भिक्टोरियाली सरकारद्वारा नेपाली समुदायलाई १ लाख डलरको आर्थिक सहयोग प्रदान गर्ने घोषणा

Group of Nepalis sitting and chatting in Melbourne, Australia.

Source: Abhas Parajuli

कोरोनाभाइरसका कारण विभिन्न समस्याको सामना गरिरहेका भिक्टोरियाका नेपाली समुदायलाई लक्षित गर्दै राज्य सरकारद्वारा कुल १ लाख डलरको आर्थिक सहायता प्याकेजको घोषणा गरिएको छ।


सरकारको पछिल्लो कदमका साथ दिदी बहिनी समाज भिक्टोरियाका साथै उक्त राज्यका विभिन्न अन्य नेपाली सामुदायिक संस्थाहरुको संयुक्त पहलमा स्थापना भएको कोभिड-१९ राहत कार्यदललाई ५०-५० हजार डलर प्रदान गरिने छ।

 

दिदी बहिनी समाज भिक्टोरियाले सरकार द्वारा प्रदान गरिएको उक्त रकम कोरोनाभाइरसका कारण प्रभावित नेपालीहरूलाई आपत्कालीन खाद्य र मानसिक स्वास्थ्य लगायतका सहायताका लागि प्रयोग गरिने सामाजिक सञ्जाल मार्फत बताएको छ।

यस्तै भनाइ भिक्टोरिया नेपाली समुदाय कोभिड-१९ राहत कार्यदलको पनि रहेको छ। 

उक्त कार्यदलका सदस्य संस्थाहरू मध्येका एक रहेको गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल भन्छन् कि सहयोगका लागि आवेदन हाल्नेहरूमा प्रायः विद्यार्थीहरू रहेका छन्।

कोरोनाभाइरसको महामारी अस्ट्रेलियामा सुरु भए देखि हाल विभिन्न प्रकारका आर्थिक सहायता प्याकेजहरू उपलब्ध गराइएका छन्।

Keshav Kandel NRNAA President Nepali Australia
Keshav Kandel spoke to SBS Nepali Source: Keshav Kandel/Facebook

 

तर देशभर अझै पनि १० लाख भन्दा बढीको सङ्ख्यामा मानिसहरूले सरकारको कोभिड सहायता पाउन नसकिरहेको एक नयाँ अध्ययनले देखाएको छ।

बेरोजगार भएका मानिसहरूको सङ्ख्या दोब्बर हुनुका साथै, हाल गरिबीको रेखा वा त्यसभन्दा तल बाच्न बाध्य भएका मानिसहरूका लागि सहायताका माग पनि व्यापक मात्रामा बढ्दै गएको विभिन्न दातृ निकायहरूको भनाइ छ र एक पछिल्लो सर्वेक्षणका अनुसार आप्रवासी र शरणार्थी सहायता सेवाहरू समक्ष आएका सहायताका आग्रह ८६ प्रतिशतले वृद्धि भएका छन्।

Australian Council of Social Service (ACOSS) CEO Cassandra Goldie at Parliament House in Canberra.
Australian Council of Social Service (ACOSS) CEO Cassandra Goldie at Parliament House in Canberra. Source: AAP

सामाजिक सेवा निकायहरूको राष्ट्रिय परिषद्, अस्ट्रेलियन काउन्सिल अफ सोसल सर्भिसेस कि प्रमुख कस्याण्ड्रा गोल्डी भन्छिन् अस्थायी भिसामा रहेका १० लाख भन्दा बढी मानिसहरूको अवस्था अहिले धेरै नाजुक बन्दै गएका छन्।

साथै उक्त सर्वेक्षणका अनुसार अरूको सहायतामा खटेका संस्थाहरू आफै पनि आर्थिक सङ्कटमा पर्दै गएको गोल्ड़ी बताउँछिन्।

उनका अनुसार सामुदायिक स्तरमा काम गर्ने प्रत्येक पाँच मध्ये एक संस्थाले सेप्टेम्बर महिनाको अन्त्यका साथ सरकारी जबकीपर भुक्तानीको मात्रा घट्ने अवस्थामा आफूहरू थप आर्थिक सङ्कटमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now