नेपालमा कोभिड-१९ को कुल सङ्क्रमण ६ लाख ९० हजार भन्दा बढी र भारी वर्षाका कारण विभिन्न ठाउँमा धनबालीको क्षति : गत ७ दिन नेपालमा

Floods cause extensive damage in several parts of the country.

Floods cause extensive damage in several parts of the country. Source: RSS

नेपालमा कोभिड-१९ को कुल सङ्क्रमण ६ लाख ९० हजार भन्दा बढी भएको छ ,सक्रिय सङ्क्रमित हुनेको सङ्ख्या २८ हजारभन्दा बढी रहेका छन् भने देशभर भइरहेको भारी वर्षाले विभिन्न ठाउँहरूमा धन बालीको क्षति गरेको छ यस लगायत गत ७ दिनका प्रमुख नेपाल समाचार यहाँ सुन्नुहोस्।


नेपालमा कोभिड-१९ को कुल सङ्क्रमण ६ लाख ९० हजार भन्दा बढी भएको छ भने सक्रिय सङ्क्रमित हुनेको सङ्ख्या २८ हजारभन्दा बढी रहेका छन्।

यस हप्ता कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या प्रति दिन २० देखि ३० को हाराहारीमा छ र लकडाउन खुकुलो भएको कारण सङ्क्रमण पनि अलि तीव्र भएको देखिन्छ।

यस हप्तादेखि सरकारले सवारी साधनमा जोड - बिजोड नियम पनि हटाएको छ। मङ्गलवार देखी कोभिड-१९ विरुद्धको भेरोसेलको दोस्रो चरणको खोप लगाउन थालिएको छ।

 यस विषयमा स्वास्थ्य सेवा विभागका परिवार कल्याण विभागका निर्देशक डा. तारानाथ पोखरेल भन्छन् –

 “अहिले त १२ देखि १८ वर्षका केटाकेटीहरूमा खोपको परीक्षण पनि भइरहेको छ। मलाई लाग्छ कि निकट भविष्यमा नै त्यो उमेर समूहले पनि खोप पाउनेछ। तर अहिले भने सरकारले १८ वर्षभन्दा माथिका करिब ७० प्रतिशत नागरिकहरूलाई खोप लगाउने निर्णय गरेको छ।”

 नेपाल सरकारले शुक्रवार चिनको बेईजिङ्स्थित रहेको साईनोफार्म कम्पनीसँग खरिद गरेको ८ लाख भेरोसेल खोप पनि काठमाडौँ ल्याइपुर्‍याएको छ।

कोरोना सङ्क्रमण बढेपछि नेपाली कामदार जाने केही मुख्य मुलुकले श्रमिकलाई खोप लिनु अनिवार्य गराएका छन्। यस सुचीमा दक्षिण कोरिया, संयुक्त अरब ईमिरेट्स र कुवेत मुख्यमा पर्छन्।

अमेरिकाबाट मूर्तिहरू फिर्ता

अमेरिकाको न्यु योर्क सङ्ग्रहालयमा राखिएका तीन वटा प्राचीन मूर्तिकला नेपाललाई फर्काइएका छन्।

आइतबार काठमाडौँ ल्याइएका भू स्पर्श मुद्राका बुद्ध, भुईँमा बसेका गणेश र अप्सराको रङ्गिन टुँडाल करिब पाँच वर्ष अगाडी यस सङ्ग्रहालयमा पुगेका थिए।

आधिकारिक मुलुकमा फिर्ता गर्नुपर्ने अन्तर्राष्ट्रिय सहमति अन्तर्गत यी मूर्तिलाई कानुनी मुद्दा लडेर न्यु योर्क महान्यायाधिवक्ता कार्यालयले नेपाल फर्काउने व्यवस्था गरेको हो।

यी मूर्तिका तस्करीमा संलग्न भएको गिरोहबाट मूर्ति जफत गरी नेपाल पठाउन अमेरिकी कानुनी निकायलाई करिब ४ वर्ष लाग्यो।

मूर्तिहरू १३ देखि १५ शताब्दी भित्र बनेका र यी मध्य एउटा स्वयम्भू नजिकैको नारायणको एक मन्दिरबाट चार दशक अगाडी हराएको अनुमान छ।

अहिले नेपालबाट चोरिएका प्राचीन मूर्तिका खोजी गर्ने क्रमले अलि तीव्रता पाएको छ र विश्वभरका सङ्ग्रहालयबाट यसको खोजी गर्ने र नेपाल फर्काउने क्रम बढ्दो छ।

प्रतिनिधिसभाको सुनुवाइको बहस सकियो

प्रतिनिधिसभा विघटनसम्बन्धी चलिरहेको मुद्दामा राय दिन नियुक्त गरिएका चार जना अदालतका सहयोगी (एमिकस क्युरी) २ जनाले पक्ष र दुई जनाले विपक्षको समर्थनमा तर्क दिएका छन्।

यस अनुसार प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको तथा राष्ट्रपति र प्रधानमन्त्रीले गरेको निर्णय उचित रहेको भनेर बराबर रूपमा फरक मत आएका छन्।

सोमबार दुवै पक्षको बहस सकिएको छ र अब फैसला मात्र हुन बाँकी छ। १५ जुनदेखि सुरु भएको यस बहसलाई हाल प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले जुलाई १२ सम्मको लागि राखेका छन्।

यसै सन्दर्भमा आइतबार एक विद्यार्थी सङ्घले त्रिचन्द्र क्यामपस अगाडि प्रधानमन्त्रीको पुत्ला जलाएर विरोध गरेका थिए।

माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा

करिब दश वर्ष लागेर निर्माण भएको देशकै सबैभन्दा ठुलो जलविद्युत आयोजना माथिल्लो तामाकोसी बाट सफलतापूर्वक विद्युत् उत्पादन सुरु भएको छ।

यसको क्षमता ४ सय ५६ मेगावाट रहेको छ र यो अहिले परीक्षणकै क्रममा छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले निवासबाटै अनलाइन स्विच थिचेर यस आयोजनाको उद्घाटन गरेका छन्।

अगस्टको अन्तिमसम्म यस आयोजनाको सबै ६ वटा युनिटहरूबाट विद्युत् उत्पादन सुरु गर्ने योजना रहेको छ।

पाँच वर्षमा निर्माण सकिने लक्ष भए पनि महाभूकम्प, नाकाबन्दी, पहिरो, ठेकेदारको ढिलाइ र हाल कोभिड महामारीले सम्पन्नतामा ढिलाइ गरिदिएको विद्युत् प्राधिकरणको भनाई छ।

यो आयोजना जाडो महिनामा पनि दैनिक ५ घण्टा सञ्चालन गर्न मिल्ने र यसबाट भारतमा समेत विद्युत् निर्यात गर्न सक्ने क्षमता रहेको छ।

भारी वर्षाले खेत डुबानमा

यस हप्ता पनि देशभर भइरहेको भारी वर्षाले विभिन्न ठाउँहरूमा धन र बालीको क्षति गर्ने क्रममा भारतको सीमा क्षेत्रमा रहेको कपिलवस्तुको महलीसागर बाँधको छेउछाउका चार वटा गाउँका खेत डुबानमा परेका छन्।

गत हप्ता रोपाई गरेका यी खेतहरूमा भोलिपल्टै वर्षाको कारण डुबान हुन पुग्यो।
Floods cause extensive crop damage in several parts of the country
Floods cause extensive damage in several parts of the country Source: RSS
भारतले बनाएको बाँध सीमा क्षेत्रबाट ३ सय मिटरमा रहेको र यसको करिब दुई दशक अघिदेखि निर्माण सुरु भए पनि आजसम्म नेपाली पक्षको विरोधको कारण पुरा हुन सकेको थिएन। हरेक वर्षको बर्खाको बेला भारत - नेपाल सिमानामा भई राख्ने यस समस्यालाई व्यवस्थित रूपमा समाधान गर्न सकिएको खासै देखिँदैन। यस्तै वर्षाले अर्निको राजमार्गमा पर्ने बनेपाको पुल बजार क्षेत्र लगायत अन्य ठाउँका मूल बाटो पनि डुबानमा परेका छन्।

जसपाको विभाजनले खोज्यो कानुनी प्रक्रिया

मङ्गलवार निर्वाचन आयोगमा भएको छलफलमा जनता समाजवादी पार्टी (जसपा) का महन्त ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबिच पार्टी विभाजनको प्रक्रिया अगाडी बढाउने सहमति भएको छ।

नेता उपेन्द्र यादवको पक्षले यसअघि आयोगमा पार्टीको आधिकारिकता दाबी गर्दै निवेदन बुझाएको थियो। दुई पक्षबिच सहमति गराउन आयोजना गरिएको छलफलपछि एक ता हुन नसकेपछि पार्टीको हकदार कुन पक्ष हो भन्ने विषयमा कानुनी रूपमा अगाडी बढ्नुपर्ने अवस्था आइपरेको हो।

दुई पक्षबिचको छलफलमा उपेन्द्र यादव समूहले राखेको प्रस्तावमा ठाकुर पक्षले आफ्नो सहमति जनाएमा पार्टी एकता हुने भनिएको थियो।

यसका सर्तहरूमा प्रधानमन्त्री केपी ओलीको समर्थनमा राष्ट्रपति समक्ष बुझाएको ३२ जना सांसदको नाम फिर्ता गर्नुपर्ने उल्लेख छ।

दुई पक्षका एकताको मापदण्डको विषयमा यादव पक्षका नेता महेन्द्र राय यादव भन्छन् -

“पार्टीले चैत्र ६ गते आफ्नो नाममा जुन प्रतिगमन लेखेको छ, वहाँहरूले त्यसलाई स्वीकार गर्नुपर्ने छ। हामी अहिले अग्रमणको पक्षमा छौँ, त्यसैले ५ दलिय गठबन्धनमा वहाँहरूले हामीलाई यसमा समर्थन गर्नुपर्ने हुन्छ। अहिलेसम्म काजकारणीले बहुमतबाट गरेका निर्णयहरू सबै हामी मान्छौँ।”

 पछिल्लो समयमा ठाकुर पक्षका केही सांसद ओली सरकारको समर्थकको रूपमा मन्त्री समेत बनेका थिए र यादव पक्षले यसको विरोध गरेको थियो।

 


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand