SKIP TO MAIN CONTENT

"भाषा तथा संस्कृतिको जगेर्ना गर्नु जरुरी छ ": सांसद लिन्डा बर्नी

संघिय सांसद लिन्डा बर्नीले भिसा, नागरिकता लगायत जुनकुनै बिषयमा नेपाली समुदायका समस्याहरु बारे छलफल गर्न आफूकहाँ आउन सक्ने बताउँछिन् ।

Linda Burney addresses Nepali community

2 min read

Published

Updated

By Rajish Aryal, Abhas Parajuli, Sunita Pokharel



Skip to article content

यो कुराकानी, अष्ट्रेलियामा नेपाली पृष्ठभूमिका मानिसहरुको धेरै उपस्थिति रहेको निर्वाचन क्षेत्रहरुबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसंग गरिएको साक्षात्कार शृंखलाको एक भाग हो।

मानव संसाधन छायाँ मंत्री समेत रहेकी सांसद बर्नीसङ्ग गरीएको कुराकानीका सारांशहरु:

    • नेपाली समुदाय भिसा एवं नागरिकता लगायत कुनै पनि बिषयमा समस्या भए आफु समक्ष समस्या लिएर आउन सक्नेछन। 
    • नेपाली समुदाय भाषा र नेपाली संस्कृति को सम्रक्षण तथा प्रबर्धन बारे चासो राख्छन।
    • बिबिधता र भिन्न संस्कृति को समर्थन र सम्मान गर्ने व्यक्तिलाई आफ्नो प्रतिनिधि बनाउनु पर्छ। 
    • सेन्टरलिंक र मेडीकेयरमा उचित पहुँच तथा आप्रबास का बिषयमा कार्य गर्दै आएका छौ। 
    • साना ब्यापार प्रबर्धन र सहयोगी कर ब्यबस्थाका समस्या बारे तपाइँको प्रतिनिधिले बुझ्नु महत्वपुर्ण हुन्छ।

न्यु साउथ वेल्सको बार्टन निर्बाचन क्षेत्रमा आर्नक्लिफ, ब्यान्कसिया, बेक्सले, ब्राइटन लगायत नेपाली समुदायको बाक्लो बसोबास रहेको कोगरा र रक्डेल पनि पर्दछन्। यसै क्षेत्रलाई संघिय संसदमा प्रतिनिधित्व गरिरहेकी छन् लिन्डा बर्नीले। २०१६ को जनगणना अनुसार ६२ हजार २ नेपालीहरु अस्ट्रेलियामा बसोबास गर्ने गरेको तथ्यांक रहेको छ भने रक्डेल र कोगरामा क्रमश: २ हजार ७६ र १ हजार ६ सय ४२ नेपालीहरु बसोबास गर्दै आएका छन्।

पछिल्लो जनगणनालाई हेर्दा १७ हजार ९ सय ९० नेपालीले अस्ट्रेलियाको नागरिकता लिएका छन् भने अझै पनि ४३ हजार १ सय ९८ ले अस्ट्रेलियन नागरिक बन्न पाएका छैनन्। यहि कुरालाई मध्यनजर गर्दै लेबर पार्टी कि सांसद बर्नी मानव संसाधन छायाँ मंत्रीका रुपमा आफुले नागरिकता र मेडिकेयर को समस्याहरुका बारेमा कार्य गर्ने गरेको बताउँछिन् ।

त्यस्तै, नेपाली समुदायलाई स्थाई बसोबासको भिसा अर्थात पिआरको लागि आबेदन हाल्न प्रोत्साहित गर्दै बर्नीले नागरिकता लिने बिषयमा आफुहरुले पनि सहयोग गर्ने बताइन्।

नेपाली कार्यक्रमहरुमा सरिक भईरहने लिन्डा बर्नीले आफ्नो निर्बाचन क्षेत्रमा ६ हजार को हाराहारी मा रहेका नेपालीहरुको समस्याहरु सुन्न र संघिय संसदमा आवाज उठाउन तयार रहेको बताइन्।
Celebrating World Indigenous Peoples Day with the Nepali Community
Burney celebrating World Indigenous Peoples Day with Nepali Community Source: Facebook/Linda Burney

अस्ट्रेलियाको तल्लो सदन, प्रतिनिधि सभामा निर्वाचित पहिलो आदिबासी महिला को रुपमा परिचित बर्नी नेपाली संस्कृतिको संरक्षण र प्रबर्धन गर्नुपर्ने बताउँदै भाषा शिक्षाको महत्वमा पनि जोड दिएकी छिन् । यसका लागि निर्बाचनमा सहभागी भएर आफ्नो समुदायको प्रतिनिधित्वका साथै बृत्ति बिकास गर्ने व्यक्ति पनि छान्न उनले आग्रह गरेकी छन् ।



Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now