Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

SBS Examines: यो समुदायमा जस्तो बेरोजगारी अरूमा छैन

SOUTH SUDANESE COMMUNITIES AUSTRALIA

The unemployment rate of Australia's Dinka community sits at 7.8%. Credit: LUIS ASCUI /AAPIMAGE

अस्ट्रेलियामा रहेका साउथ सुडानको डिङ्का भाषी समुदायमा राष्ट्रिय दर भन्दा लगभग दोब्बर बेरोजगारी रहेको छ।


Published

Updated

By Fernando Vives, Augustino Dut

Presented by Olivia Di Iorio

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा रहेका साउथ सुडानको डिङ्का भाषी समुदायमा राष्ट्रिय दर भन्दा लगभग दोब्बर बेरोजगारी रहेको छ।


अस्ट्रेलियामा रहेका साउथ सुडानको डिङ्का भाषी समुदायमा राष्ट्रिय दरको लगभग दोब्बर बेरोजगारी रहेको छ।

सन् २०२१ को जनगणना अनुसार साउथ सुडानको डिन्का भाषी समुदायमा ७.८ सात दशमलव आठ प्रतिशत बेरोजगारी दर रहेको छ, जबकि राष्ट्रिय बेरोजगारी दर चार दशमलव दुई प्रतिशतमा कायम छ।

अस्ट्रेलिया बाहिर कामको अनुभव भएका आप्रवासीहरूलाई अस्ट्रेलियामा आफ्नै क्षेत्रमा काम पाउन समस्या हुनु त सामान्य जस्तै भएको छ।

यस अङ्कमा एसबीएस एक्जामिन्सले जेम्स एखल र बउल केओलसँग कुराकानी गरेको छ।

उनीहरू दुवै अस्ट्रेलियाको युनिभर्सिटी बाट 'ग्र्याजुएट' भएका हुन्। तर वर्षै बितिसक्दा पनि आफ्नै पढाइको क्षेत्रमा काम पाएका छैनन्।

केओलले त ७३ वटा कामको विज्ञापनमा आवेदन दिए तर अन्तरवार्ताको लागि कहिँबाट बाट खबर आएन।

त्यस्तै एखल भन्छन् कि उनले एक च्यारिटी संस्थाको लागी 'ह्युमन रिस्रोर्स' कामको अवसर पाएका थिए। फोनबाट लिइएको अन्तरवार्ता सफल भएको थियो। तर जब नियुक्ति लिन गए, उनलाई गरिएको कामको प्रस्ताव फिर्ता लिइयो।

"उनीहरूले मलाइ देख्ने बित्तिकै भने कि तपाईँ अफ्रिकन पृष्ठभूमिबाट हुनुहुन्छ... यो एक समस्या भयो", उनी भन्छन्।

एसबीएस डिङ्कासँगको सहकार्यमा उत्पादन गरिएको एसबीएस एक्जामिन्सको यस शृङ्खलामा डिङ्का समुदायमा काम खोज्दाका समस्याहरूबारे बताइएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now