उत्सवको समय: 'इद मुबारक'

Inda and Raidah composite

Raidah Shah Idil and Dr Inda Ahmad Zahri.

पारिवारिक नोकझोकदेखि कपडा र सिनेमा छनोटसम्म, राइदा साह इदिल र डा.इन्दा एहमद् जहरीले इदको विशेषताका बारेमा सारा मालिकसँग अनुभव साटेका छन्।


मलेसियामा हुर्किएकी डाक्टर इन्डा एहमद् जहरीको इदको सम्झना, पुरानो गाउँसँग जोडिएका छन्।

इदको समयमा क्वालालम्पुरको व्यस्त ट्राफिकलाई छल्दै गाउँ जानेहरूको लर्को उनको सम्झनामा रहिरन्छ।

चाड पर्वका बेला मानिसहरू गाउँ जाने भएकाले क्वालालम्पुर खालि जस्तै हुने उनले बताइन्।

इन्डाकी हजुरआमा आफ्नो समुदायकी अगुवा र इद उत्सवकी आयोजक समेत हुने गर्थिन, जसलाई मलेसियामा हरि राया भनेर चिन्दथे।

उनै थिइन् जसले अन्य परिवारका सदस्यलाई घर सरसफाइ देखि पर्दा फेर्ने सम्मका कामका लागि आदेश दिन्थिन्।

किचनमा विभिन्न किसिमका मिष्ठान परिकार बनिरहेका हुन्थे।

लोदा सुप, कुवा काकांग, साते सस्, केतुपात राईस, कु राया बिस्कुटहरू छुट्टै बट्टामा सजाएर राखिन्थ्यो।

ठुलो भएपछि भने उनी बेलायतमा मेडिसिन पढ्न गइन् अनि अस्ट्रेलियाली अस्पतालहरूमा काम गरिन।

उनलाई त्यस बेलाको इद उत्सव भने हतारमा मनाएको जस्तो लाग्छ, कहिले अस्पतालका ड्रेस कहिले परम्परागत पहिरन, उनले इदका बेला मलेसिया जाने मौका पनि निकै कम पाउँथिन्।

इदका गीत सुन्न पाउँदा, हर्षले आँखाबाट आशु आउँथ्यो, आफ्नो परिवार, किचनमा पाकेको मिठो खाना, मैले लामो समय कुर्नुपथ्यो
इन्डा एहमद् जहर

उनी हाल पोर्चुगेली–क्रोएसियन मूलका चिकित्सकसँग विवाह बन्धनमा बाँधिएकी छन्।

उनीहरूका तीन केटाकेटी पनि छन्। उनको अहिलेको इद, सांस्कृतिक रूपमा मिश्रित छ।

पुरानो संस्कृति सिकाउँदै नयाँ सिक्ने।

यता सिड्नीमा हुर्किएर हाल मलेसियामा आफ्ना भारतीय पतिसँग बस्दै आएकी राइडा शाह इडिलका लागि पनि इद, एक मिश्रित उत्सव हुँदै गएको छ।

मलेसियन परम्परागत खानासँगै भारतीय बिर्यानी र भडा उनको घरमा आजकाल पाक्ने गर्छ।

यद्यपि सबैले परम्परागत लुगा लगाउने कुरा भने उनलाई छुटेको जस्तो लाग्छ।

इद, विशेष गरी आफन्त र परिवारसँगको भेटघाट, मेलमिलाप र आदरको पर्व भएकाले विस्तारित परिवारलाई भेटघाटको दबाब हुने उनी बताउँछिन्।

यो एक भावनात्मक समय हो, क्रिसमस र हल मार्क फिल्महरुम जस्तो हाम्रो पनि नाटक हुन्छ
राइडा शाह इडिल

राइदा र उनका पतिले पारिवारिक भेटघाट वा उत्सवका बेला केटाकेटी वा आफूले थकान महसुस गरे, घर जानका लागि विशेष इशारा गर्ने गरेको बताउँछन्।

उत्सवहरूले आनन्द र मिलापको मात्र भावना लिएर आउँदैन, समाधान नभएको आघात, नभनिएका चाहानाहरू र निराशाहरू पनि लिएर आउँछ–राइडा शाह इडिल

इन्डा र रहिदा दुबैका लागि इद भन्ने बित्तिकै पारिवारिक मिलन, अप्रत्याशित प्रेम, नयाँ सुरुवात र दोस्रो मौकाका कथाले भरिएका सिरियल, विज्ञापन र जिंगलहरुको पनि पर्खाइ रहन्छ।

माइ रमदान पोडकास्टमा आधुनिक अस्ट्रेलियामा कसरी इद र रमदान मनाइन्छ भनेर चर्चा गरिएको छ।

माइ रमदानलाई एसबीएस रेडियो, एप्पल पोडकाष्ट, स्पटीफाईवा पोडकाष्ट सुन्न अन्य एपहरूमा फलो गर्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now