SKIP TO MAIN CONTENT

भिसामा समस्या आउने डरले शोषण नसहनुहोस, सहयोगका लागि हामी छौं: सङ्घीय मन्त्री क्रेग लौण्डी

भिसामा समस्या आउने डरले कार्यस्थलमा हुने शोषणका बारेमा बोल्न वा रिपोर्ट गर्न नहिच्किचाउन मन्त्री क्रेग लौण्डीले सचेत गराएका छन्।

Craig Laundy, Minister for Small and Family Business, the Workplace and Deregulation, talks to SBS Nepali

2 min read

Published

Updated

By Rajish Aryal, Abhas Parajuli, Sunita Pokharel



Skip to article content

यो कुराकानी, अष्ट्रेलियामा नेपाली पृष्ठभूमिका मानिसहरुको धेरै उपस्थिति रहेको निर्वाचन क्षेत्रहरुबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसंग गरिएको साक्षात्कार शृंखलाको एक भाग हो।

मन्त्री लौण्डीसँग गरिएको कुराकानीका केही मुख्य बिषयहरु:

  • नेपालमा जस्तो स्थानीय नेतालाई भेट्न गारो छैन, मलाई देखे ‘हेलो भन्न नबिर्सनु।
  • श्रम शोषण, आप्रवास सम्बन्धी कुनै पनि समस्याबारे बर्वूड स्थित आफ्नो कार्यालयमा पसेर वा फोन मार्फत पनि राख्न सकिने छ। 
  • नेपाली अस्ट्रेलियाली हरुको सहायताको लागि आफु तयार रहेको छु।
  • आफु व्यवसायिक पृष्ठभूमिको भए पनि समुदायको सेवा गर्न राजनीतिमा लागेको हो।
  •  म आफुले प्रतिनिधित्व गर्ने समुदायहरुको लागि हरेक समय उपलब्ध छु।

संघिय सरकारमा साना तथा घरेलु उद्द्योग, कार्यस्थल र ब्यबस्थापन मन्त्री रहेका लौण्डी एसबिएस नेपालीसँग गरिएको कुराकानीमा भन्छन्, "शोषण र त्यस्ता समस्याहरुबारे केही उजुरी भए, बिषयको गाम्भीर्यतालाई हेरेर परिचय नखुलाउने अवस्था आए पनि हाम्रो पूर्ण सहयोग रहने छ।"

सन् २०१४ मा कुनै समुह या व्यक्तिलाई जात, रंग र सामुदायिक पृष्ठभूमिका आधारमा विवेध गर्नु, घृणा ब्यक्त गर्नु र त्रसित बनाउनुलाई गैर कानूनी बनाउने जातीय विभेद बिरुद्धको कानुनको धारा १८ ग  (Racial Discrimination Act, १९७५) मा संसोधन गरिनुपर्ने भनि आएका मागहरुको विरोध गर्नेहरु मध्ये लौण्डी पनि एक थिए। उनको बिचारमा बर्तमान अस्ट्रेलियाको आकर्षण भनेको बहुसंस्कृति नै हो।

पूर्व बहुसांस्कृतिक मामिला मन्त्रालय समेत सम्हालेका लौण्डी अगाडी थप्छन्:

"आप्रवासीहरु एवं बिशेष गरी विद्यार्थीहरुले आफ्नो कामको उचित पारिश्रमिक नपाइरहेको भए मकहाँ आउन नडराउनुहोस् । हामी उचित सुरक्षा तथा गोपनियता प्रदान गर्दै तपाईंको समस्या समाधान गर्नेछौं।"

उनको रीड निर्बाचन क्षेत्रले १ हजार ३ सय भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको स्ट्राथफिल्ड, फ्लेमिंगटनका साथसाथै अबर्न, यास्फिल्ड तथा बर्वूडका केही हिस्सालाई पनि समेटेको छ। 

सन् २०१६ को जनगणनालाई हेर्दा ‘पार्ट टाइम’ र ‘फुल टाइम’ दुवै किसिमका रोजगारीमा कुल नेपाली जनसंख्याको ३६.३ प्रतिशत अर्थात १९ हजार ५ सयको हाराहारीमा नेपालीहरुले काम गरिरहेको देखिएको छ। तर ३ हजार बढीको नेपाली जनासंख्या बेरोजगार रहेको तथ्यांकले देखाएको छ। 



Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now