SKIP TO MAIN CONTENT

"टु दि एक्सट्रिम": अतिवादीलाई लिएर विभाजित बनेको विश्व

To the Extreme Episode US Riots (SBS).jpg
Source: SBS

आतङ्कवादको संज्ञा दिइएका चरमपंथीहरुका पछिल्ला घातक कार्यहरूका कारण सरकार र यस सँग सम्बन्धित एजेन्सीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षाका विषयलाई सम्बोधन गर्न नयाँ तरिकाको सोचलाई विकास गर्न बाध्य बनाएको छ।


Published

Updated

By Marcus Megalokonomous

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

आतङ्कवादको संज्ञा दिइएका चरमपंथीहरुका पछिल्ला घातक कार्यहरूका कारण सरकार र यस सँग सम्बन्धित एजेन्सीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षाका विषयलाई सम्बोधन गर्न नयाँ तरिकाको सोचलाई विकास गर्न बाध्य बनाएको छ।


बढ्दै गएका चरमपंथी गतिबिधिहरुलाई जटिल रोगसँग तुलना गरिन थालिएको छ।

रोगलाई पहिचान र निदानको प्रक्रिया जस्तै, चरमपंथी प्रकोपहरूको उत्पत्ति र तिनका भौगोलिक र सामाजिक संरचनाहरूको सम्बन्धित अधिकारीहरूले गहिरो मूल्याकंन गर्ने गर्दछन्।

तिनीहरूका गतिविधि कहाँ केन्द्रित छन्, यो कसरी सरी रहेको छ, तिनीहरुको सङ्क्रमणबाट को बढी सवेंदनशिल छन् भन्ने जस्ता विषयहरूको निगरानीमा राखिन्छन्।

गत जुन महिनामा अतिवादी सम्बन्धी भिक्टोरिया सरकारको एक छानबिनका क्रममा बोल्दै स्यान फ्रान्सीस्को स्टेट विश्वविद्यालयका प्राध्यापक जेम्स मार्टेलले अतिवादीहरुसँगको प्रतिरोधका उपायहरू खोज्न र उनीहरूका बारेमा बुझ्न एवं कार्यहरूको नक्साङ्कन गर्नु जरुरी रहेको बताएका थिए।

भिक्टोरियामा भएको छानबिनले चरमपंथी विचारहरूको वृद्धि र यसले समुदायमा पुर्‍याउन सक्ने हानिहरूका बारेमा अध्ययन गरिरहेको छ।

आत्म समिक्षमा अमेरिका

January 6th Hearing
UNITED STATES - JUNE 21: The Select Committee to Investigate the January 6th Attack on the United States Capitol is pictured as Speaker of the Arizona House of Representatives Russell Bowers (R), Georgia Secretary of State Brad Raffensperger (R), Gabriel Sterling, COO of the Georgia Secretary of State, testified in Cannon Building, on Tuesday, June 21, 2022. (Tom Williams/CQ Roll Call/Sipa USA) Credit: CQ-Roll Call/Sipa USA

अस्ट्रेलियाले निकै चासोकोबीच यसका बारेमा छानबिन अगाडी बढाउँदै गर्दा उता अमेरिकाले भने आत्म समीक्षा गरिरहेको छ।

सन् २०२१, अमेरिकाका लागि एक अभूतपूर्व घटनाका लागि सम्झना गर्न योग्य वर्ष हो।

अभूतपूर्व यस अर्थमा की अमेरिकी इतिहासमै सम्भवतः दक्षिणपन्थी समूहहरूको सबैभन्दा ठुलो परिचालन भएको वर्ष मध्यको एक हो।

जनवरी ६ तारिखका दिन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकी क्यापिटल भवनमा गरेको आक्रमण चुनावी नतिजाहरूलाई स्वीकार नगर्ने वा नतिजाको प्रमाणीकरणलाई रोक्ने एक कुटिल प्रयास थियो।

तत्कालीन उपराष्ट्रपति माइक पेन्स, सभामुख न्यान्सी पेलोसी र अन्य राजनीतिज्ञहरूलाई खोज्दै हिंसात्मक भिड क्यापिटल प्रवेश गरेको थियो।

उक्त घटनामा पाँच जनाको ज्यान जान पुग्यो भने घटनामा संलग्न रहेको आरोपमा संयौलाई सङ्घीय अपराध गरेको आरोप लाग्यो।

Capitol Riot Criminal Cases
FILE - Insurrectionists loyal to President Donald Trump try to break through a police barrier, Wednesday, Jan. 6, 2021, at the Capitol in Washington. Facing prison time and dire personal consequences for storming the U.S. Capitol, some Jan. 6 defendants are trying to profit from their participation in the deadly riot, using it as a platform to drum up cash, promote business endeavors and boost social media profiles. (AP Photo/Julio Cortez, File) Source: AP / Julio Cortez/AP

जोसुवा फिचर–बिर्च न्यु योर्क सहरमा अतिवादी समूहका बारेमा अनुसन्धान गर्ने संस्था काउन्टर एक्सट्रिमिज्म प्रोजेक्टका अनुसन्धानकर्ता हुन्।

उनी डोनाल्ड ट्रम्पले आफ्नो चुनावी हार स्वीकार गर्न नसक्नुको खतरनाक उदाहरणका रूपमा उक्त घटनालाई लिन्छन्।

उनका अनुसार डोनाल्ड ट्रम्प अमेरिकी प्रोटोकलका हिसाबले प्रजातन्त्रका लागि खतरा हुन र रही रहने छन्।

“चुनावको परिणाम सम्बन्धी भ्रमले भविष्यमा असहमति र अविश्वास दिलाउछ , हिंसालाई बढावा दिन्छ, भविष्यका चुनावी परिणामहरू माथि समेत प्रश्न उठ्न सक्नेछन्” उनले भने।

चुनावी परिणामहरूलाई स्वीकार नगर्ने परिपाटी लोकतान्त्रिक सिद्धान्त विपरीत हुन्छ भने दक्षिणपन्थी चरमपंथी समूह र भावी अधिनायकवादलाई सशक्त बनाउँदछ
जोसुवा फिचर–बिर्च काउन्टर एक्सट्रिमिज्म प्रोजेक्टका अनुसन्धानकर्ता

हालैमात्र अति दक्षिणपन्थी समूह प्राउड ब्वाईज र द बेसलाई न्यूजील्याण्ड सरकारले आतङ्कवादी सुचीमा राखेको छ।

प्राउड ब्वाईजलाई न्यूजील्याण्डमा आतङ्कवादी समूह घोषणा गरिँदै गर्दा द बेसलाई बेलायत, क्यानडा र अस्ट्रेलियामा आतङ्कवादी समूह घोषणा भइसकेको छ।

अमेरिकाको स्टेट डिर्पाटमेन्टले भने विदेशी समूहलाई मात्रै आतङ्कवादी संस्थाका रूपमा सूचीबद्ध गर्दछ।

लिडिया खलिल, शीघ्र प्रकाशनको क्रममा रहेको राइज अफ द एक्सट्रिमकी लेखिका हुन्।

“राष्ट्रपतिले शक्ति लिने कुरामा पनि केही मूल्य र मान्यताहरू छन्, र त्यहाँ यी मापदण्डहरूलाई मेटाउने प्रयास भयो, यस घटनाले मलाई कानुन भन्दा पनि यी मूल्य मान्यताहरू कति महत्त्वपूर्ण रैछन भन्ने कुरालाई स्पष्ट पारिदियो,” उनले भनिन्।

डाक्टर डेभिड स्मिथ, युनाइटेड स्टेट्स स्टडीज सेन्टरमा राजनीति र विदेश नीतिका उपप्राध्यापकका रूपमा कार्यरत छन्।

उनका अनुसार यो घटना के सम्म सम्भव छ भनेर विश्वलाई डोनाल्ड ट्रम्पले देखाएको उदाहरण हो।

अस्ट्रेलियामा चरमपंथी

SYDNEY TERROR INVESTIGATION ARREST
A supplied image shows the arrest of a man following an investigation into suspected terrorism offences in Sydney, Friday, December 24, 2021. (AAP Image/Supplied by NSW Police) Credit: NSW POLICE/PR IMAGE

त्यसो भए अस्ट्रेलियालाई जोखिम र राजनीतिक अतिवादीका हिसाबले कसरी तुलना गरिन्छ त?

अन्य पश्चिमी प्रजातान्त्रिक मुलुकमा नभएका सुरक्षात्मक संयन्त्रहरू अस्ट्रेलियामा रहेका बताइन्छ।

सन् १९९६ मा पोर्ट पोर्थरमा ३५ जनाको ज्यान जाने गरी भएको घटना पछि अस्ट्रेलियाले हतियार सम्बन्धी कानूनलाई कढा बनाएको केहीले विश्वास गर्छन्।

प्राध्यापक खलिल यसमा सहमति जनाउँछिन्।

नकारात्मक तत्त्वलाई सन्तुलनमा राख्नका लागि अस्ट्रेलियाले थुप्रै मापदण्ड बनाएको उनी विश्वास गर्छिन्।

लोकतान्त्रिक पद्धति माथि विश्वास कायम राख्न प्रयासलाई अन्य देशहरूको तुलनामा धेरै रहेको पनि उनले बताइन्।

“अतिवादसँग लड्नका लागि हाम्रो लोकतन्त्रलाई नवीकरण गर्ने र लोकतन्त्रको निरन्तर रक्षा गर्नु नै हो,” उनले भनिन्।

डाक्टर स्मिथ अस्ट्रेलियाको इतिहास, अपेक्षाकृत रूपमा शान्तिपूर्ण रहेको बताउँछिन्।

अस्ट्रेलियाली समाजमा यस्ता घटनाको त्रास कम भएता पनि, घटना हुँदै हुँदैनन भनेर नर्कान भने नसकिने उनको भनाई छ।

द ग्रेट रिप्लेसमेन्ट

New Zealand Mosque Shooting Anniversary
Al Noor Mosque shooting survivor Temel Atacocugu kisses the ground as he completes his walk from Dunedin to Christchurch on the third anniversary of the shootings in Christchurch, New Zealand, Tuesday, March 15, 2022. The lingering injuries from being shot nine times did not stop Atacocugu from completing a two-week walk and bike ride for peace on Tuesday, the third anniversary of a gunman's slaughter of 51 Muslim worshippers. (George Heard/New Zealand Herald via AP) Credit: George Heard/AP

'द ग्रेट रिप्लेसमेन्ट' भन्ने एक षडयन्त्रकारी सिद्धान्तले, गोरा मानिसहरू अल्पसङ्ख्यक आप्रबासिहरुद्धारा प्रतिस्थापन हुदैछन् भन्ने कुराको भ्रम छरेको छ।

१५ मार्च २०१९ मा न्यूजील्याण्डको क्राइस्ट चर्चमा रहेका दुई वटा मस्जिदमा शुक्रवार नमाज पढ्ने समयमा भएका गोली काण्डमा परि ५१ जनाले ज्यान गुमाए।

उक्त घटनामा ४९ जना घाइते हुन पुगे।

पछि उक्त घटनाका दोषीलाई आजीवन कारावासको सजाय सुनाइयो, यो न्युजील्याण्डको इतिहासमै पहिलो आतङ्कवाद सम्बन्धी अभियोग थियो।

घटना पछि प्रधानमन्त्री जसिन्डा आर्डनले 'कल टु एक्सन' समिटका लागि तुरुन्तै आह्वान गरिन र घटनाको दुई महिना पछि १५ मे दिन पेरिसमा उक्त घटनाको समीक्षा भयो।

काउन्टर एक्ट्रीमिज्म प्रोजेक्टकी जोसुवा फिसर–बिर्च उक्त आह्वानले अन्तर्राष्ट्रिय खतराका बारेमा पहिचान गर्न सहज भएको बताउँछिन्।

“क्राइस्ट चर्च कलमा हालसम्म ५४ सरकारी हस्ताक्षरहरू छन्, यसका अलावा युरोपियन कमिसन, द काउन्सिल अफ युरोप, युनेस्को र धेरै वटा प्रविधि सम्बन्धी कम्पनी र सोसल मिडियाहरूले पनि यसमा हस्ताक्षर गरेका छन्,” उनले भनिन्।

डाक्टर डेभिड स्मिथ उक्त घटनाले अतिवादी आक्रमणका घटना अमेरिकामा मात्र हुदैनन भन्ने कुरा सबैलाई झकझकाएको बताउँछन्।

उनका अनुसार म्वकेरी विश्वविद्यालयको एक पेपरले कथाकथीत आक्रमणकारीको घोषणापत्रलाई विश्लेषण गरेको थियो।

“जसलाई प्राय गोरा राष्ट्रवाद भनिन्छ, म वास्तवमा यसलाई अन्तर्राष्ट्रिय सेतो राष्ट्रवाद भन्छु, कि गोरा मानिसहरू विश्वव्यापी रूपमा लोपोन्मुख अल्पसङ्ख्यकहरू हुन्, राष्ट्रवादको परम्परागत अर्थ आफ्नो राष्ट्रको शक्तिमा केन्द्रित हुने भन्ने हो, युरोपमा उच्च गतिमा मुस्लिमहरूको बसोबास भइरहँदा, उनीहरू त्यसबाट तर्सिएका छन्, किनभने त्यहाँ गोराहरूलाई प्रतिस्थापना गर्ने षडयन्त्र सिद्धान्त छ,” डेभिड स्मिथले भने।

White Supremacy Social Media
FILE - Investigators work the scene after a mass shooting at a supermarket, in Buffalo, N.Y., May 16, 2022. A white 18-year-old entered the supermarket with the goal of killing as many Black patrons as possible and gunned down 10. That shooter claims to have been introduced to neo-Nazi websites and a livestream of the 2019 Christchurch, New Zealand mosque shootings on the anonymous, online messaging board 4Chan. (AP Photo/Matt Rourke, File) Source: AP / Matt Rourke/AP

यो सिद्धान्त फैलाउनुका कारण नयाँ हुन सक्दछ तर गोरा मानिसहरूका ठाउँ अरूले लिँदै छन् भन्ने चासो चाहिँ नयाँ होइन।

यस्तै अवधारणाले १९६० र ७० को दशकमा 'क्लु क्लक्स क्लान' र ९० ताका 'रेसिस्ट स्कीन हेड' समूहमा प्रभाव पारेको थियो।

प्राध्यापक खलिल यही सिद्धान्तले क्राईस्ट चर्च आक्रमणकारीलाई प्रेरित गरेको बताउँछिन्।

हामीले यी एकल आक्रमणकारीलाई निरन्तरता र दक्षिणपन्थी चरम पन्थी हिंसाको फराकिलो इकोसिस्टमका रूपमा बुझ्नु पर्दछ
प्राध्यापक खलिल

अस्ट्रेलियाको सुरक्षा सम्बन्धी संस्था अस्ट्रेलियन सेक्युरिटी इन्टीलिजेन्स अर्गनाईजेसनका निर्देशक माइक बर्जेस, अहिले संस्थाले हेर्ने आधा भन्दा बढी केस यस्तै प्रकृतिका रहेको बताउँछन्।

उनका अनुसार संस्थाले गरिरहेको आतङ्कवाद सम्बन्धी अनुसन्धानमा १५ प्रतिशत १८ वर्ष मुनीका किशोरहरू रहेको बताउँछन्।

“कट्टरपन्थी विचारधारा बोक्ने नाबालिगहरूको सङ्ख्या बढी रहेको छ, तर उमेर भने घट्दै गइरहेको छ, १३ वर्षका बालबालिकामा पनि कट्टरपन्थी विचारधारा बढेको हामीले पाएका छौ,” बर्जेसले भने।

यता जोशिया फिशर–र्बिच भने समुदाय सचेत बन्नु पर्ने तर आफ्ना दैनिक गतिविधि भने नडराईकन गर्न सुझाव दिन्छन्।

अनलाइन प्रलोभनमा परिरहेका कम उमेरका मानिसहरूलाई यस्ता गतिविधि वा विचारधारा त्याग्नका लागि सहयोग गर्न सकिने उनी बताउँछन्।

डाक्टर डेभिड स्मिथ पनि फिशर–र्बिचको भनाइमा समर्थन जनाउँदै, यस्ता गतिविधिमा संलग्न किशोरहरूलाई त्यहाँबाट बाहिर निकाल्न सकिने तर्क गर्छन्।

सबैलाई शङ्काको दृष्टिकोणले हेर्नु उचित होइन, हामीले आशा गुमाउनु हुँदैन, उनीहरू भ्रामक र निराशाजनक चरणहरूमा छन्, उनीहरू कट्टरपन्थी विचारधाराबाट घेरिएका छन्, उनीहरूलाई यो पथबाट बाहिर निकाल्न सकिन्छ।
डेभिड स्मिथ

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now