन्छ।

यो दिन कहिल्यै जुवा नखेल्नेले पनि दाउ लगाउने अस्ट्रेलियन परम्परा स्थापित भइसकेको भने कार्यलयहरुमा पनि सामूहिक रूपमै घोडामा पैसा हाल्ने गरेको उदाहरणहरू पाइन्छन्।

मानिसहरू किन यसको विरोध गर्छन्?

RACING MELBOURNE CUP PROTESTS
Animal rights activists regularly protest Melbourne Cup Day. Source: AAP / SCOTT BARBOUR/AAPIMAGE

कोअलिसन फर दि प्रोटेक्सन अफ रेस हर्सेस भने यस्ता घुड दौड प्रतियोगिताहरूबाट भिक्टोरीयाको अर्थतन्त्रमा फाइदा पुग्ने भएता पनि देशभर गम्भीर समस्याका रूपमा देखिएको जुवालाई बढावा दिनु उचित नभएको तर्क राख्छ।

“पछिल्लो १० वर्षमा दाउ लगाउने रकम दोब्बर भएको छ। हरेक वर्ष घोडा दौड प्रतियोगितामा मात्रै २९ अर्ब डलरभन्दा बढी रकमको जुवा खेलिन्छ। त्यसैले यस्ता प्रतिस्पर्धा घोडाहरू बाहेक आममानिसका लागि पनि नराम्रो हो,” क्रिस्टीन लीले भनिन्।

जनावरका हित सम्बन्धी मुद्दा, क्रूर मानिने प्रशिक्षण, प्रजनन प्रक्रिया जस्ता कारणले घोडा दौड प्रतियोगिता पछिल्लो समय शङ्काको घेरामा आउन थालेको छ र नयाँ पिँढीका केही मानिसहरू यसको खुलेर विरोध गर्न लागिपरेका छन्।

“विगत एक दशक यता, मेलबर्न कपको मात्र कुरा गर्दा पनि झण्डै १० घोडाले ज्यान गुमाइसकेका छन्” ली भन्छिन्।

आम मानिसलाई दौडका दौरान मारिने घोडाहरूको सङ्ख्याका बारेमा जानकारी नै नरहेको उनी बताउँछिन्।

RACING MELBOURNE CUP
Regal Monarch is seen after a fall in Race 4 in the Ronald McDonald House Charities Plate during Melbourne Cup Day at Flemington Racecourse in Melbourne, Tuesday, November 7, 2017. Source: AAP / JULIAN SMITH/AAPIMAGE

“प्रत्येक २.५ दिनमा अस्ट्रेलियाली रेस ट्र्याकमा एक घोडाले आफ्नो ज्यान गुमाउँछ। दैनिक रूपमा घाइते भएर लगिएका हजारौँ घोडा मारिएका बारेमा हामीलाई थाहा नै हुँदैन,” उनले भनिन्।

यद्यपि विल्सन भने खेलको बचाउ गर्दै पछिल्लो समय जनावरको हितमा सबैको ध्यान गइरहेको बताउँछन्।

“घोडाहरूलाई निकै राम्रो देख-भाल गरिन्छ, जसलाई मानिसले त्यति धेरै कदर गर्दैनन्,” उनले भने।

“भेटनरी डाक्टरहरू छन्, उनीहरूको दाँतको देख भाल हुन्छ, उनीहरूको हड्डीहरूको बारेमा ख्याल राखिन्छ, उनीहरूलाई निकै राम्रोसँग पालिन्छ।”

रेसिङ भिक्टोरियाका भेटनरी सेवाका प्रमुख डाक्टर ग्रेस फोर्ब्स घोडाहरूलाई कम चोटपटक लागोस् भन्नका लागि प्रोटोकलहरू बनाइएको बताउँछिन्।

पछिल्लो समय भने भिक्टोरिया सरकार र रेसिङ भिक्टोरिया मिलेर पुरै शरीरको सिटी स्यान गर्न मिल्ने मेसिन खरिद गरिएको छ। यसको मद्दतले घोडाहरूमा देखिने चोटपटक र अन्य शारीरिक अवस्थाका बारेमा पत्ता लगाउन सजिलो हुन्छ।

“नयाँ मेसिनको प्रयोगले उनीहरू उभिंदा शरीरको विस्तृत जानकारी लिन मिल्छ,” उनले भनिन्।

Melbourne Cup winner Stakes Day
Thoroughbreds are a type of horse breed known for their fast running speed. They can maintain speeds between 60 to 70 km/hr. Source: Getty / Getty Images AsiaPac

दौडमा लागि कस्ता घोडाले भाग लिन पाउँछन्?

३२०० मिटरको दौडका लागि २४ वटा घोडाहरूले भाग लिन्छन्।

यस्ता घोडाको उमेर कम्तीमा पनि तीन वर्ष हुनुपर्ने नियम छ भने वजन सम्बन्धी नियमहरू पनि पूर्ण रूपमा पालना गर्नु पर्ने हुन्छ।

घोडाको वास्तविक वजन, उमेर र पहिलेका प्रतिस्पर्धामा उसको पर्दशनलाई हेरेर थप भार थपिन्छ, जसले गर्दा सबै घोडाको जित्ने सम्भावना लगभग उस्तै हुन आउँछ।

मेलबर्न कप मै सबैभन्दा चर्चामा रहेको घोडा चाहिँ सन् १९३० को रेस जितेको फार ल्याप हो, जसको मुटुलाई क्यान्बरामा जोगाएर राखिएको छ।

मेलबर्नको कार्लटन स्थित संग्राहलयमा चाहिँ फार ल्याप सम्बन्धि विशेष प्रस्तुतीहरू वर्षभर नै हेर्न मिल्छ।

PHAR LAP ARSENIC
The stuffed hide of racehorse Phar Lap at Melbourne Museeum in Melbourne, Monday, Oct. 23, 2006. A News Limited investigation using breakthrough technology have uncovered evidence the legendary racehorse was poisoned with arsenic just hours before his 1932 death in the US. Credit: MUSEUM VICTORIA/PR IMAGE

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now