Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सिड्नी: हिन्दु मन्दिर तोडफोड

Relics and furniture have been damaged at a much-loved Hindu temple in Sydney.

Relics and furniture have been damaged at a much-loved Hindu temple in Sydney. Source: The Hindu Council of Australia

गत आइतबार सिड्नीको एक मन्दिरमा केही व्यक्तिहरुले तोडफोड गरेका छन् जसबाट उक्त मन्दिरमा रहेका देवी देवताका मुर्तिहरु क्षतिग्रस्त भएको छ। यस क्रियाकलापबाट हिन्दू धर्ममा आस्था राख्ने समुदायहरुले आफुहरु मर्माहत भएको जनाएका छन् ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


गत आइतबार सिड्नीको एक मन्दिरमा केही व्यक्तिहरुले तोडफोड गरेका छन् जसबाट उक्त मन्दिरमा रहेका देवी देवताका मुर्तिहरु क्षतिग्रस्त भएको छ। यस क्रियाकलापबाट हिन्दू धर्ममा आस्था राख्ने समुदायहरुले आफुहरु मर्माहत भएको जनाएका छन् ।


सिड्नीको रिजेन्ट पार्कमा अवस्थित उक्त भारतीय मन्दिरमा तोडफोड तथा मन्दिर परिसर भित्र लगाइएको आगोका कारण ३० भन्दा बढी मुर्तिहरुलाई क्षति पुगेको बताइएको छ।

मन्दिरका मुख्य पुजारी पण्डित पारस महाराजले भक्तजनहरुलाई घरमा नै भेटेर पुजापाठ गराइरहेको बताएका छन्।

"हामीले अस्ट्रेलियामा यस्तो प्रकारको घटना हुन्छ भनेर सोचेका पनि थिएनौं। हामीलाई अझै पनि यो घटनाले झट्का दिइरहेको छ," उनले भने।

भक्तजनहरुले आइतबार राती मन्दिर भित्रबाट धुँवा आएको थाहापाए पछि आकस्मिक सेवामा फोन गरेका थिए। दमकल सेवाका कर्मचारीहरुले धेरै भौतिक क्षति हुनबाट रोके पनि मन्दिर भित्र रहेका धार्मिक महत्वका सामाग्रीहरुका साथै काठबाट निर्मित अन्य स-सामानहरु पूर्णरुपले ध्वस्त भएको छ।कुनै समय एक एङ्ग्लिकन गिर्जाघर रहेको भवनमै उक्त मन्दिर स्थापना गरिएको थियो जहाँ प्राय:जसो शुक्रबार साँझपख विशेष घुइँचो लाग्ने गरेको छ।

प्रत्येक शुक्रबार, मन्दिर परिसरमा २५०को हाराहारीमा भक्तजनहरुलाई प्रसादका रुपमा नि:शुल्क खाना उपलब्ध हुने मन्दिरका अधिकारीहरु बताउँछन्।

मन्दिरसँग नजिकको सम्बन्ध राख्ने समुदायका मानिसहरु यस अघि यस्तो किसिमको आक्रमण आफुहरुले कहिल्यै थाहा नपाएको बताउँदै घटनालाई घृणाका कारण निम्तिएको अपराध हुनसक्ने आशंका व्यक्त गर्दछन् ।

"यो कसले गर्यो, हामीलाई थाहा छैन, यसले भक्तजनहरुमा धेरै आक्रोश र पिडा दिएको छ", हिन्दु काउन्सिल अफ अस्ट्रेलिया नामक एक धार्मिक संगठनका सुरिन्दर जैन बताउँछन्।

काउन्सिलले क्षतिग्रस्त मुर्तिहरुलाई नयाँ मुर्तिहरुले प्रतिस्थापन गर्न ५० हजार बढी लाग्ने अनुमान गरेको छ। 

जैनले अगाडी थपे, "हामी मन्दिर पुन:निर्माण गर्छौं हामी यहाँबाट छोडेर जादैनौं किनकि यो हाम्रो घर पनि हो। अहिले सबै किसिमका आस्था भएका नेताहरु अगाडी आएर यस्तो क्रियाकलापको निन्दा गर्नु पर्ने बेला भएको छ। केही व्यक्तिहरुको आपाराधिक क्रियाकलापले अस्ट्रेलियाको प्रतिनिधित्व गर्दैन।"

यसैबीच पुर्व घरेलु तथा साना व्यवसाय मन्त्री क्रेग लौण्डीले उक्त कार्यको भत्सर्ना गर्दै हिन्दु समुदायले आफ्नो निर्वाचन क्षेत्रमा धेरै ठुलो भूमिका रहेको भन्दै मन्दिर पुनर्निर्माण गर्नुपर्ने मा जोड दिएका छन्।

उनले प्रहरीले घटनाको छानबिन गरिरहेको पनि सामाजिक संजाल फेसबुकमा लेखेका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now