SKIP TO MAIN CONTENT

“बेस्ट नेपाली फुटबल हेर्न मेलबर्नमा बस्नेलाई यो भन्दा राम्रो मौका छैन”

Yeti FC 2020 competition
Source: Yeti FC Nepali community football competition in Melbourne

मेलबर्नमा शनिवारदेखि दुई दिने यती एफसी नाइन-अ-साइड नेशनल फुटबल टुर्नामेन्टको दशौँ संस्करण आयोजना भइरहेको छ।


Published

Updated

Source: SBS



Skip to podcast episode content

मेलबर्नमा शनिवारदेखि दुई दिने यती एफसी नाइन-अ-साइड नेशनल फुटबल टुर्नामेन्टको दशौँ संस्करण आयोजना भइरहेको छ।


मेलबर्न स्थित यति फुटबल क्लबको पहलमा आयोजना हुँदै गरेको उक्त प्रतियोगितामा ३५ वर्ष उमेरभन्दा माथिको समूह को ७ टोली र खुल्ला उमेर समूहको २४ टोलीले भाग लिने बताइएको छ।

आयोजक यती फुटबल क्लबका एक जना अधिकारी राज शर्माका अनुसार यसपालि सिड्नीबाट १०, एडिलेडबाट २ र तास्मेनिया एवं ब्रिसबेनबाट १-१ वटा टिमले उक्त प्रतियोगितामा उपस्थिति जनाइरहेका छन्।

Nine a side Nepali Football Melbourne
Source: Yeti FC

सिड्नीमा धेरै टोलीहरू रहेका हुनाले उत्कृष्ट टोली छनौटका निमित्त त्यहाँ खेलाइने विभिन्न प्रतियोगिताका विजयी एवं उप विजेता तथा तेस्रो स्थान प्राप्त गर्ने टिमहरूलाई आफ्नो राष्ट्रिय प्रतियोगितामा भाग लिन प्राथमिकता दिइने उनको भनाई थियो।

अन्य राज्यमा खासै धेरै टोलीहरू नभएका कारण यस प्रतियोगितामा भाग लिन खासै मापदण्ड नतोकिएको पनि शर्माले बताए।

मेलबर्नबाट भने ९ वटा टिमको सहभागिता रहेको पनि उनको भनाई छ।

अब मेलबर्नमा टुर्नामेन्ट गरेर, मेलबर्नकै टिम नभएपछि रमाइलो हुँदैन भन्ने हिसाबमा चाहिँ हामीले… (नौ वटै टिमलाई स्थान दिएका हौँ)।”

Nepali Football fans in Melbourne
Source: Yeti FC

सिड्नीमा आयोजना हुने जीएनसी कपका दौरान देखिएको जस्तो अनुशासनको कमी आफ्नो प्रतियोगितामा खासै नहुने यती फुटबल क्लबका राज शर्माको दाबी छ।

प्रत्येक खेल २४ मिनेटको हुने बताइएको उक्त प्रतियोगितामा २४ वटा टोलीहरूलाई ६ विभिन्न समूहमा विभाजन गरिएको छ।

“प्रत्येक टिमले चाहिँ तीन वटा लीग गेम खेल्छ, अनि त्यो लिग गेमबाट चाहिँ दुई वटा टिम निस्कन्छ…. प्री क्वाटर, क्वाटर, सेमी फाइनल र फाइनल चाहिँ आइतबार हुन्छ,” केसीले प्रतियोगिता बारे भने।

शर्मासँग गरिएको कुराकानी सुन्न यो पेज माथि रहेको मिडिया प्लेयरमा स्पिकर आइकन थिच्नुहोस्

फुटबल भन्ने बित्तिकै भुतुक्क हुने नेपालीको बानी रहेको बताउने केसीले आफ्नो प्रतियोगिताको स्तर राम्रो रहेको दाबी गर्दै हेर्न आउने मानिसहरूलाई निराश हुनु नपर्ने पनि बताए।

“बेस्ट नेपाली फुटबल हेर्नलाई मेलबर्नमा बस्ने चाहिँ अँ हाम्रो नेपाली दर्शकहरू, नेपाली कम्युनिटीको मान्छेहरूलाई यो भन्दा राम्रो अपरचुनिटि चाहिँ हुँदैन।”

डारेबिन इन्टरनेश्नल स्पोर्ट्स सेन्टर २८० डारेबिन रोड, थर्न्बरी:


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now