मानिसहरूले प्रकृतिमाथि कसरी आक्रमण गर्दछन् भन्ने कुराको उदाहरण समुन्द्रलाई फोहर फाल्ने स्थान बनाएको देख्दा प्रमाणित हुन्छ, यहाँ प्रकृति माथि शोषण गरिएको छ ।
सरकारहरू वातावरण संरक्षणमा असफल भएको प्रति संयुक्त राष्ट्र सङ्घले निन्दा गरिरहेको छ ।
यो सङ्कटले प्रजातिका रूपमा हाम्रो व्यवहारिकतालाई सङ्कटमा पारिरहेको छ ।
कडा टिप्पणी मार्फत संयुक्त राष्ट्र सङ्घका महासचिवले प्रकृति सँगको मानव सम्बन्धलाई पुनर्विचार गर्नु पर्ने आवश्यकतालाई ध्यान दिन आग्रह गरेका छन् ।

एन्टीनियो गुटेरस भन्छन् वातावरणको पक्षमा यो वर्ष महत्त्वपूर्ण मोड हुनसक्छ र यो कदम छिटो चाल्न उनले जोड दिईरहेका छन् ।
संयुक्त राष्ट्र सङ्घको अनुमानमा संसार भर करिब ८० लाख प्रजाति मध्येका करिब १० लाख बोटबिरुवा एवम् जनावरहरू लोप हुने खतरामा रहेको छ ।
विश्वको वातावरणमा आउने खतरालाई कसरी सम्बोधन गर्ने भन्ने योजनाको खाकाका रूपमा यस रिर्पोटलाई लिइएको छ ।
गुटेरस भन्छन् ढिला भइसकेको छैन यद्यपि चाडै नै विश्व फर्कनै नसक्ने अवस्थामा पुग्ने खतरा पनि बढ्दै छ ।
उक्त प्रतिवेदनमा प्रत्येक वर्ष वायु प्रदूषणबाट करिब ९० लाख मानिसको मृत्यु हुने गरेको र यसको कारण आर्थिक वृद्धिको बिषात्त दौडबाट हुने गरेको उल्लेख गरिएको छ ।
उक्त अध्ययन रिर्पोटका लेखक रोर्वट वाट्सन वातावरणीय वैज्ञानिक हुन् ।
प्रतिवेदनले राष्ट्रहरूले कसरी आर्थिक उत्पादनलाई मूल्यवान् बनाउँछ,कसरी शक्ति उत्पादन हुन्छ एवम् खेतीपाती र माछा मार्ने विधिहरूका बारेमा सुझाव दिएको छ ।

क्विन्सल्याण्ड विश्वविद्यालय संरक्षण विज्ञानका प्राध्यापक जेम्स वाट्सन भन्छन् संयुक्त राष्ट्र सङ्घले साधारणता मुलुकहरूले के गर्नु पर्दछ भनेर भन्दैन यद्यपि अस्ट्रेलिया जस्ता मुलुकले यो मुद्रामा खडा हुनुपर्दछ ।
प्रोफेसर वाट्सन भन्छन् सबै भन्दा आँखा रसाउने तथ्याङ्क त यो छ कि प्रत्येक वर्ष परागकणहरुले हरेक वर्ष करिब ५ सय ७७ अर्ब डलर बराबरको खाद्यान्न बाली नष्ट गर्दछ ।
संयुक्त राष्ट्र सङ्घको पर्यावरण कार्यक्रम निर्देशक इन्गर एन्डरसन् भन्छिन हाम्रो ग्रह नष्ट भइरहेको र यसले जनसङ्ख्यामा जोखिममा पार्ने कुरामा सहमति जनाउँछिन् ।
एन्डरसन् भन्छिन् "व्यवसायहरू र सरकारले समन्वय गरे ग्रहलाई कसरी निको बनाउन सक्दछ भन्ने कुराको व्याख्या गर्दछ ।"
उनी आशा गर्छिन् कि सन् २०२१ यस्तो वर्ष हुनेछ जुन कोरोना महामारीबाट हुने मानवयि क्षति मात्र नभएर स्वास्थ्य प्राथमिकताहरूलाई पनि केन्द्रमा राख्नेछ ।
अस्ट्रेलियामा चाही प्रोफेसर वाट्सन भन्छन् कोभिड–१९ले संरक्षणलाई एजेन्डामा राख्दा पुनर्स्थापना अवसर प्राप्त हुन्छ ।
एसबीएस नेपाली को फेसबुक पृष्ठमा हाम्रा समाचार सामग्रीहरू देखिएका छैनन्।
हाम्रा सामाग्रीलाई फेसबुक बाहेक यी प्याटफर्महरूमा पाउन सक्नु हुन्छ:
एसबीएस नेपाल वेबसाइट: https://www.sbs.com.au/language/nepali/en
एसबीएस रेडियो एप: Appleको App Store या Google Play बाट डाउनलोड गर्न सक्नु हुन्छ।
ट्विटर:https: twitter.com/SBSNepali



