SKIP TO MAIN CONTENT

भिक्टोरियामा कोरोनाका दुई नयाँ सामुदायिक सङ्क्रमण

Daniel Andrews Victoria Premier
Seit sechs Tagen COVID-frei: Premier Daniel Andrews Source: AAP

कोरोना प्रतिबन्धहरू खुकुलो पार्ने तैयारीमा रहेको भिक्टोरियामा आज सामुदायिक सङ्क्रमणका दुई नयाँ केश फेला परेका छन् ।


Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS, SBS



Skip to podcast episode content

कोरोना प्रतिबन्धहरू खुकुलो पार्ने तैयारीमा रहेको भिक्टोरियामा आज सामुदायिक सङ्क्रमणका दुई नयाँ केश फेला परेका छन् ।


आज भेटिएका दुवै केश यस अघिका सङ्क्रमण सँग जोडिएका र उनीहरू सङ्क्रमणको अवधिमा क्वारेनटिनमा रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

विगत ६ दिन देखि भिक्टोरियामा सामुदायिक सङ्क्रमणका कुनै पनि मामला फेला परेका थिएनन् ।

भिक्टोरियाका स्वास्थ्य अधिकारीहरूका अनुसार शुक्रवार देखिएका केश यस अघिका सङ्क्रमण सँग नजिक रहेका मानिसहरू हुन् ।

पछिल्लो सङ्क्रमण सँग जोडिएका २२ केश फेला परिसकेका छन् ।

गत १८ फ्रब्रअरीमा सकिएको “संर्कीट ब्रेकर” लकडाउन पछि पुन समुदायमा भाइरस फैलने त होइन भन्ने डर पैदा भएको छ ।

गत डिसेम्बरको ब्ल्याक रक प्रकोप पछि लगाइएका प्रतिबन्ध फुकुवा गर्ने तैयारी हुँदै गर्दा नयाँ केश फेला परेका हुन् ।

बिहीबार प्रिमीयर एन्ड्रीउजले शुक्रवार सुखद दिन हुने विश्वास गरेको बताएका थिए ।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

 

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now