यी तीन वैज्ञानिकले सँगै जिते भौतिक शास्त्रमा नोबेल पुरस्कार

US-NOBEL-PHYSICS-CLAUSER

US physicist John Clauser poses in his home in Walnut Creek, California, on October 4, 2022, after winning the Nobel Prize for physics along with Austria's Anton Zeilinger and Frenchman Alain Aspect, for discoveries in the field of quantum mechanics that have paved the way for quantum computers, networks and secure encrypted communication. (Photo by Remi Vorano / AFP) (Photo by REMI VORANO/AFP via Getty Images) Source: AFP / REMI VORANO/AFP via Getty Images

सन् २०२२ को फिजिक्स अर्थात् भौतिक शास्त्रको नोबेल पुरस्कार तीन जना वैज्ञानिकहरूले क्वान्टम मेकानिक्सको क्षेत्रमा काम गरे बापत संयुक्त रूपमा जितेका छन्। उक्त क्षेत्रमा उपपरमाणिक कणहरू बारे उनीहरूको अनुसन्धानले सुपर कम्प्युटर र इन्क्रिप्टेड सञ्चारको लागि ढोका खोलिदिएको छ।


अक्टोबर महिना भन्नसाथ नोबेल पुरस्कारको महिना भनेर बुझ्न सकिन्छ।

६ दिनको अवधिमा ६ वटा नोबेल पुरस्कार विजेता हरूको नाम घोषित गरिन्छ, जसले विश्व चर्चित वैज्ञानिक, लेखक, अर्थशास्त्री र मानव अधिकारवादीहरूको सूचीमा केही नयाँ नामहरू थप्दछ।

यस वर्ष को नोबेल पुरस्कार महिना सोमबार देखि सुरु भयो। औषधीको क्षत्रमा स्भान्टे पिएबो विजेता बन्न पुगे, जो विकासवादी मानव विज्ञानको एक जर्मन संस्थाका निर्देशक हुन्।

त्यस पछि भौतिक शास्त्रको नोबेल पुरस्कार तीन जना वैज्ञानिकहरू एलेन एस्पेक्ट, जोन क्लजर र एन्टन जीलिन्जरले संयुक्त रूपमा पाएका छन्।

क्वान्टम मेकानिक्सको क्षेत्रमा उपपरमाणिक कणहरूबारे उनीहरूको अनुसन्धानले सुपर कम्प्युटर र इन्क्रिप्टेड सञ्चारको लागि ढोका खोलिदिएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now