Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा घर किन्ने संघर्षमा सुपरएन्नुएसन सहयोगी हुन सक्ने भनाइ

Young  couple buying house

सुपरएन्नुएसन बचतलाई पहिलो घर किन्नेहरूले ऋण लिँदा धितोको रूपमा प्रयोग गर्न पाउने व्यवस्था ल्याउन माग भइरहेको छ। वासस्थानको पहुँच सम्बन्धी समस्यालाई कम गर्न भएको संसदीय छानबिनले यसका लागी निकै ठुलो परिवर्तनको आवश्यकता भएको सुझाव दिएपछि यस्ता मागका आवाज सुनिन थालेका हुन्।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


सुपरएन्नुएसन बचतलाई पहिलो घर किन्नेहरूले ऋण लिँदा धितोको रूपमा प्रयोग गर्न पाउने व्यवस्था ल्याउन माग भइरहेको छ। वासस्थानको पहुँच सम्बन्धी समस्यालाई कम गर्न भएको संसदीय छानबिनले यसका लागी निकै ठुलो परिवर्तनको आवश्यकता भएको सुझाव दिएपछि यस्ता मागका आवाज सुनिन थालेका हुन्।


सिड्नीका बासिन्दा एक जोडी एबी हचिन्सन र साइमन डी'सुजाले घर किन्ने सपना कहिले पनि छोडेनन्। डी'सुजा भन्छन् पछिल्ला केही वर्षमा आफू लगायत सबै जना धेरै समस्याहरूबाट गुज्रिएको भए पनि घर किन्ने दौडमा लागेको पनि धेरै भइसकेको छ।

"पहिलो पटक त्यो ढोकाबाट भित्र छिर्ने उद्देश्य पुरा हुनु भनेको अमूल्य हुन्छ, आफ्नो चार जनाको परिवार सहित।"

तर यो त्यति सजिलो भने थिएन। यसका लागी उनीहरूले परिवारसँग मागेर र उधारो लिनु परेको छ।

आफ्नो परिवार भएर केही सहज भए पनि सबैका लागी त्यस्तो नहुने हचिन्सनको भनाइ छ।

"मलाई लाग्दैन यो त्यति गाह्रो हुनु पर्ने हो, मेरो बिचारमा हामी जस्तो मानिसहरूको लागी अझै धेरै सहायता हुनु पर्ने हो।"

अस्ट्रेलियाको घर आपूर्ति सम्बन्धी संसदीय छानबिनले पनि यो कुरामा सहमति जनाएको छ।

यसको प्रतिवेदनका अनुसार सरकारको सम्पूर्ण तहले आवास अभावको समस्यालाई मिलाउनु पर्ने देखिन्छ।

पुरा रिपोर्ट सुन्नुहोस्: अस्ट्रेलियामा घर किन्ने संघर्षमा सुपरएन्नुएसन सहयोगी हुन सक्ने भनाइ हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

उक्त प्रतिवेदनका लेखक जेसन फालिन्स्की भन्छन् आगामी सङ्घीय निर्वाचनका लागी अस्ट्रेलियाको घर मूल्य मुख्य मुद्दा हो।

उनका अनुसार कर सम्बन्धी जति धेरै कुरा गरे पनि अन्त्यमा यो देशको केन्द्रमा मानिसहरूले आफ्नो एउटा घर भएको सपना नै रहेको छ।

तर कोरलोजिक को रिसर्च अस्ट्रेलियाकी प्रमुख एलिजा अवेन भन्छिन्, घर जग्गा सम्बन्धी बजार र अस्ट्रेलियालीहरूको सम्बन्ध परिवर्तन हुँदैछ।

"अहिले रहेको प्रणाली रहिरहेमा देशमा घर भएका मानिसहरूको सङ्ख्या झन् भन्दा झन् कम हुँदै जानेछ।"

तर माग अनुसारको आपूर्ति नहुँदा आफ्नो घर पाउन जति गाह्रो अहिले भएको छ त्यस्तो पहिले कहिले भएको थिएन।

प्रधानमन्त्री स्कट मोरिसनले देश विकासको लागी अझ धेरै घरहरू हुनु आवश्यक भएको बताएका छन्।

संसदीय छानबिनको सो रिपोर्टले अस्ट्रेलियाका सहरहरूमा सहरी क्षेत्रमा रहेको जनघनत्व बढ्नु पर्ने देखाएको छ।

यसले स्थानीय र राज्य सरकारहरूलाई सस्तो वासस्थान र आपतकालिन आवासको को व्यवस्था गराउनु परेन भनेको छ।

र पहिलो पटक घर किन्नेहरूका लागी आफ्नो सुपरएन्नुएसन बचत घर किन्दा निकालिने ऋणका लागी धितोको रूपमा प्रयोग गर्न सक्ने व्यवस्था ल्याउनु पर्ने माग गरेको छ।

coronavirus, superannuation, pandemic, future funds, retirement
Source: Kristina Paukshtite from Pexels

उक्त रिपोर्टले स्ट्याम्प ड्युटीलाई हटाएर त्यसलाई अलि बृहत् जग्गा करमा मिलाउनु पर्ने सुझाव दिएको छ। \

तर केही अर्थविद्हरूले यो दीर्घकालीन समाधान नभएको बिचार राखेका छन्। सोल इस्लेक पनि त्यस्तै भनाइ राख्छन्।

त्यस्तै केहीले आवासका सम्बन्धमा बृहत् राष्ट्रिय आरक्षणको आवश्यकतामा जोड दिएका छन्।

राष्ट्रिय स्तरको अभियान 'एभ्रीबडीज होम' अर्थात् 'सबैको घर'की केट कोल्विनका अनुसार भाडाका लागी होस् वा घर किन्न हरेक अस्ट्रेलियालीले एक सुरक्षित वासस्थान पाउनु पर्छ।

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now