आज भेटिएका दुवै केश यस अघिका सङ्क्रमण सँग जोडिएका र उनीहरू सङ्क्रमणको अवधिमा क्वारेनटिनमा रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।
विगत ६ दिन देखि भिक्टोरियामा सामुदायिक सङ्क्रमणका कुनै पनि मामला फेला परेका थिएनन् ।
भिक्टोरियाका स्वास्थ्य अधिकारीहरूका अनुसार शुक्रवार देखिएका केश यस अघिका सङ्क्रमण सँग नजिक रहेका मानिसहरू हुन् ।
पछिल्लो सङ्क्रमण सँग जोडिएका २२ केश फेला परिसकेका छन् ।
गत १८ फ्रब्रअरीमा सकिएको “संर्कीट ब्रेकर” लकडाउन पछि पुन समुदायमा भाइरस फैलने त होइन भन्ने डर पैदा भएको छ ।
गत डिसेम्बरको ब्ल्याक रक प्रकोप पछि लगाइएका प्रतिबन्ध फुकुवा गर्ने तैयारी हुँदै गर्दा नयाँ केश फेला परेका हुन् ।
बिहीबार प्रिमीयर एन्ड्रीउजले शुक्रवार सुखद दिन हुने विश्वास गरेको बताएका थिए ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।